जङ स्ट्रङ नेल आर्ट

नङनै हातलाई सुन्दर बनाउने सबैभन्दा महत्वपूर्ण अंग हो । नङ सफा एवं आकर्षक भएनन् भने हात बिरूप देखिन्छ । नङलाई रंगाउन बजारमा विभिन्न किसिमका नेल पालिस बजारमा उपलब्ध छन् । सौन्दर्यमा आएको क्रान्तिले विस्तारै नङमा पनि विविध शैली बनाउने फेसन भित्रियो । अहिले नङमा विविध आकार बनाउने, गहनाहरूले सजाउने, नङ उमार्ने अनेकौं विधि विकसित  भएका छन् । बितेको एक दशकदेखि आफ्नो व्यक्तित्वमा निखार ल्याउनेहरूले नङलाई पनि महत्वपूर्ण स्थान दिएर सजाउन थालेका छन् । यसले रोजगारीको अवसर पनि सिर्जना गरेको छ । सन् २०१० मा स्थापना भएको जङ स्ट्रङले नेल आर्ट कलामा निकै परिवर्तन ल्याएको छ । यसले नङलाई सिंगार्ने मात्र होइन नेल प्रविधिसम्बन्धी तालिम पनि प्रदान गर्ने गरेको छ । घरैमा नङ पालिस लगाउनुभन्दा समय तथा पैसाको हिसाबले नेल आर्ट उपयुक्त भएकाले यसको माग बढेको हो । सिंगापुरबाट नेल आर्टसम्बन्धी तालिम गरेर आएका सुनिलजंग मल्लले बागबजारमा स्टुडियो खोलेर सेवा दिन थालेका हुन् । यहाँ तालिम लिएका विद्यार्थीहरू नेपाललगायत युके, युएसए, साइप्रस, जापान आदि मुलुकमा काम गरिरहेका छन् । नेलसम्बन्धी सेमिनार आयोजना गरिसकेको जङ स्ट्रङले नेल प्रदर्शनी गर्ने योजना पनि बनाएको छ । यसका संचालक सुनिलजंग मल्ल यो युगलाई सुन्दरताको युग भन्न मन पराउँछन् । उनका अनुसार नेल आर्टको कोर्स गरी नेल आर्टिस्ट तथा नेल टेक्निसियन बनी आत्मनिर्भर बन्न सकिन्छ । मल्ल भन्छन्-विश्वव्यापी रूपमा चलेका सबै सेवा तथा तालिम यहाँ प्रदान गरिन्छ । मल्लले यो कोर्स विद्यार्थीहरूलाई विश्वका कुनै पनि देशमा उभ्याउन प्रभावकारी रहेको बताए । नेल आर्ट ५ सयबाट सुरु हुन्छ । अहिले नेल आर्ट तालिमका लागि २५ प्रतिशत छुट प्रदान गरिएको छ । ग्राहकहरूको सुविधालाई ध्यानमा राखी जङ स्ट्रङले अर्को शाखा दरबारमार्गमा पनि विस्तार गरेको छ ।



थि्रडी नेल आर्ट

नेपालमा स्थापना भएको यो पहिलो नेल स्टुडियो हो । यहाँ नङसम्बन्धी सबै काम गरिन्छ । बैंककबाट नेल प्राविधिकको कोर्स गरेर केही वर्ष त्यहीँ नेल स्टुडियोमा काम गरेकी वन्दना राईले त्यस्तै सेवा दिने उद्देश्यले यसको सुरुवात गरेकी हुन् ।  नङ पछिल्लो समयमा फेसन स्टेटमेन्ट नै बनेको छ । नङमा विविध कल्पना उतार्नुलाई नेल डिजाइन भनिन्छ भने नङलाई स्वरूप दिनुलाई नेल आर्ट भनिन्छ । अहिले नङमा विविध प्रयोग हुन थालेका छन् । नङ हातको अङ्ग हो त्यसमा हत्केलाको पनि महत्व भएकाले थि्रडी आर्टमा मेहन्दी लगाउने काम पनि सुरु गरिएको छ । कुमारीपाटीस्थित यो नेल स्टुडियो स्थापना भएको ३ वर्ष मात्र भयो तर यसले थुपै्र नेल टेक्निसियन तथा नेल आर्टिस्ट जन्माइसकेको छ । अहिले यहाँ नङ तथा मेहन्दी दुवैको तालिम तथा सेवा लिन सकिन्छ । मानिसको नङको स्वरूप हेरी कस्तो सुहाउँछ त्यस्तै पेन्ट गरिन्छ । नमिलेका नङ मिलाएर त्यसको स्वरूप पनि परिवर्तन गरिन्छ । नेल डिजाइन गर्दा ३ सय पर्छ भने नेल आर्ट गर्दा केही महँगो पर्न आउँछ । नेल आर्टका लागि चाहिने सबै सामग्री बैंककबाट आयात गरिन्छ । कमसल नेल कलरले नङलाई असर पुर्‍याउने भएकाले गुणस्तरीय यहाँ सामग्री मात्र प्रयोगमा ल्याइन्छ । अहिले विदेशमा नेल टेक्निसियनको माग निकै छ । त्यसैले यसको तालिम लिएर विदेशमा राम्रो आम्दानी गर्न सकिन्छ । संचालिका राई भन्छिन्-नेपालमा यसको अवधारणा भर्खरै सुरु भएको छ । यसको बजार फस्टाउन अझ केही समय लाग्छ । फेसन तथा रोजगारी दुवै कारणले यो पेसा विश्वव्यापी रूपमा फस्टाएको उनले बताइन् । नेपालमा पनि नेल आर्टिस्ट भएर जीवन धान्न सकिन्छ तर यसको तालिम लिएपछि काममा निरन्तरता दिनुपर्छ । निरन्तर काम गर्दै गए आफ्नो हात बस्छ र नयाँ-नयाँ सिर्जना गर्न सकिन्छ ।  विवाहमा विविध रंगका नेल आर्ट चल्छन् भने युवतीहरूमाझ प|mेन्च नेल चर्चित भएको उनी बताउँछिन्  ।

थि्रडी नेल आर्टमा नेल आर्ट बाइ ब्रस, नेल पलिस बाइ प|mेन्च स्टाइल, एक्रिलिक नेल एक्सटेन्सन, जेल नेल एक्सटेन्स, थि्रडी आर्ट आदि सेवा लिन सकिन्छ । तालिमका लागि कोर्सअनुसार मूल्य निर्धारण गरिन्छ । यहाँ विदेश जानेहरूका लागि विशेष कक्षाको व्यवस्था छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

आँखाअनुरूप मेकअप

यदि आँखा सानो छ भने आँखा ठूलो देखाउने मेकअप गर्नुपर्छ। यसका लागि... पूरा लेख »

तटीय मस्तीका लागि गोवा

समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »

बलिउड वुमेन पावर

अन्य क्षेत्रमा जस्तै मेल डोमिनेटिङ बलिउड चलचित्र उद्योगमा पनि अब... पूरा लेख »

पुरुष

तपाईंको आइडियल पर्सन... पूरा लेख »

विज्ञापन