Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

स्वास्थ्य»

महिला र उच्च रक्तचाप


डा. प्रकाशराज रेग्मी

उच्च रक्तचाप अर्थात् हाई ब्लडप्रेसर मुटुसँग सम्बन्धित रोग हो । यसले हिजोआज निकै चर्चा पाउन थालेको छ । ब्लडप्रेसरका कारण मानिसहरूको मृत्यु भएको समाचार बेलाबखत सुन्न पाइन्छ । ब्लडप्रेसरले असर गरेको खण्डमा पक्षघात, अन्धोपन, हृदयाघात, मिर्गौलाले काम नगर्ने आदि हुन सक्ने भन्दै यसप्रति सर्वसाधारणहरू पनि सचेत हुन थालेका छन् । संसारभर ३० वर्ष काटेका ३० प्रतिशतभन्दा बढी मानिस ब्लडप्रेसरबाट पीडित छन् । नेपालका गाउँघरमा १८ वर्ष कटेका २० प्रतिशत मानिस यो रोगबाट पीडित छन् । सहरमा १८ कटेका २५ देखि ३० प्रतिशत मानिसलाई ब्लडप्रेसरको समस्या छ ।

उच्च रक्तचाप विश्वकै समस्या हो । औद्योगिकीकरण, सहरीकरण एवं सामाजिक, आर्थिक विकाससँगै यो रोग पनि बढ्दै गएको छ । यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव एवं जीवनशैलीमा आएको परविर्तनको नतिजा हो । यो रोगले कुनै पनि लक्षण नदेखाई मुटु, मिगौर्ैला, मस्तिष्क, आँखा आदिलाई एकैपटक क्षतिग्रस्त तुल्याउँछ । कुनै लक्षण नदेखाई मृत्युको मुखमा पुर्‍याउने भएकाले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलरको संज्ञा दिइएको हो ।

मुटु शरीरको महत्वपूर्ण अङ्ग हो । यो नियमित रूपले खुम्चिने र फुक्ने गर्छ । यो प्रक्रियालाई धड्कन भनिन्छ । रक्त संचारका लागि मुटुले एउटा पम्पको काम गर्छ । मुटु खुम्चिने तथा फुल्ने प्रक्रियामा रक्तनलीहरूमा उत्पन्न हुने चापलाई 'रक्तचाप' अर्थात् 'ब्लडप्रेसर' भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १ सय २० तथा ८० मिलिमिटर वा सो भन्दा कम हुनुपर्छ । रक्तचाप बढी भए रक्तनलीहरू बढी तन्किएर फुट्न सक्छन् । मस्तिष्कभित्रको रक्तनली फुटे पक्षघात हुन्छ । मुटुको रक्तनली फुटे हृदयाघात हुन्छ । आँखाको रक्तनली फुटे अन्धोपन तथा मिर्गौलाको रक्तनली फुटे मिर्गौलाले काम नगर्ने हुन्छ । उच्च रक्तचाप भएकाहरूले कुनै पनि समयमा, विशेष गरी मानसिक तनाव भएको बेला, धेरै खुसी वा दुुःखी भएको बेला, धेरै शारीरकि श्रम गरेको बेला, धेरै रक्सी वा चुरोट पिएको बेला, धेरै चिसो हावामा हिँडेको बेला एकाएक रक्तचाप बढेर माथि उल्लेख गरएिका खतरनाक अवस्था उत्पन्न हुन सक्छन्, फलस्वरूप मानिसको मृत्यु पनि हुनसक्छ ।

ब्लडप्रेसरले महिला र पुरुषमा भेदभाव गर्दैन । दुवैलाई यसले आपmनो प्रभावमा पार्छ । यद्यपि महिलाहरूमा हुने उच्च रक्तचाप तथा मुटुका रोगहरू पुरुषहरूमा भन्दा केही भिन्न भएको अनुसन्धानकर्ताहरू बताउँछन् । महिलाहरू धेरैजसो स्तन र पाठेघरको क्यान्सरबाट तर्सिने तथा त्यस विषयमा बढी सचेत हुने गरेको पाइन्छ । मुटु रोगका सम्बन्धमा महिलाहरू त्यति सचेत दखिँदैनन् । वास्तवमा भन्ने हो भने महिलाहरूमा क्यान्सरभन्दा मुटु रोगको समस्या बढी छ । जति महिलाको मृत्यु स्तन तथा पाठेघरको क्यान्सरबाट हुन्छ त्यो भन्दा १० गुणा बढी महिलाकोे मृत्यु मुटु रोगबाट हुने गरेको पाइन्छ । महिनावारी -मासिक रक्तस्राव) नरोकिँदासम्म अर्थात् करबि ५०-५५ वर्षको उमेरसम्म महिलाहरूको शरीरमा इस्ट्रोजेन नामक रासायनिक तत्व -हार्मोन) को मात्रा धेरै हुन्छ । यो रसायनले युवा महिलाहरूलाई हृदयाघात हुनबाट बचाउँछ । महिनावारी रोकिएपछि महिलाहरूको शरीरमा इस्ट्रोजेन हार्मोनको मात्रा धेरै नै घट्छ । फलस्वरूप यस्ता महिलाहरूमा हृदयाघातको सम्भावना बढ्छ । महिनावारी रोकिएपछि मुटुसँग सम्बन्धित थुप्रै स्वास्थ्य समस्या देखिन थाल्छन् । ५५ वर्ष उमेरभन्दा माथिका धेरै महिलालाई उच्च रक्तचाप भएको देखिन्छ । यो उमेरका महिलाहरूको शरीरको तौल बढी छ, धूम्रपान गर्ने बानी छ, शारीरकि निस्त्रिmयता छ भने उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।

गर्भावस्थामा मुटु तथा रक्त संचालनमा विभिन्न परविर्तन देखापर्छन् । यी परविर्तन गर्भधारण गरेको ५ देखि ८ हप्तामा सुरु हुन्छन् । २४ हप्तासम्ममा यी परविर्तनको असर बढी हुन्छ । यो शिशु जन्मिएपछिको महिना दिनसम्म कायमै रहन्छ । गर्भवती महिलाहरूमा रक्त संचालनको गति बढ्छ, मुटुको धड्कनको गतिका साथै रगतको मात्रा बढ्छ । यद्यपि यो बेला रक्तकणहरूको मात्रा भने घट्छ । पहिलो ३ महिनामा रक्तचाप घट्न थाल्छ । ४-५ महिनासम्ममा कम रहन्छ । त्यसपछि रक्तचाप फेर िबढ्दै गएर ९ महिनासम्ममा पुरानै स्थितिमा र्फकन्छ । गर्भवती महिलाको रक्तचाप आवश्यकताभन्दा बढी देखियो भने यसलाई असामान्य मानिन्छ । कतिपय स्वस्थ महिलामा गर्भधारणकै कारण रक्तचाप बढ्ने समस्या देखिन्छ । यस्ता महिलाहरूमा गर्भधारण गरेपछि, गर्भावस्थाभर,ि शिशु जन्माउने बेलामा र शिशु जन्माएको केही दिनसम्म रक्तचाप बढ्छ । यस्तो उच्च रक्तचाप शिशु जन्माएको १०-१५ दिनभित्र ठीक भएर जान्छ ।

रक्तचापद्वारा पीडित महिलाहरूले गर्भधारण गर्दा होस पुर्‍याउनुपर्छ । गर्भावस्थामा रक्तचाप धेरै बढ्यो, पिसाबमा प्रोटिन देखापर्‍यो तथा शरीर सुन्नियो भने यस्तो अवस्था बढ्दै जाँदा सम्पूर्ण शरीर बटारनिे र बेहोस हुने स्थिति आउँछ । यस्तो अवस्थामा गर्भवती महिला वा गर्भस्थ शिशु दुवैको मृत्यु हुनसक्छ । यो खतरनाक अवस्था हो । उच्च रक्तचापद्वारा पीडित महिलाहरूले गर्भधारणअघि तथा पछि निम्न कुरामा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

उच्च रक्तचाप र गर्भधारण दुवैले मुटु एवं मिर्गौलालाई असर पार्ने भएको हुनाले उच्च रक्तचापद्वारा पीडित महिलाहरूले मुटु र मिर्गौलाको स्थिति कस्तो छ जँचाएर यदि ठीक छ भने मात्र गर्भधारण गर्नु उचित हुन्छ । यदि ठीक छैन भने ती अंगहरूको उपचार गराई सुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नुपर्छ । यदि उपचारपछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार आएन भने गर्भधारण गर्नुहुँदैन ।

उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि सेवन गररिहेका महिलाहरूले गर्भधारण गर्नेबित्तिकै आफूले खाइरहेको औषधि गर्भका लागि सुरक्षित छ कि छैन चिकित्सकसँग बुभmनुपर्छ । गर्भको पहिलो तीन महिना कुनै पनि औषधि सेवन गर्नु उचित मानिँदैन । किनभने औषधिले भू्रणको अंग निर्माणमा नकारात्मक असर पारी जन्मजात विकृतिसहितको शिशु जन्मिन सक्छ । यस अवधिमा औषधि नखाई रक्तचाप घटाउने उपाय जस्तैः नुन कम खाने, साग-सब्जी, फलफूल बढी खाने, हलुका व्यायाम गर्ने आदि विधि अपनाउनु पर्छ । यदि यसो गर्दा पनि रक्तचाप बढ्यो भने चिकित्सकको सिफारसिमा औषधि सेवन गर्नुपर्छ ।

गर्भावस्थामा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिहरू प्रयोग गर्दा ती औषधि गर्भका लागि सुरक्षित छन्-छैनन् बुझेर मात्र प्रयोग गर्नुपर्छ । उच्च रक्तचापद्वारा पीडित महिलाले गर्भवती भएपछि कम्तीमा महिनामा एकपटक रक्तचाप जँचाउनुपर्छ । उच्च रक्तचापद्वारा पीडित गर्भवती महिलाको शरीर सुन्निएर आयो, पिसाब कम भयो, आँखाले धमिलो देखियो भने तुरुन्त जँचाउनुपर्छ ।

उच्च रक्तचाप भयो भन्दैमा आत्तिनुपर्दैन । यो सजिलै नियन्त्रण गर्न सकिने समस्या हो । यसको उपचार ठीक तरकिाले गर्ने हो भने कुनै खतरा हँुदैन । उच्च रक्तचापका कतिपय रोगी बानी पर्छ, साइड इफेक्ट हुन्छ, मिर्गौला बिग्रन्छ भनेर औषधि सेवन गर्न मान्दैनन् । उनीहरू समाजमा फैलिएको गलत सूचनाबाट प्रभावित छन् । कतिपयले रक्तचाप नियन्त्रणमा आएपछि औषधि सेवन बन्द गर्छन् । त्यसकै फलस्वरूप कसैलाई हृदयाघात हुन्छ त कसैलाई पक्षघात, कसैको मिगौर्ैलाले काम नगर्ने हुन्छ त कसैलाई अन्धोपन । यी सबै लापरबाहीका नतिजा हुन् । नुन कम खाएर, व्यायाम गरेर, लौका वा घिउकुमारीको रस पिएर, योग-प्राणायाम गरेर उच्च रक्तचाप नियन्त्रणमा आउन सक्छ तर त्यसमा मात्र भर पर्नुहुँदैन । उपचारबाट उच्च रक्तचाप नियन्त्रणमा आउँछ तर निर्मूल भने हुँदैन । त्यसैले यसको उपचार जीवनभर गर्नुपर्छ । नियमित औषधि सेवन एवं स्वस्थ जीवनशैलीको अवलम्वन उच्च रक्तचापका कारण हुनसक्ने संभावित मुत्युबाट बच्नका लागि हो र सुखी जीवनयापनका लागि हो भन्ने तथ्य सबैले बुभmनुपर्छ ।