अहिले केमा व्यस्त हुनुहुन्छ ?
भागी-भागी नजाऊ चलचित्रमा ।
पहिलो चलचित्र गिरफ्तारपछि धमाधम काम पाउनुभयो, कारण के होला ?
गिरफ्तारमा मेरो बोल्ड भूमिका थियो । मेरो बोल्डनेसले मलाई माथि आउन सघाएको हुनुपर्छ । दुई वर्षमा मैले १० वटा चलचित्रमा नायिकाका रूपमा अभिनय गरसिकेकी छु ।
बिहान उठ्नासाथ के गर्नुहुन्छ ?
म्युजिक सुन्दै कालो चिया पिउँछु ।
फुर्सदमा के गर्नुहुन्छ ?
साथीहरूसँग घुमघाम गर्नुका साथै हलमा गएर चलचित्र हेर्छु ।
चलचित्र कत्तिको हेर्नुहुन्छ ?
पहिले हिन्दी र अंग्रेजी मात्र हेथर्ंे । अहिले नायिका भएपछि नेपाली चलचित्र पनि हेर्न थालेकी छु ।
बाल्यकालमा को जस्तो बन्ने मन लाग्थ्यो ?
हेमा मालिनी ।्
सबैभन्दा दुःखी कुन कुराले गराउँछ ?
नायक विराज भट्ट रसिाउँदा ।
ब्वाइप|mेन्ड छ कि छैन्ा ?
अहिले नभनौं ।
कतै विराज भट्ट नै त होइन ?
मन पर्दैमा ब्वाइप|mेन्ड नै हुनुपर्छ भन्ने छैन । यद्यपि जीवनसाथी उहाँ जस्तै होस् भन्ने चाहना छ ।
सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
आलु तथा काँक्राको अचार ।
केका लागि पार्लर जानुहुन्छ ?
फेस तथा बडी मसाज गराउन । यद्यपि कुनै बेला स्टिम बाथ, पेडिकेयर, मेनिकेयर, आइब्रो मिलाउन, केश काट्न पनि जान्छु ।
कस्तो पहिरनमा फिट महसुस गर्नुहुन्छ ?
वान पिस पहिरनमा ।
प्रेमलाई दीर्घायु बनाउने तीन उपाय ?
विश्वास, समझदारी एवं सम्झौता ।
केसँग बढी डराउनुहुन्छ ?
झूटो कुरासँग ।