Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

टुक्राटाक्री»

राजु लामा


आदर्श महिला ?

आमा र दिदी ।

सबैभन्दा सुन्दर युवती ?

एन्जिलिना जोली ।

युवतीहरूको कुन कुराले तपाईंलाई आकषिर्त गर्छ ?

बोल्ने शैली र मुस्कानले ।

महिलाहरूमा भएका राम्रा गुण ?

निर्णय गर्न सक्ने क्षमता, व्यावहारिकता र सहनशीलता ।

उनीहरूको कुन कुराले दिक्क तुल्याउँछ ?

कुरा काट्ने र डाहा गर्ने बानी ।

संसारमा महिला नभए ?

सृष्टि नै ठप्प हुन्छ  ।

मनपर्ने युवती रिसाए कसरी फकाउनुहुन्छ ?

त्यसको अनुभव गर्न पाएको छैन तर गीत गाएर फकाउँछु होला ।

मनपर्ने युवतीका लागि कुनै गीत गाउनुपरे ?

बादल पारिको देशबाट ।

विवाह गर्ने उमेर भएन ?

उमेर त भयो तर लगन जुरेन ।

जीवनसाथी कस्तो होस् जस्तो लाग्छ ?

संगीतलाई आदर गर्ने र समयसँग जुध्न सक्ने ।

युवतीहरू त राजु लामा भनेपछि भुतुक्कै हुन्छन् नि ?

हो र भन्या ? सायद म सबैसँग राम्रोसँग पस्तुत हुन्छु ।

प्रशंसकहरूले विवाहको प्रस्ताव कत्तिको राख्छन् ?

त्यस्ता प्रस्तावलाई म आकर्षणका रूपमा लिन्छु, किनभने ती सबैले मेरो स्वर र स्टाइलको भरमा मन पराएका हुन्छन्, मलाई बुझेर होइन ।