मंगोल रिपब्लिकन फोरमलाई दलका रूपमा अघि बढाइने
सहयोगी लिङ्कहरू
इटहरी, असार ८ - जातीय पहिचानका लागि सम्बन्धित सरोकारवाल आफै अघि नबढेसम्म उपलब्धि हात नलाग्ने नवगठित मंगोल रिपब्लिकन फोरमका अध्यक्ष कुमार फुदुङ्ले बताएका छन् । सुनसरीको इटहरीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै फुदुङ्ले जातीय पहिचानका सवालमा कांग्रेस, एमाले, एमाओवादी र अन्य पार्टीको नेतृत्व सकारात्मक नभएको भन्दै अलग्गै समूह बनाएका प्रमुख दलमा आबद्ध जनजाति नेताहरूले देशव्यापी संगठन विस्तार थालेको जानकारी दिए ।
एमाओवादीका जनजाति नेता एवम् नेपाली सेनाका पूर्व सहायक रथी फुदुङ्को नेतृत्वमा गठित मंगोल रिपब्लिक फोरमलाई दलकै रूपमा अघि बढाएर अधिराज्यभरि जिल्ला र क्षेत्रीय संगठन विस्तार थालिएको हो ।
फुदुङ् संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र-२ बाट झिनो मतान्तरले पराजित भएका थिए ।
फोरमका संयोजकसमेत रहेका फुदुङले इटहरीमा संवाददाताहरूसित कुरा गर्दै प्रमुख दलका नेताको पछि लागेर कुनै पनि जातीले पहिचान स्थापित गर्न नसक्ने ठहर गर्दै आफू अलग भएको बताए । 'हामी देशव्यापी संगठन विस्तारमा छौं' उनले भने- 'जिल्ला र क्षेत्रीय समितिको गठन र संगठन विस्तार अभियान थालेका छौं ।'
समूहमा फुदुङबाहेक तमला उक्याव (ताप्लेजुङ), डा. आङ्नामाङ शेर्पा (सोलु), धर्मरत्न शाक्य (ललितपुर), छक्कबहादुर लामा (हुम्ला), डा. छिरिङ योञ्जन (सिरहा), सुवाश राई (भोजपुर), दीपक थाङ्देन (तेह्रथुम), छप्तेन विष्ट (मुस्ताङ), सोमबहादुर धिमाल (मोरङ), दीपक थाङदेन (झापा) लगायतका छन् ।
प्रकाशित मिति: २०६९ असार ८ ०४:३२









तपाईंको प्रतिकृया