Kantipur Nari

Issue: 8-2-86 | २०६६ मंसिर १ | Nov 16, 2009

फेशन»

फरक डिजाइनका जुत्ता


संगीता कटुवाल

दिनहुँ बढ्दो फेसनले एउटा कुरा स्पष्ट हुन्छ- त्यो के भने हिजोआज सबै फेसनेवल पहिरन लगाउन चाहन्छन् । हिजोआज यसलाई डिजाइनरहरूले पनि महत्त्व दिन थालेका छन् । आफूले लगाउने जुत्ता डिजाइनर मात्र होइन कलरफुल पनि भए त्यसको रमाइलो नै फरक हुन्छ । जुत्ता अनुहारको मेकअप तथा पहिरनअनुकुल हुनुपर्छ । जुत्ता व्यक्तित्वको ऐना हो । त्यसकारण हिजोआज जुत्तामा विशेष ध्यान दिन थालिएको छ ।

महिलाहरूमा हिजोआज 'वी सेप' चप्पलको आकर्षण बढेको छ । खिचापोखरी-स्थित डट्स सपकी दीपा ख्वाजु भन्छिन्, 'हिजोआज युवतीहरू बी सेप जुत्ता तथा स्लिपर्सतर्फ आकषिर्त भएका छन् ।' ख्वाजुका अनुसार क्लोज सुजमध्ये सेपमा गोलो, चुच्चो, प्वाइन्टेड आदि गरी दसवटासम्म डिजाइन पाइन्छन् । यस्ता जुत्ताहरू सेन्थेटिक तथा छालाबाट निर्मित छन् । यी जुत्तामा आफ्नो चाहनाअनुसार अग्लो हिल पाइन्छ । त्यसबाहेक प्यटी कम्पनीका जुत्ताहरू पनि बजारमा चल्तीमा छन् । तीमध्ये सुसी ब्लेजमा सबैभन्दा कम १ देखि १ दसमलब ५ इन्चसम्म तथा पाडा जुत्तामा ३ देखि ४ इन्चसम्मका हिल जुत्ता खरदि गर्न पाइन्छ ।

अहिले फ्ल्याट जुत्ता लगाउने महिलाहरू पहिलेको दाँजोमा बढेको अनुभव व्यवसायीहरूको छ । फारटिन, सोडा, ड्रेन्टी आदि कम्पनीले बढीमा एक इन्चसम्मका फ्ल्याट हिलयुक्त जुत्ता बजारमा ल्याएका छन् । यस्ता जुत्ताहरूको मूल्य ५ सय २५ देखि ९ सय ७५ सम्म पर्छ । यसबाहेक ग्लिटर्स, स्टोन, वीचमा ग्लिटर्स, हल्का विट्स फित्तामा सेप डिजाइन गरएिका जुत्ताहरू २५ वर्षभन्दा बढी उमेरका महिलाले प्रयोग गर्दै आएका छन् ।

कलेज जाने युवतीहरूमा फ्याट स्यान्डल बढी लोकपि्रय छ । यो जुत्ता जुट, कटेटलेस, सेन्थेटिक, विटस, नेट, नाइलनमा स्ट्राप आदि डिजाइनमा उपलब्ध छन् । व्यवसायी रयिा मानन्धरका अनुसार यस्ता जुत्ताहरू जिन्स वा कुर्ता दुवै पहिरनमा लगाउन सकिन्छ । साधारण स्यान्डलमा भने रबिन, नेटलेस, सितारा, वर्क गरएिका स्यान्डल चल्तीमा छन् । फिल्ड वर्क गर्नेहरूले भने स्पोर्टस सुज वा

स्यान्डल प्रयोग गर्दै आएका छन् ।