Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

घर»

कलात्मक कमर्सियल भवन


व्यावसायिक भवन भन्नासाथ धेरै मानिसलाई ठूलो क्षेत्रफल ओगटेको भवनको सम्झना हुन्छ । यद्यपि नक्सालमा बनेको एउटा भवन जम्मा १ आना १ पैसामा बनेको छ । व्यावसायिक मूल्यकै कारण थोरै क्षेत्रफलमा पनि व्यावसायिक भवन निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । यो भवन कलात्मक रूपमा निर्माण गरिएको छ ।

यो भवनको भुइँ तल्लाले ४ सय स्क्वायर फिट मात्र ओगटेको छ । यद्यपि माथिल्ला तल्लाहरूमा क्यापिटल बिमको सहायताले यसको क्षेत्रफल ४ सय ९५ स्क्वायर फिट बनाइएको छ ।

व्यावसायिक शैलीमा निर्माण गरिएको यो भवनमा प्रयोग भएका सम्पूर्ण सामग्री हिजोआज फेसनमा भएका सामग्री नै छन् । भवनको बि्रक वर्कको सम्पूर्ण भाग ४ वटा फरक-फरक रंगको मिश्रणलेे ढाकेको छ भने झ्यालढोकामा एल्मुनियमको प|mेम प्रयोग गरी चम्किलो बनाइएको छ । चहकिलो प्रकाश दिन कालो रंगको सिसा प्रयोग गरिएको छ ।

फरक-फरक ज्यामितीय आकारको संयोजन नै यो डिजाइनको सिद्धान्त हो । भवनको उत्तर-पश्चिम छेउमा मूल प्रवेशद्वारको माथिल्लो भागमा प्रयोग गरिएको एल्मुनियमको समूहले प्रवेश द्वारलाई आकर्षक बनाएको छ । भवनको एक छेउ र अर्को कुनाको भागमा सन्तुलन कायम गर्न ठाडो स्वरूप दिइएको छ भने बाँकी बीचका भागहरूमा तेर्सो गरी एल्मुनियमका झ्याललाई समावेश गरिएको छ । त्यसले भवनलाई पर्याप्त प्रकाश प्रदान गर्नुका साथै कुनाको भागमा निखार ल्याएको छ ।

भुइँ तल्लाको बाहिरी भित्तामा कालो ग्रेनाइट क्यालडिग गरिएको छ । यसले भवनलाई आकर्षक देखाउनुका साथै वातावरणीय असरहरूबाट पनि बचाएको छ । ग्रेनाइट बलियो हुनुका साथै सफा गर्न पनि सजिलो हुन्छ । पहिलो तल्लामा कालो मिश्रतिरंग प्रयोग गरिएको छ । त्यसभन्दा माथिल्लो भागमा अन्य रंगको मिश्रति समूह प्रयोग गरिएको छ । दुईतिरै ठाडो भागमारातोर तेर्सो भागमा हरियोको संयोजन मिलाइएको छ । बाँकी भएको भागमा सिल्भर गोल्डको मिश्रति समूह प्रयोग भएको छ । कालो,रातो, हरियोर सिल्भर रंगले हाल विद्यमान वातावरण प्रदूषणबाट भवनलाई सन्तुलित देखाउनुका साथै सरसफाइ गर्न सजिलो हुन्छ ।

व्यावसायिक भवनलाई राम्रो देखिने गरी भित्तामा सीधा, छड्के एवं बक्र आकारमा डिजाइन गरिएको छ । बाहिरी पक्षसँग मेल खानेे गरी यसको भित्री स्वरूप निर्माण गरिएको छ । यो भवनमा दुईथरि रंग प्रयोग गरिएको छ । भित्री भागमा काठ र भित्ते कागजको प्रयोग गरिएको छ । पारिवारिक वातावरणले युक्त यो कार्यालयको भुइँ तल्लामा कार्यार्लय प्रमुखको अफिस छ जहाँ भर्‍याङमुनिको भागलाई पनि सदुपयोग गरिएको छ ।

यो भवनको बाहिरी भाग भित्री भागलाई सुहाउँदो गरी ज्यामितीय आकारमा डिजाइन गरिएको छ । सानै क्षेत्रफल भएर पनि व्यावसायिक भवनका सम्पूर्ण आवश्यकता परिपूर्ति गर्ने यो भवन बाहिरी र भित्री दुवै पक्षबाट आकर्षक एवं सुविधायुक्त भवनको नमूना हो ।