हिजोआज टेलिभिजन गृहिणी महिलाबीच नशाझैं बनेको छ । उनीहरू टेलिभिजनभित्रका कथाबाट यति प्रभावित हुन थालेका छन् कि आफू पनि त्यही चरत्रिको नक्कल गर्छन् । कतिपय महिला आफूलाई मनपर्ने चरत्रिले लगाएको साडी, ब्लाउज, टीका, मोबाइल, घडी, औंठी, सिक्री आदिको पनि नक्कल गर्छन् । कुनै समय टेलिभिजनलाई सूचनाको माध्यम मानिन्थ्यो । आज यो सूचनाभन्दा बढी मनोरञ्जनको साधन बनेको छ । टेलिभिजनमार्फत् दर्शकहरू यौन, हिंसा, मनोरञ्जन, परकिार, फेसन आदिको नक्कल गररिहेका छन् । यसले दर्शकलाई विभिन्न किसिमले प्रभावित तुल्याइरहेको छ ।
महिला र पुरुषको टेलिभिजन हेर्ने तरकिा, रुचि एवं स्वभाव पनि फरक-फरक पाइन्छ । के हेर्ने, कहिले हेर्ने ? यसको उत्तरमा महिला-पुरुषबीच फरक-फरक सोच देखिन्छ । पुरुष तथा महिलाको शारीरकि संरचना अथवा पारविारकि स्थितिमा जुन अन्तर छ, त्यसैअनुरूप टेलिभिजन हेर्ने रुचि पनि फरक हुन्छ । धेरैजसो पुरुष सूचना, खेलकुद तथा जानकारीमूलक कार्यक्रम हेर्न मन पराउँछन् भने महिलाहरू मनोरञ्जनात्मक कार्यक्रम बढी रुचाउँछन् ।
केही अध्ययनबाट के पत्ता लागेको छ भने पुरुषहरू विशेषगरी सूचनाप्रधान तथा तथ्यमूलक कार्यक्रम हेर्न मन पराउँछन् । पुरुषहरुबीच समाचार, खेलकुद, विश्वघटना आदि कार्यक्रम लोकपि्रय भएको पाइएको छ । महिलाहरू काल्पनिक घटनामा आधारति भावनाप्रधान तथा फेसनसँग सम्बन्धित कार्यक्रम हेर्न मन पराउँछन् ।
मनोचिकित्सकहरूका अनुसार पुरुषले कामको सिलसिलामा घरबाहिर रहनुपर्दा त्यहाँ मनोरञ्जन तथा मन बहलाउने अवसरहरू प्राप्त गर्छन् । यस्तो अवसर थोरै मात्रामा कामकाजी महिलाले पनि पाउने गरेका छन् । गृहिणीहरूले भने मनोरञ्जनका लागि टेलिभिजनमै भर पर्नुपर्ने बाध्यता हुन्छ । महिलाहरूभन्दा पुरुष खेलकुद, वृत्तचित्र आदिमा बढी चासो दिन्छन् । पुरुष प्रत्यक्ष प्रसारणमा बढी आकषिर्त भएको पाइन्छ भने केही महिला खेलकुद कार्यक्रममा आकषिर्त भए पनि सीमित खेलमा मात्र विशेष रुचि लिन्छन् ।
अनुसन्धानबाट अर्को रोचक कुरा के पत्ता लागेको छ भने महिलाहरूले भन्दा पुरुषहरूले एकाग्र भएर टेलिभिजन हेर्छन् । पुरुषले टेलिभिजन हेर्दा कुनै प्रकारको कुराकानी वा होहल्ला मन पराउँदैनन् भने महिलाहरूले टेलिभिजन हेर्दा आपसमा कुराकानी गर्ने, स्वीटर बुन्ने, तरकारी केलाउने जस्ता काम गर्न भ्याउँछन् । पुरुषहरु भने चियाको सुर्को तान्न पनि बिर्सने गरेको पाइन्छ ।
भारतीय टेलिभिजन च्यानलहरूले विभिन्न कार्यक्रम प्रसारण गर्दा यस्तै अनुसन्धानलाई आधार बनाएको पाइन्छ । टेलिश्रृंखलाहरू पुरुष घर नभएको बेला प्रसारण गर्ने तथा रयिालिटी शो पुरुष घरमा भएको मौका पारेर प्रसारण गरन्िछ । कतिपयमा विभिन्न सिरयिल हेरेर दिनभर िघरमै बस्ने बानी परेको छ । श्रीमान् कहिलेकाहीँ अफिसबाट ढिलो आउँदा सिरयिलमा जस्तै अफिसको सेक्रेटरीसँग सल्कियो कि भन्ने आशंकाले घरपरविारमा झगडा पनि हुने गरेको देखिन्छ । च्यानलको प्रभावले आफ्ना श्रीमान्प्रति अनावश्यक शंका-उपशंका गर्ने बानी हटे नेपाली महिलाहरूले बढी ज्ञान लिन सक्थे कि ?