Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

स्वास्थ्य»

निःशुल्क गर्भपतन


डा. बालकृष्ण साह

गर्भपतन हाम्रा लागि नयाँ शब्द होइन । २० हप्ताभन्दा कमको गर्भ तुहाउने सम्पूर्ण प्रक्रियालाई गर्भपतन भनिन्छ । नेपालमा गर्भपतन मुख्यतया म्यानुल भ्याकुम एस्पिरेसन -एम.भी.ए.) अर्थात् प्लास्टिकमा क्यालुनाद्वारा खाली पारएिको सिरन्िजको सहायताले गरन्िछ । यसबाहेक औषधिको प्रयोगद्वारा गर्भपतन गर्ने उपाय मेडिकल एबोर्सन -एम.ए.) पनि नेपालमा भित्रिएको छ ।  विश्व बजारमा बीसौं वर्षदेखि गर्भपतनका लागि औषधिहरू प्रयोगमा आए पनि हाल नेपाल सरकारले ६ वटा जिल्ला -झापा, सुुर्खेत, कैलाली, चितवन, तनहुँ र धादिङ) मा मात्र यो सेवा सुरु गरेको छ तर म्यानुल भ्याकुम एस्पिरेसन -एम.भी.ए.) सेवा मुलुकका विभिन्न सूचीकृत स्वास्थ्य संस्थाहरूमा उपलब्ध छ

औषधिको प्रयोगद्वारा गर्भपतन गर्ने उपाय मेडिकल एबोर्सन -एम.ए.) मा दुई किसिमका औषधि प्रयोग गरन्िछ । नेपालमा अपनाइएको पद्धतिअनुसार एक किसिमको औषधि मुखबाट सेवन गरेको ४८ घन्टापछि र अर्को किसिमको औषधि योनिमार्गमा राख्नुपर्छ । बिनाकुनै प्राविधिक जटिलता, सजिलै अनि घरमा पनि प्रयोग गर्न सकिने भएकाले हाम्रो मुलुकमा यसका प्रयोगकर्ता बढी हुने अनुमान गरएिको छ । ८०-९० प्रतिशतसम्म प्रभावकारी मानिएका यी औषधिहरूको प्रयोगले ९ हप्ता अर्थात् ६३ दिनसम्मको गर्भपतन गराउन सकिन्छ । हाल ६ वटा जिल्लामा सूचीकृत स्वास्थ्य संस्थाबाट यी औषधि निःशुल्क उपलब्ध गराइन्छ ।  करबि शत प्रतिशत प्रभावकारी रहेको एम.भी.ए. पद्धतिले १२ हप्ता अर्थात् ३ महिनासम्मको गर्भपतन गर्न सकिन्छ । यी पद्धतिहरूको पूर्ण जानकारी पाएपछि गर्भवती महिलाले आफ्नो खुसीले कुनै एक पद्धति रोज्न सक्छन् ।

जुनसुकै विधि रोजे पनि सूचीकृत चिकित्सकद्वारा सूचीकृत संस्थामा मात्र गर्भपतन गराउन पाइन्छ । कानुनले स्त्रीरोग विशेषज्ञलाई पाठेघरको शल्यक्रिया गर्ने तथा फाल्न सक्ने बनाए पनि गर्भपतनका लागि तालिम लिएर सूचीकृत नभएसम्म गर्भपतन सेवा दिन नपाउने बनाएको छ ।

२०५९ साल असोजदेखि गर्भपतन सेवाले कानुनी मान्यता पाएयता देशभरमा अधिकांश सरकारी अस्पताल तथा प्राथमिक उपचार केन्द्र 'पी.एच.सी.' हरूमा यो सेवा विस्तार भएको छ । यसबाहेक केही निजी संस्थाहरू परविार नियोजन संघ तथा मेरी स्टोप्स क्लिनिकहरूले यो सेवा प्रदान गररिहेका छन् । २०६५ साल असार महिनाको अन्त्यसम्ममा  मुलुकका ७३ जिल्लाका २ सय २ स्वास्थ्य संस्थामा ५ सय ८ जना तालिम प्राप्त सूचीकृत स्वास्थ्यकर्मीद्वारा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइएको छ । २०६० चैतदेखि २०६५ वैशाखसम्म प्रदान गरएिको सुरक्षित गर्भपतनको संख्या २ लाख १२ हजार ३ सय ९६ पुगेको  छ ।

विश्वमा प्रत्येक वर्ष कानुनी रूपमा करबि २ करोड ६० लाख गर्भपतन र गैरकानुनीरूपमा करबि २ करोड गर्भपतन हुने गरेको तथ्य सन् २००५ को प्रतिवेदनले देखाएको छ । अचम्मको कुरा के छ भने यसरी हुने गर्भपतनमध्ये ३ करोड ६० लाख अर्थात् ७८ प्रतिशत गर्भपतन विकासोन्मुख मुलुकहरूमा हुन्छ ।

१६ वर्ष पार गरेकी महिलाले कसैको मञ्जुरीबिना पनि ६ हप्तासम्मको गर्भपतन गराउन आउने कानुनी व्यवस्था छ । कानुनले बलात्कार वा हाडनाता करणीका कारण गर्भ रहेको अवस्थामा १८ हप्ता र गर्भवतीले शिशुलाई जन्म दिएको अवस्थामा गर्भवती वा जन्मिले शिशुको शारीरकि र मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने चिकित्सकको सिफारसि भएको अवस्थामा गभपर्तन गराउन पाइन्छ ।

सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन सेवा लिँदा गोपनीयता भङ्ग हुने, महँगो हुने तथा झन्झटिलो हुने डर अधिकांश सेवाग्राहीको छ । यद्यपि सरकारी अस्पतालले गोपनीयता र सरलताको विषयमा निकै संवेदनशील भएर सेवा दिइरहेको पाइन्छ । कानुनीरूपमा मान्यता पाएका यी दुवै तरकिाले गरएिको महिलाको प्रजनन् तथा यौन शक्तिमा समेत कुनै कमी ल्याउँदैन भने असुरक्षित तरकिाले गरएिको गर्भपतनले महिलाको मृत्युसमेत हुनसक्छ ।