नर्वेजियन स्मोक्ड सालमन सलाद

सेफ किरण थापा

सामग्री

नर्वेजियन स्मोक्ड सालमन ः १ सय ग्राम, मिक्स अर्गानिक लेटुस -सलाद पत्ता) ः ७५ ग्राम, क्यापर्स ः ३ ग्राम, ताजा क्रिम ः १५ मिलिलिटर, ब्राउड गार्लिक ब्रेड ः १ पिस, पारमेसन चीज ः ७ ग्राम, हरियो तथा कालो ओलिभ ः ५ ग्राम, पार्सली ः  १ ग्राम, नुन तथा मरिच ः स्वादअनुसार, लसुन ः २ ग्राम

विधि

मिक्स लेटुसलाई पोटास पानीले राम्रोसँग पखाल्ने र जुलियन सेपमा काट्ने । प्लेटमा सलाद पत्तालाई मिलाएर राख्ने । त्यसमा हरियो र कालो ओलिभ, क्याप्सिकन, पारमेसन चीज, स-साना टुक्रा पारेको स्मोक्ड सालमन छर्कने ।

ताजा क्रिम, पार्सली, नुन, मरिच र लसुनको पेस्टबाट सस बनाउने । उक्त ससलाई प्लेटमा राखेको सलादमा ड्रेसिङ र टप गर्ने । यसलाई गार्लिक ब्रेडसँग सर्भ गर्ने ।  





रोस्टेड चिकेन चिल्ली



सामग्री

चिकेन ः १ सय ५० ग्राम, क्याप्सिकन ः १० ग्राम, प्याज ः १० ग्राम, जुलियन हरियो खुर्सानी ः ५ ग्राम, हट गार्लिक सस ः १, चिया चम्चा, हरियो प्याज ः ५ ग्राम, भेनिगर ः आधा चिया चम्चा, सोया सस ः आधा चिया चम्चा, टेस्टिङ पाउडर ः स्वादअनुसार, साल्ट पेपर ः स्वादअनुसार, तेल ः आवश्यकताअनुसार, कर्नफ्लावर ः ५ ग्राम

विधि

सबैभन्दा पहिले चिकेनलाई रोस्ट गर्ने र पुनः डिप प|mाई गर्ने । अर्काे प्यानमा तेल हालेर लसुन प|mाई गर्ने । लसुन खैरो भएपछि डाइस कट काटेको प्याज, हरियो प्याज, क्याप्सिकन प|mाई गर्ने । एकछिन प|mाई गरेपछि पानी राखेर नुन, पेपर, टेस्टिङ पाउडर, भेनिगर, सोया सस, हट गार्लिक सस, कर्नफ्लावर राख्ने । बाक्लो ग्रेभी तयार भएपछि प|mाई चिकेन राखेर केही समय चलाउने । तयार चिकेन चिल्ली अर्गानिक सलादसँग सर्भ गर्ने ।







कन्धारी सिक कबाब



सामग्री

चिकेन मिन्स ः १ सय ५० ग्राम, काटेको प्याज ः २५ ग्राम, हरियो खुर्सानी ः १० ग्राम, धनियाँ ः ५ ग्राम, अदुवा र लसुनको पेस्ट ः १० ग्राम, साल्ट पेपर ः स्वादअनुसार,

अण्डा ः एउटा, धनियाँ  पाउडर ः आधा चम्चा,

जिरा पाउडर ः आधा चम्चा, बेसार ः आधा चम्चा,

बटर ः १ चम्चा ।

विधि 

एउटा बाउलमा सबै सामग्री मिक्स गरी २० मिनेटपछि स्टिमरमा राख्ने । स्टिम भएपछि ओभन वा माटाको भट्टीमा पकाउने । राम्रोसँग पाकेपछि छड्के स्टाइलमा काटेर प्लेटमा सलादसँग सर्भ गर्ने । पुदिनाको अचार, चाट मसला र कागतीका साथ सर्भ गर्ने ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

नयाँ वर्षको शुभकामना

हामीबाट बिदा भएको वर्ष २०६९ अब केवल सम्झनामा... पूरा लेख »

फेसन सप्ताह

फेसनको सम्बन्ध मानिसहरूको जीवनसँग छ। फेसन त्यस्तो कुची हो जसले... पूरा लेख »

वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश

वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »

चिन्तन

नेपाली महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरिसकेकाले प्राप्त... पूरा लेख »

विज्ञापन