Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

बजार»

ब्रान्डेड भनेको ब्रान्डेड नै हो


नेपालीहरू फेसनेबल मात्र होइन ब्रान्ड कन्सियस पनि हुँदै गएका छन् । यसैको परण्िााम  हो-ब्रान्डेड सोरुमहरूको बढ्दो श्रृंखला । नेपाली ग्राहकहरूको ब्रान्डप्रतिको रुचिले नेपालमा दिनहुँ नयाँ-नयाँ ब्रान्ड आउटलेट खुलिरहेका छन् । अझ  दरबारमार्ग त ब्रान्ड सोरुमहरूको राम्रै गन्तव्य भएको छ । युनिक शैली, खपिलो तथा रंग नजाने भएकाले पनि जानी-नजानी नेपालीहरू ब्रान्डप्रति आकषिर्त भएका हुन् । दरबारमार्गमा एकैछिन बसेर त्यहाँको आउटलेटमा ग्राहकहरूलाई नियाल्ने हो भने ब्रान्डको लोकपि्रयता सजिलै आँकलन गर्न सकिन्छ । ब्रान्डेड सोरुम जान डराउनेका लागि पनि विभिन्न अफर दिएर यस्ता सोरुमले ग्राहकहरूलाई ब्रान्डेड लगाउन प्रोत्साहित गररिहेका छन् ।

राम्रो स्टिचिङ, सही फिटिङ, आरामदायक, सुविधाजनक, फेसनेबल तथा स्टाइलिस हुनुका साथै गुणस्तरीय, विश्वसनीय एवं लोकपि्रय भएका कारण ब्रान्डेड सामानहरूप्रति ग्राहकहरूको आकर्षण बढ्दै गएको छ । नेपाली फेसन बजारमा मल, प्लाजा, सपिङ सेन्टरको विकास क्रमले नयाँ-नयाँ अन्तर्राष्ट्रिय ब्रान्डका फेसन भित्रिने क्रम बढ्दो छ । त्यसैले एउटा फेसन हाउस सञ्चालन गररिहेका माणिकरत्न शाक्य ब्रान्डेड सोरुम खोल्ने तयारीमा जुटेका छन् । नेपाली ग्राहकहरू ब्रान्डहरूप्रति सजग हुने क्रम बढ्न थालेपछि ब्रान्डेड सोरुमहरूको संख्या पनि क्रमशः बढ्दै जान थालेको छ । पहिरनको मूल्यभन्दा यसको फिटिङ, स्टिचिङ, कलर कम्बिनेसन, सुन्दरता, आकर्षण, आराम एवं सुविधाप्रति सजगतासँगै ब्रान्डेड सामग्रीहरू प्रयोग गर्ने चलन बढ्दै गएको छ । उच्च वर्गको पहुँच र रुचिको विषय बनेको ब्रान्डेड फेसन अहिले मध्यम वर्गका लागि पनि सहज र सुगम बन्न पुगेको छ । मेल फेसन, फिमेल फेसन एवं युनिफेसनका ब्रान्डेड सामान अहिले अधिकांश सोरुममा उपलब्ध छन् । नेपालमा दुई तरकिाले ब्रान्डेड सामग्रीहरू भित्रिन थालेका छन् । एक त आफ्नै आउटलेटबाट अर्को विभिन्न सोरुम तथा सपिङ मलहरूले यस्ता ब्रान्डलाई सामूहिक रूपमा प्रोत्साहित गररिहेका छन्  । नेपाली ग्राहकलाई ब्रान्डेड सामग्रीको परचिय गराउने तथा यसलाई लोकपि्रय बनाउने श्रेय ब्लुबर्ड मललाई जान्छ । यहाँ सबै किसिमका ब्रान्डेड रेन्ज उपलब्ध छन् । यहाँ बोसिनी, र्‍यांगलर, पेपेजिन्स, टमी हिलर, बलिनो, ड्युक, मोन्टेकार्लो, ली, बालबालिकाहरूका लागि पेरििवंकल, लिलीपुट तथा लिटल बोसिनी आदि ब्रान्डेड सामानहरू पाइन्छ ।

फेसन कन्सियस सिर्जना मल्ल विदेशमै अध्ययन गरी नेपाल आएकी हुन् । उनी ब्रान्डेड सामग्रीकी पारखी थिइन् । नेपाल आएपछि उनी बजार जाँदा निराश हुन्थिन् । त्यसैले किनमेलका लागि उनी विदेश जान्थिन् तर अहिले उनी दरबारमार्ग, शेर्पा मल, सिटी सेन्टर, सेलवेज जस्ता सोरुम जान्छिन् । मल्ल भन्छिन्- नेपालमा खुलेका ब्रान्डेड सोरुमले हामीजस्ता ब्रान्ड कन्सियसलाई निकै राहत दिएको छ । ब्रान्डेड पहिरनको आफ्नै विशेषता भएकाले लगाउने बानी परेपछि अरू लोकल ब्रान्ड लगाउँदा असजिलो महसुस हुन्छ ।

युवती एवं महिलाहरूको फेसन स्टाइललाई केन्द्रविन्दु मानेर थुप्रै अन्तर्राष्ट्रिय ब्रान्डका पहिरन एवं फेसनशैली अधिकांश क्याजुअल स्टोर, सोरुम, मल, मार्केट, कम्प्लेक्समा उपलब्ध छन् । प्लस टुमा अध्ययनरत माण्डवी श्रेष्ठ नियमित सामान खरदि गर्दिनन् । श्रेष्ठ आक्कल-झुक्कल बजार जान्छिन् तर उनको किनमेलको गन्तव्य भने दरबारमार्ग, शेर्पा मल र ब्लुबर्ड हुने गरेको छ । उनी केवल ब्रान्डेड पहिरनमा जोड दिन्छिन् । ब्रान्डेड सामान खरदि गर्दा केही महँगा भए पनि धेरै खप्छन् । रंग उड्ने वा भुवा आउने समस्या देखिँदैन । अर्को कुरा यस्ता सामग्री सबै ठाउँमा पाइँदैनन् । त्यसैले आफूले लगाएका लुगा, जुत्ता, ब्याग निकै युनिक हुने उनी बताउँछिन् । ग्राहकहरूको यही रुचिलाई ध्यानमा राखेर अहिले दिनहुँ ब्रान्डेड सोरुम खुलिरहेका छन् । महिलालाई लक्षित गरी ब्रान्डेड सामग्री बजारमा आएकाले अब ब्रान्डेडमा महिलाको पनि पहुँच भएको उनले नारीलाई बताइन्  ।

उप्स छोटो समयमै फेसनप्रेमीबीच  लोकपि्रय बनेको छ । काठमाडौं मलको पाँचौं तलाबाट प्रारम्भ भएको उप्सको यात्रा अहिले शेर्पा मलसम्म पुगेको छ । मेल एन्ड फिमेल क्याजुअल वेयर, फुट वेयर, लेडिज ब्याग तथा एसेसरजिका लागि उप्स लोकपि्रय छ । यसले रञ्जना गल्लीको आउटलेटलाई मेल तथा नयाँ सडकलाई फिमेल वेयरका लागि विभाजित गरेको छ । यहाँ पनि सबै सामान विदेशबाट आयात गरन्िछ । उप्सका आउटलेट निकै आकर्षक तथा गुणस्तरीय छन् । 

बिहान जिम जाने तथा स्पोर्टी हुनेहरूका लागि भने विभिन्न स्पोर्टी सोरुम खुलेका छन् । नेपाली बजारमा स्पोर्टस फेसनसित सम्बन्धित विभिन्न ब्रान्ड उपलब्ध छन् । यसप्रति रुचि राख्नेहरूका लागि दरबारमार्ग राम्रो विकल्प हो । जहाँ एडिडास, रबिोक, नाइकी, पुमा, फिला आदिका सोरुम छन् । पारखीहरूले आफ्नो गच्छेअनुसार नेपालमै यस्ता सामग्री खरदि गर्न सक्छन् । पुरुष तथा महिलाहरू समानान्तर ब्रान्ड कन्सियस भएकाले अहिले प्रायः फेसन वेयरहरूले सिंगल ब्रान्डभन्दा कलेक्सन ब्रान्डलाई प्राथमिकता दिएको बताउँछन्- टु अल गर्लका रोनित श्रेष्ठ तर आफू भने वुमेन फेसनमा फोकस भएको उनले बताए । नेपाली बजारमा नेकसट, गल्र्स एन्ड गाइज, जप, डट फेसन, एटिन, बोसिनी, एएनएफ, थिम, न्यू एन्जल, ब्लु, जुजु कलेक्सन, टु इन वान, क्रेजी वान आदि सोरुमहरूले पनि फेसनलाई निकै महत्त्व दिएका छन् ।

ब्रान्ड सोरुमहरूको भीडमा मोन्टे कार्लो, बलेनो, एस एन्ड के, जोडाइक, गर्नाडो आदि ब्रान्डका आफ्नै आउटलेट छन् ।

फुट वेयरमा समेत पारखी बन्दै गएका नेपाली ग्राहकहरूलाई लक्षित गरी विभिन्न ब्रान्डेड सोरुम पनि नेपालमा खुलिरहेका छन् । तीमध्ये दरबारमार्गमा रहेको यास्लेले नेपाली ग्राहकहरूलाई सन्तुष्ट बनाएको छ । मानिसको व्यक्तित्वको प्रभावकारतिामा जुत्ताको भूमिका विशेष हुने भएकाले अहिले जुत्तामा मानिसहरू निकै पैसा  खर्चन थालेका छन् । जुत्ता खरदि गर्दा कुनै समयमा केवल बाहिरी बनावटलाई महत्त्व दिइन्थ्यो भने अहिले जुत्ताको सजिलोपनलाई महत्त्व दिइन्छ । नेपाली बजारमा जुत्ताको कारोबार तीव्र रूपमा बढिरहेको छ  । कुनै समयमा केवल कालो रंगको जुत्ता फेसनमा थियो भने अहिले विभिन्न रंग तथा कच्चापदार्थलाई ध्यानमा राखेर जुत्ता लगाउने चलन छ  । मौसम, उमेर वा उत्सव हेरेर हरेक रेन्जका फुटवेयर नेपाली बजारमा खरदि गर्न सकिन्छ । नेपाली बजारमा स्वदेशी तथा विदेशी सबै ब्रान्डको आ-आफ्नै पकड छ । बाँसबारी, शिखर, डियर हिल, स्काइबाहेक भारतीय ब्रान्ड बाटा लिबर्टीको आफ्नै बजार छ । काठमाडौंका सबै क्षेत्रमा जुत्ताका पसलहरू प्रशस्त छन् । नेपाली बजारमा थोरै समयमा ख्याति कमाउन सफल प्लेज ब्रान्डको आउटलेट खिचापोखरीमा छ ।

लेडिज फुटवेयरमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल ब्ले ब्रान्डको आकर्षण भने युनाइटेड वल्र्ड ट्रेड सेन्टरको भुइँतल्ला बज्र एन्ड ब्ले आउटलेटमा उपलब्ध छ । यो ब्रान्डका जुत्ताहरू स्टाइलिस तथा सबै प्रयोजनमा लगाउन मिल्ने खालका छन् ।

स्पोर्टस वेयर पनि के कम

कुनै पनि क्लबमा मेम्बर बन्नेबित्तिकै पहिलो आवश्यकता भनेको ट्राउजर, वाटर बोटल, टिसर्ट, स्पोर्ट सुज नै हुन् । यदि यी सामान राम्रा भएनन् भने व्यायाम गर्दा असहज महसुस हुन्छ । जस्मिन क्लबमा व्यायाम गर्ने सुरेखा प्रधानले यी सबै सामग्री दरबारमार्गबाट खरदि गरेकी छिन्  । व्यायाम गर्दा जुत्ता तथा पहिरनको तालमेल मिलेन भने निकै अप्ठ्यारो हुन्छ । ट्राउजर खुम्चिने, तन्किने, च्यातिने खालको पर्‍यो भने लज्जास्पद स्थिति पनि आउन सक्छ  । प्रधान भन्छिन्-मैले खरदि गरेका यी सामान एक वर्ष भैसक्दा पनि जस्ताको तस्तै छन् । ब्रान्डेड भनेको ब्रान्डेड नै हो ।

उनी जस्तै बिहान सयर गर्ने, जगिङ गर्ने, जिम एवं फिटनेस सेन्टर धाउनेहरू तथा खेलका स्टारहरू पि्रय मान्ने वर्ग स्पोर्ट फेसनतिर आकषिर्त छन् । नेपालमा भर्खरै आफ्नो आधिकारकि आउटलेट खोलेको पुमा पनि स्पोर्ट ब्रान्डमा निकै लोकपि्रय मानिन्छ । पुमाको पहिलो आउटलेट शेर्पा मलमा खुलेको छ । पुमाका स्पोर्ट सुज विश्वप्रसिद्ध नै छन् । नौ वर्षअघि नेपालमा भित्रिएको रबिोकको पहिलो आउटलेट सेयर मार्केटमा छ । यसले युनी सेक्स फेसनलाई पछ्याएको छ । टिसर्ट, पाइन्ट, स्पोर्ट्स सुजबाहेक एरोबिक्स म्याट, डमबेल समेत यहाँ पाइन्छ । लोकपि्रयता बढ्दै जाँदा यसको विस्तारति आउटलेट दरबारमार्ग, ब्लुबर्ड मल, शेर्पा मलमा पनि  छ । छोटो समयमा ख्याति कमाउन सफल बनेको अर्को ब्रान्ड हो-नाइकी । यसको आउटलेट दरबारमार्ग, काष्ठमण्डप बजार, ब्लुबर्ड मल, सिटी सेन्टरमा छ । स्पोर्टस ब्रान्डको पंक्तिमा आफूलाई स्थापित गर्न सफल एडिडासको पहिलो सोरुम दरबारमार्गमा खुल्यो । अहिले यसको सोरुम काष्ठमण्डप बजार, ब्लुबर्ड मल, सेयर मार्केट कम्प्लेक्स आदि

ठाउँमा छन्  ।



केही प्रमुख ब्रान्ड

पुमा

पुुमा ब्रान्डले स्पोर्टसलाई जीवनशैलीसँग संयोजन गरी आफ्नो उत्पादनमा जोड दिएको देखिन्छ । यसले खेल, जीवनशैली तथा फेसनको त्रिवेणीलाई निकै मिलाएको छ । यसले फुटवेयर, कपडा, एसेसरजिमा पहिले परीक्षण गरी नयाँ शैलीलाई अपनाउँछ । पुमा ब्रान्ड  सन् १९४८ मा स्थापना भएको हो । अहिलेसम्म यो ब्रान्ड ८० देशमा फैलिएको छ । पुमा संसारभर िनै स्पोर्ट्स ब्रान्डहरूमध्ये अग्रपंक्तिमा रहने प्रयासमा छ । पुमाका जुत्ता, घडी, चस्मा, ब्याग एवं मोजा निकै राम्रा मानिन्छ ।



बोसिनी

नेपाली बजारमा ब्रान्डको दौडमा निकै अघि रहेको बोसिनीले किड्स युनी फेसनलाई पनि प्राथमिकता दिएको छ । जसरी यसको युनी फेसनका शैली राम्रा छन् त्यसैगरी किडस फेसन पनि कम छैन  ।  हङकङमा स्थापना भएको यो ब्रान्ड अहिले विश्वप्रसिद्ध छ । यो ब्रान्डको पहिलो आउटलेट सन्  १९८७ हङकङमा खुलेको थियो  । यसको कारोबार अहिले विश्वभर ि३० देशमा फैलिएको छ । बोसिनीका पाइन्ट, टिसर्ट, जुत्ता, टोपी, मोजा, बेल्ट तथा एसेसरजि बजारमा उपलब्ध छन् ।

            रिबोक

रबिोकले खेलाडी, कर्पोरेटदेखि बालबालिकाहरूलाई पनि आफ्नो ब्रान्डमा केन्दि्रत गरेको छ । यसले सबै उपभोक्ताको रुचिलाई ध्यानमा राखी प्रत्येक वर्ष आफ्नो उत्पादनलाई परस्िकृत गर्दै गएको छ । यो अमेरकिी ब्रान्डबाट प्रभावित देखिन्छ । यसले खेलाडीबाहेक खेल तथा

व्यायाममा रुचि राख्ने महिलाहरूका लागि पनि सामग्री उत्पादन गरेको छ । रबिोकले आफ्नो उत्पादनमा उज्याला रंगहरूलाई प्राथमिकता दिएको छ । कटन तथा सिल्क जस्ता फेबि्रक यो ब्रान्डले बढी प्रयोगमा ल्याउँछ । नेपालमा यो ब्रान्डका

सामग्रीहरूको मूल्य ८ सयदेखि

सुरु   हुन्छ ।



नाइकी

ब्रान्डेड भन्नेबित्तिकै नाइकी ब्रान्ड मस्तिष्कमा आउँछ । उल्टो टिक आकारको यसको लोगो नेपालीहरूबीच पनि निकै परििचत छ । नाइकी अमेरकिी ब्रान्ड हो । यसको सुरुवात सन् १९८० देखि भएको हो । अहिले यो ब्रान्डले करबि ९० देशमा आफ्नो वर्चस्व कायम गरेको  छ । खेलकुदका लागि चाहिने सम्पूर्ण सामग्री यो ब्रान्डले बजारमा ल्याएको छ ।