वषर्ामा ब्युटिकेयर
मनसुनमा प्रायः गरी छालाको टेक्स्चर परिवर्तन हुन्छ । कहिले एकदम चिल्लो त कहिले एकदम सुख्खा ।
यदि छाला चिल्लो छ भने वषर्ात्को नमीका कारण छाला डल हुन पुग्छ ।
मनसुनमा पस लुक प्राप्त गर्न छालाको विशेष ख्याल राख्नु आवश्यक छ ।
घाम नहँुदा सनस्त्रिmनको प्रयोगमा त्यति ध्यान पुर्याइँदैन । वातावरणमा नरमपन बढे मोस्चराइजरको आवश्यकता महसुस हुँदैन तर मनुसनमा पनि दैनिक छाला केयर रुटिनलाई पछ्याउनु त्यति नै आवश्यक छ, जति रू मौसममा ।
माइल्ड सेफ पि|m क्लिन्जर र माइल्ड स्क्रब प्रयोग गर्नुपर्छ ।
ननसोपी क्लिन्जरमा पनि अल्फा हाइड्रोक्सी एसिडयुक्त क्लिन्जर प्रयोग गर्नुपर्छ । यसले छालालाई ताजापन प्रदान गर्छ ।
टोनिङका लागि आइस प्रयोग गर्न सकिन्छ ।
अल्कोहल पि|m टोनर लगाउनुपर्छ, कारण नरमपनबाट रौंछिद्र खुल्नुपर्छ ।
जतिपटक मुहार धोइन्छ, टोन लगाउन बिर्सनुुहुादैन ।
घाम नहुँदा पनि, बाहिर निस्कँदा सनस्त्रिmन प्रयोग गर्नुपर्छ ।
लेक्टिक एसिडयुक्त सनस्त्रिmनले लाइटनिङ एजेन्टको काम गरी छालालाई ताजा राख्छ ।्
छाला सुख्खा छ भने एन्टी ब्याक्टेरियल सोप तथा डियोडरेन्टको प्रयोग गर्नु हुँदैन । कारण त्यसबाट छाला अझ बढी सुख्वा हुन पुग्छ ।
ड्राइ छालाका लागि बदामको पेस्ट र हनी क्लिन्जर उपयुक्त हुन्छ । १० वटा बदाम पिसेर पेस्ट बनाएपछि त्यसमा दुई चिया चम्चा मह मिसाएर ५-७ मिनेट मुहारमा राखी मसाज गरेपश्चात् मुहार धुदा फाइदा पुग्छ ।
ओटमिल स्क्रबले ओइली छालालाई सफा गर्छ । मेवाको गुदीलाई माइल्ड स्क्रबका लागि पनि प्रयोग गर्न सकिन्छ ।
मनसुनमा डल छालालाई प|mेस गर्न केमकल पिल्स राम्रो अप्सन हो । आजभोलि छाला लाइटनिङ, पिल, एक्नेपिल, पिल फोर सेन्सेटिभ छाला, पिल फोर आई स्केल्ड जस्ता अनेकन पिल्स पाइन्छ । आफ्नो छालाको प्रकारतथा डर्मटालोजिस्टको सल्लाह अनुसार त्यसको प्रयोग उपयुक्त हुन्छ ।
आफ्नो हातखुट्टाको नङ सफा र सुकेको होस् भन्ने कुरामा विचार पुर्याउनुपर्छ ।
हाइड्रोजन पाराअक्साइडले नङ सफा गर्नुपर्छ । यसले इन्फेक्सनबाट जोगाउँछ ।
मनसुनमा प्रायः खुट्टा भिज्छ, जसले गर्दा खुट्टा गन्हाउँछ । त्यसबाट जोगिन लेवेन्डर ओयल र रोज ओयलको केही थोपा थोरै पानी र दूधमा मिसाएर गरी खुट्टामा प्रयोग गर्नु वा उक्त मिश्रणलाई मनतातो पानीमा हालेर खुट्टालाई त्यसमा केही समय डुबाएर राख्नु लाभदायक हुन्छ ।
नुहाएपश्चात् खुट्टामा एन्टी फंगल पाउडर प्रयोग गर्न सकिन्छ ।
फुटवेयरमा स्यान्डल्स वा फ्ल्याट नै लगाउने प्रयास गर्नुपर्छ जसले गर्दा खुट्टामा हावा परिरहन्छ ।
छाला र्यासेज र पिम्पल्सको समस्या छ भने चामलको जाँडले अनुहार धुन सकिन्छ । त्यसमा यस्तो औषधीय गुण हुन्छ जसले छालालाई ब्याक्टेरियल इन्फेक्सनबाट जोगाउँछ ।
यो सिजनमा छाला चिल्लो र चिपचिप हुन्छ जसले धूलोमूलो अझ सहज रूपमा छालामा जमेर व्यक्तित्वलाई डल बनाउँछ । यस्तोमा छालाका एक्स्ट्रा ओयल हटाउन गुलाबजलमा कागती र सुन्तलाको बोक्रा पिसेर प्रयोग गर्नुपर्छ । यसले छालालाई प|mेस राख्छ र स्क्रबका रूपमा पनि काम गर्छ ।
मनुसनमा पनि पिग्मेन्टेसनको समस्या देखिन्छ, यस्तोमा अन्डाको सेतो भागलाईं फेस मास्कका रूपमा प्रयोग गर्न सकिन्छ । यसबाट छाला टोन पनि हुन्छ र पिग्मेन्टेसन पनि हट्छ ।
बेसनमा दही मिसाएर स्क्रब गर्दा छाला मोस्चराइज्ड हुन्छ ।
गुलाबजल एउटा राम्रो छाला टोनर हो । यसलाई दिनमा कैयन्पटक छालामा प्रयोग गर्न सकिन्छ ।
मनसुन फेस मास्कका लागि तीन चम्चा ओटमिललाई अण्डाको सेतो भागमा मिक्स गरी त्यसमा एक एक चम्चा मह र दही मिसाउनुपर्छ । अण्डा प्रयोग नगर्ने हो भने गुलाबजल वा ओरेन्ज जुस मिक्स गर्नुपर्छ । यो पेस्ट लगाएर आधा घण्टापश्चात् मुहार धुनु राम्रो हुन्छ ।
पट मास्क पनि पर्याप्त फाइदाजनक हुन्छ ।
मेवाको पल्पलाई स्याउ, खरबुजा, कटहर वा अन्य प|mुटसित मिसाएर मास्कका रूपमा प्रयोग गर्न सकिन्छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया