नेपाली टेलिभिजन च्यानलका चर्चित भिजेहरूमध्येकी एक पुष्पा जोशी विगत ३ वर्षदेखि पर्दा पछाडि छिन् । केही चर्चित टेलिभिजन कार्यक्रमहरूमार्फत् दर्शकमाझ लोकपि्रय पुष्पा छोरी जन्मिएपछि उनैको रेखदेखमा व्यस्त रहिन् । छोरी डेढ वर्षकी भएपछि उनी पुनः टेलिभिजन पर्दामा देखा पर्दैछिन् । पुष्पा अहिले न्युजन प्रोडक्सन हाउस खोलेर जिन्दगी रक्स तथा प|mाई डे एक्सप्रेस कार्यक्रम निर्माण गरिरहेकी छिन् । ती कार्यक्रमहरू नेपाल टेलिभिजनको मेट्रो च्यानलमा प्रसारण हुँदैछन् ।
कार्यक्रम जिन्दगी रक्समा उनी स्वयं भिजे बनेकी छिन् । यो कार्यक्रममा एक दिन पूरै सेलिब्रेटीसँग गफ, घुमघाम, खेल, खानादेखि लिएर सेलिब्रेटीको जिन्दगीसँग नजिकिने प्रयास गरिन्छ । सेलिब्रेटीसँग क्याजुअल वेयरमा गरेको कुराकानी हेर्दा निकै रमाइलो देखिन्छ । अहिलेसम्म राजु लामा र निमा रुम्बासँगको कार्यक्रम प्रस्तुत भैसकेको छ भने पछिल्ला कार्यक्रममा कलाकारबाहेक नेता, खेलाडी, बिजनेस पर्सनदेखि हरेक विधाका सेलिब्रेटीलाई जिन्दगी रक्समा ल्याइनेछ । जिन्दगीलाई कसरी रकिङ बनाउन सकिन्छ भन्ने धुनमा कार्यक्रमको सोच बनेको पुष्पाले बताइन् ।