सुन्दर देखिने अनेकौं उपायमध्ये खानपिनमा ध्यान राखेर शरीर मेन्टेन गर्नु पनि एक हो । मोडलिङबाट चलचित्रमा प्रवेश गरेकी नायिका जेनिषा केसी आफ्नो शरीरलाई फिट राख्न डाइटिङमा ध्यान दिन्छिन् । उनी धेरैजसो उमालेको खानेकुरा खान्छिन् । आफ्नो डाइटिङमा नियमितता रहोस् भनेर उनले कुन समयमा के खाने भन्ने रुटिन बनाएकी छिन् । डाइटिङका साथै उनी हेल्थ क्लबमा गएर दैनिक एक घन्टा व्यायाम पनि गर्छिन् । खानामा यति धेरै नियन्त्रण गर्नुपर्दा उनलाई दिक्क पनि लाग्छ । साथीभाइसँग बस्दा उनीहरूले खाएको खाना खान नपाउँदा पनि उनी दुःखी हुन्छिन् । आफूले खानामा गरेको नियन्त्रणका कारण आफू थप सुन्दर एवं स्लिम भएको देख्दा भने धेरै खुसी लाग्ने जेनिषाले बताइन् ।
आफ्नो शरीरको बनावट नै प्राकृतिक रूपमा स्लिम र फिट भएका कारण डाइटिङ गर्नुपर्ने आवश्यकता नरहेको बताउने नायिका रेजिना उप्रेती आफूलाई मन लागेको सबै खानेकुरा धक फुकाएर खान्छिन् । यद्यपि उनले गुलियो र चिल्लो खानेकुरा भने बार्ने गरेकी छिन् । रेजिनालाई माछा-मासु मीठो लाग्छ । उनी सुटिङ नभएको समयमा नियमित रूपले व्यायाम गर्छिन् । सुटिङमा हँुदा खाने कुनै निश्चित समय नहुने भए पनि घरमा हँुदा उनी बिहान चिया तथा दुई-तीन घन्टापछि दाल, भात र तरकारी खान्छिन् ।
डाइटिङ पब्लिक फिगर हुनेले मात्र होइन सबैले गर्नुपर्ने मान्यता नायिका युना उप्रेतीको छ । युना आफ्नो शरीरलाई फिट राख्न डाइटिङ गर्छिन् । उनको डाइटिङ गर्ने तरकिा अरूको भन्दा भिन्न छ ।
मोडलिङ क्षेत्रको सफलतापछि चलचित्र क्षेत्रमा प्रवेश गरेकी मोडल तथा नायिका निशा अधिकारीलाई शरीर फिट राख्न त मन लाग्छ तर खाना नखाई शरीरलाई स्लिम बनाउनुपर्छ भन्ने कुरामा उनी सहमत छैनन् । निशा घरमा बिहान दूध र टोस्ट खाजाका रूपमा खान्छिन् भने दिनको १२ बजे खाना खान्छिन् । खानामा साधारण दाल, भात र तरकारी खाने गरेको उनी बताउँछिन् । दिनको खानापछि उनी एकैपटक बेलुकाको खाना खान्छिन् । बेलुकाको खानामा कहिले रोटी, कहिले नुडल्स आदि फरक-फरक किसिमका खानेकुरा खाने निशा बताउँछिन् । यदि निशा बाहिरको खाना खानुपरे कोरयिन र जापानी खानेकुरा रुचाउँछिन् । कोरयिन खानेकुरामा प्रशस्त मात्रामा हरयिो सागपात हुने भएकाले उनलाई कोरयिन परकिार बढी मन परेको हो । आफू मोटाएको अनुभव भए मात्र व्यायाम गर्ने निशा घरमा भने नियमित साधारण व्यायाम गर्छिन् । उनी कडा व्यायाम गर्दा भने खानेकुरा राम्रोसँग खान्छिन् र पर्याप्त मात्रामा पानी पनि पिउँछिन् ।
निर्माता तथा नायिका जेनी कुँवर शरीर मेन्टेन गर्न डाइटिङ गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दिनन् । उनी माछा-मासु, चिल्लो तथा गुलियो खानेकुराको सेवन कम गर्छिन् । जेनी मौसमी सागपात तथा गेडागुडी खान रुचाउँछिन् । उनी चलचित्रको कामबाट फुर्सद भएको समयमा क्लब गएर लगातार चार घन्टा व्यायाम गर्छिन् । व्यायाम गरेपछि एक गिलास दूध तथा केही बिस्कुट अथवा पाउरोटी खाजाका रूपमा खान्छिन् । उनलाई साधारण नेपाली परकिार मनपर्छ । जेनी दिउँसोको खाजामा दूध र बिस्कुट खान्छिन् । रातिको खानामा रोटी उनको पि्रय भोजन हो । रोटीका साथमा कहिलेकाहीँ घरमा बनाएको फलफूलको जुस पनि पिउँछिन् । सानैदेखि व्यायामको सहयोगले शरीरलाई मेन्टेन गर्ने भएको हँुदा आफ्नो खाना खाने बानीमा कुनै परविर्तन नभएको जेनीको भनाइ छ । उनी दिनमा २ देखि ३ लिटर पानी पिउँछिन् । जेनीलाई बाहिरको खाना त्यति मनपर्दैन । त्यसैले उनी रेस्टुराँ हेरेर सफा खाना खान्छिन् ।
टेलिभिजनको संसारमा तीतो सत्यबाट लोकपि्रयता कमाउन सफल नायिका दीपाश्री निरौला पनि हल्का डाइटिङ गर्छिन् । डाइटिङ गर्दागर्दै पनि उनको तौलमा भने कुनै कमी भएको छैन तर डाइटिङले आफू स्वस्थ भएको अनुभव भने दीपालाई हुन्छ । उनी आफ्नो शरीर मोटो भए पनि सधै स्वस्थ र सुन्दर रहन डाइटिङसँगै योग पनि गर्छिन् । उनी बिहान उठ्नासाथ मह मिसाएको कागती पानी पिउँछिन् । छ बजेदेखि सात बजेसम्म उनी आश्रम गएर योग गर्छिन् र घरमा आएर सुटिङको तयारी गर्छिन् । सुटिङबाट फुर्सद भएको समयमा करबि एघार बजे उनको बिहानको खानाको समय हुन्छ । खानामा उनी दाल, भात र चिल्ल्ाोरहित तरकारी खान्छिन् । दिनको समयमा चिया र बिस्कुट उनको खाजा हुन्छ । रातको समयमा उनी चाउचाउ, म्याकरोनीजस्ता हल्का खाना रुचाउँछिन् । कहिलेकाहीँ सुटिङको व्यस्तताले एकपटक मात्र खाना खान मिल्ने भएकाले दीपा यसलाई पनि डाइटिङकै रूपमा लिन्छिन् । आफू लागेको क्षेत्रमा बिहान-बेलुका भन्न नपाइने भएकाले नियमित डाइटिङ र योग गर्न नपाइने उनको अनुभव छ । आफू शाकाहारी भएकीले प्रायः हरयिो सागपात बढी मात्रामा सेवन गर्ने दीपा बताउँछिन् । आफू नायिका नभएर साधारण मानिस भएको भए पनि डाइटिङ र योग गर्ने दीपा डाइटिङ हरेक व्यक्तिका लागि अत्यन्त आवश्यक छ भन्छिन् । उनले डाइटिङसँगै योग गर्न थालेपछि आफूभित्रको विकार हटेर गएको र अनुहारमा पनि छुट्टै चमक उत्पन्न हुन थालेको अनुभव गरेकी छन् । दीपा भोक-प्यास मेटेर डाइटिङ गर्ने कुरामा सहमत छैनन्, उनका अनुसार खानपानबिना शरीर कमजोर हुने र विभिन्न किसिमका रोगहरू लाग्ने भएकाले सन्तुलन मिलाएर डाइटिङ गर्नुपर्छ । पनिरका परकिारहरू पि्रय मान्ने दीपा दिनमा तीन लिटर पानी पिउँछिन् ।
आफ्नो तौललाई कम गर्न प्रायः हिँड्न रुचाउने गायिका पुष्पा पौडेल खानामा विशेष ध्यान दिन्छिन् । उनी खानाभन्दा फलफूल र तरकारीको सेवन बढी मात्रामा गर्छिन् । समयको अन्तराललाई ध्यान दिँदै खाना खाने उनको बानी छ । पुष्पा राति सुत्नुअघि दूध पिएर सुत्ने र साँझको समयमा मौसमको जुस पिउने बताउँछिन् । प्रायः भारतीय खाना मनपराउने पुष्पा बाहिर हुँदा समोसा, चप आदि खान रुचाउँछिन् । टेलिभिजनको पर्दामा देखिनेले मात्र नभएर हरेक व्यक्तिले स्वस्थ रहन खानामा नियन्त्रण गर्नु आवश्यक छ भन्ने पुष्पाको धारणा छ । डाइटिङ र हिँड्ने बानीले आफू स्वस्थ भएको साथै अनुहार पनि उज्यालो भएको अनुभव पुष्पाको छ । प्रायः चिल्ल्ाा खानेकुराबाट परहेज गर्ने पुष्पाका लागि घरमा बनाइएको पुलाउ पि्रय परकिार हो ।