Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

आजकी नारी»

भिडियो खिच्ने एक्ली महिला पत्रकार


सखारै उठेर घरको काम सकेपछि हातमा भिडियो क्यामेरा र डायरी बोकेर उनी हतार-हतार निस्कन्छिन् । दुई छोराछोरीकी आमा लिना गुरुङको दैनिकी यसरी नै सुरु हुन्छ । राजधानीको एउटा निजी टेलिभिजनमा संवाददाताको काम गर्ने उनी समाचार संकलन मात्र होइन, भिडियो पनि आफैं खिच्छिन् ।

पोखराबाट राजधानीको टेलिभिजनका लागि क्यामेरा खिच्ने र समाचार सम्प्रेषित गर्ने उनी पोखराकी एक्ली महिला हुन् । यसअघि उनी स्थानीय हिमचुली एफ.एम.का लागि रपिोर्टिङ र समाचार वाचन गर्थिन् । सञ्चारक्षेत्रमा महिला सहभागिता कम भैरहेकै बेला उनी भने यहाँ सबैका लागि उदाहरण बनेकी छिन् । निजी संस्थामा कार्यरत उनका श्रीमान्लाई सुरुमा उनी पत्रकारतिा क्षेत्रमा लागेको मन परेको थिएन । 'कन्भिन्स' गराउनै गार्‍हो भयो, अहिले उहाँको सहयोगले यस क्षेत्रमा फुर्तीका साथ लागिरहेकी छु, उनले भनिन् ।

उनले पोखरा विश्वविद्यालयबाट जनसंख्या लैंगिक तथा विकास कार्यक्रममा डिग्री गरेकी हुन् । समाजशास्त्रमा पनि डिग्री पूरा गरी शोधपत्र लेख्न व्यस्त गुरुङले पत्रकारतिा पेसा च्यालेन्जिङ भएको बताइन् ।