Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

आजकी नारी»

समाजसेवी निर्मला


निर्मला गुरुङलाई  लाहुरे श्रीमान्को कमाइले बसी-बसी खान पुग्थ्यो । उनी आवासीय भिसामा बेलायत गएर पनि बस्न सक्थिन् । यद्यपि उनी काठमाडौंको सुविधायुक्त जीवन छाडेर पोखरा नजिकैको पुम्दीभुम्दीमा समाजसेवा गररिहेकी छन् । ५७ वर्षकी गुरुङमा अझ २० वर्ष समाजसेवा गर्ने धोको छ । तीन दशकभन्दा बढी समय उनले समाजसेवामा बिताइन् । गुरुङले गाउँमा खानेपानी, सरसफाइ, बाटो निर्माण, आधुनिक खेती,  महिला एवं बालबालिकाको शिक्षामा देखिएका समस्यामा अगुवाइ गरेकी छिन् । 

उनी बसेको गाउँमा शौचालय थिएन । उनले घरैपिच्छे शौचालय बनाउनुपर्छ भनेर शौचालय बनाउने अभियान सुरु गरनि् । उनले परविार नियोजनका अस्थायी साधन कन्डम बाँडेर सबैलाई अचम्ममा पारनि् । अहिले उनी १७ वटा विभिन्न्न सामाजिक संघसंस्थामा आबद्ध छिन् । 'काम नै मेरो दैनिकी हो ।' कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिक तथा यामाहा मोटरसाइकलको संयुक्त प्रयासमा 'अल्वा रत्न सम्मान' बाट सम्मानित भएपछि गुरुङले नारीसँग भनिन्, 'मेरो जीवन समाजका लागि बनेको हो ।'