Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

फेशन»

सफल फेसन परेड


झरना नहर्की

पाँच वर्षदेखि आयोजना हुँदै आएको फेसन सप्ताह यस वर्ष पनि मनोरञ्जनात्मक ढंगले सम्पन्न भयो । फेसनप्रेमीहरूको चाडकै रूपमा विकसित हुन थालेको फेसन सप्ताहमा सहभागी हुनेहरूको संख्या विगतको तुलनामा बढेको देखिन्थ्यो । फेसन सप्ताह डिजाइनर, मेकअप आर्टिस्ट, कोरयिोग्राफर, मोडल, हेयर ड्रेसरहरूका लागि प्रतिभा देखाउने प्लेटर्फम भएका कारण पनि यसप्रति धेरैको रुचि जागेको अनुभव गरन्िछ । होटल याक एण्ड यतिमा सम्पन्न फेसन सप्ताह २००९ मा राजधानीलगायत मोफसलका करबि १ सय ५० डिजाइनरले नेपाली तथा भारतीय मोडलहरूमार्फत् प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पहिरनलाई ५० भागमा विभाजन गर्दा त्यसको थिमलाई आधार बनाइएको  थियो । १ सय ५० डिजाइनका सयौं पहिरन प्रदर्शनबाट दर्शक पनि मन्त्रमुग्ध देखिन्थे । 'प्रस्तुत पहिरन सबै लगाउने खालका थिए ।' दर्शकका रूपमा बसेकी गायिका सविना कार्कीले भनिन्, 'त्यसैले मलाई कुनै पनि सिग्मेन्ट छोड्न मन लागेन ।' कार्कीको विचारमा नेपाली शैलीलाई पाश्चात्य शैलीमा ढालेर डिजाइन गरएिकाले पनि प्रस्तुत गरएिका पहिरन आकर्षक थिए । यस्ता कार्यक्रमले डिजाइनरलाई प्लेटर्फम दिने मात्र होइन फेसनप्रेमीहरूलाई पहिरनका बारेमा धेरै  जानकारी दिन्ो कार्कीजस्ता दर्शकको अनुभव छ ।

पाँच दिन चलेको कार्यक्रममा प्रत्येक दिन नौलो शैलीका परधिान प्रदर्शन गरएि । आइइसी फेसन कलेजले आयोजना गरेको  उक्त कार्यक्रको अन्त्यतिर मिस इन्डिया युनिभर्स २००८ सिमरन कौर  तथा मिस इन्डिया प|mेस फेस २००९ दीक्षा सेठ विशेष आकर्षणका रूप्ामा सहभागी भए ।

फेसन सप्ताहमा आफूलाई मनपरेका नयाँ शैलीका पोसाक स्पट अर्डर ग र्न सकिने व्यवस्था मिलाइएकाले धेरै पोसाक तुरुन्तै बिक्री भएको आइइसीकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।  'फेसन सप्ताह नेपाली फेसनको ठूलो उत्सव बनेको छ । यस्तै कार्यक्रममार्फत् डिजाइनरहरूले आफूलाई चिनाउन पाउँछन् ।' अधिकारीले नारीसँग भनिन्, 'यो फेसन इन्डस्ट्रीका लागि महत्वपूर्ण कार्य हो ।' यो वर्षको फेसन सप्ताह सफलतापूर्वक सम्पन्न भएकोमा दंग परेकी अधिकारी भन्दै थिइन्, 'आगामी वर्ष कार्यक्रमलाई अझ भव्य बनाउने योजना छ ।' र्‍याम्पमा नेपाल र भारतका मोडल मात्र होइन, नेपाली रजतपटका चर्चित कलाकार रेजिना उप्रेती, युना उप्रेती, ऋचा घिमिरे,  अरुणिमा लम्साल, रेखा थापा, दीपाश्री निरौला पनि उत्रिएका थिए । त्यसैगरी पूर्व मिस नेपाल रुबी राणा एवं माल्बिका सुब्बा, करयिोग्राफर रेनाशा राई, कार्यक्रम प्रस्तोता संगीता श्रेष्ठ, ऋचा शर्मा तथा विनय श्रेष्ठले पनि बिरालो चालमा पहिरन प्रस्तुत गर्न भ्याए ।

कार्यक्रममा सहभागी डिजाइर सुमिता महर्जनले यो कार्यक्रम डिजाइनरहरूका लागि एउटा ठूलो मेला भएको बताइन् । 'यस्ता कार्यक्रमबाट हामी उत्साहित भएका छौं ।' महर्जनले भनिन्, 'यो कार्यक्रमले हामीलाई आफ्नो पहिचान बनाउन सहयोग गरेको छ ।' कोरयिोग्राफर प्रशान्त ताम्राकारले छोटो अवधिमा पनि धेरै सिक्वेन्स तयार गरी नेपाली तथा भारतीय मोडलसँग तालमेल मिलाउन सक्नुलाई यो सप्ताहको ठूलो उपलब्धि मानेका छन् ।

सहभागी मोडल सोनु पौडेलले यसपटकको फेसन सप्ताह निकै सफल भएको बताइन् । 'भारतीय मोडलहरूसँग हामी नेपाली मोडलहरूलाई समानान्तर रूपमा ल्याउनु यो शोको सबल पक्ष हो ।' पौडेलले भनिन्, 'यसले हामीलाई अन्तर्राष्ट्रिय मोडलको क्षमता अध्ययन गर्ने अवसर पनि दिन्छ ।'