पुरुषको बाहुल्य रहेको लेखापढी व्यवसायमा गतिशील ल र्फम खोलेर आफ्नो जीवनयापन गरिरहेकी उर्मिला पोखरेल आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । २०३० सालमा मालपोत कार्यालयमा जागिर खाएकी उर्मिलाले अवकाशपछि पनि आफ्नै ल र्फम खोलेर लेखापढी व्यवसायलाई निरन्तरता दिएकी छिन् । उनकोे गतिशील ल र्फममा काम गराउनेहरूको घुईंचो लाग्छ ।
अरूको अधीनमा बस्न नरुचाउने तथा परिश्रमी स्वभावकी उर्मिला आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने मान्यता राख्छिन् । आफ्नो कमाइले आफ्नो आर्थिक उन्नति भएकोमा भने उनी गर्व गर्छिन् । परिवारको सहयोग पाएर परिश्रम गर्दै अगाडि बढेकी उर्मिला परिश्रम गरे सफलता प्राप्त गर्न सकिने कुरामा विश्वास व्यक्त गर्दै अन्य महिलाहरूलाई पनि यो क्षेत्रमा लाग्न अनुरोध गर्छिन् ।