मनसुन इन्फेक्सन
वषर्ाले मौसमजन्य गर्मीबाट राहत प्रदान गर्छ तर संक्रमणको खतरा भने बढाउँछ ।रुघा, खोकी भाइरल ज्वरो, पेटमा इन्फेक्सन, छालामा फंगल इन्फेक्सन आदि यो मौसममा हुने सामान्य समस्या हुन् भने मलेरिया, पिलिया, हैजा, डेंगु, स्वाइन फ्लु आदि गम्भीर रोगहरू हुन् । यो मौसममा हावामा ओस बढ्नुका साथै विभिन्न ठाउँमा जम्ने फोहोर पानीका कारण झिंगा वा लामखुट्टे मौलाउँछन् र रोग फैलने खतरा बढी हुन्छ ।
सरसफाइ अत्यावश्यक
मनसुनमा आफ्नो शरीर तथा वरपरको वातावरणको सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ । सफा र फिल्टर गरिएको पानीको सेवनमा सुनिश्चितता हुनुपर्छ । यो मौसममा गाग्रीको पानी पिउनु हुँदैन । यदि घरमा फिल्टर छैन भने पानी उमालेर पिउनुपर्छ । आफ्नो घरलाई सधैं सफा राख्नुपर्छ र शिशुको हाइजिनमा विशेष ध्यान पुर्याउनुपर्छ । वषर्ाको मौसममा पानीको ट्याङ्की, खुल्ला नाली आदिको सफाइ अत्यावश्यक हुन्छ । छतमा जम्नेे पानीका कारण रसाएको तथा ओसिएको भित्ताको समस्या समाधानका लागि पर्याप्त तयारी गर्नु आवश्यक छ । लामखुट्टे भगाउन मस्किटो रिपलेन्ट्स र झुल प्रयोग गर्नुपर्छ । कुलर पनि नियमित रूपमा सफा गर्नुपर्छ र त्यसमा लामखुट्टे मौलाउन दिनुहुँदैन ।
संक्रमणबाट जोगिने उपाय
वषर्ाको पानीमा भिजेपछि सफा पानीले नुहाउनुका साथै नियमित रुपमा कुनै राम्रो साबुनले हात धुँदा यो मौसममा छालामा हुने संक्रमणबाट बच्न सकिन्छ । आफू स्वयं पनि हातको सरसफाइमा ध्यान पुर्याउनु पर्छ र शिशुमा पनि साबुन पानीले हात धुने बानी लगाउनुपर्छ । विशेषगरी खाना खानुपूर्व, ट्वाइलेटबाट आएपछि, स्कुलबाट घर आएपछि, पार्क वा बाहिर खेलेर आएपछि हात धुन लगाउनुपर्छ । हात धुने साबुन मेडिकेटेड र एन्टिब्याक्टेरियल होस् भन्ने कुरामा विचार पुर्याउनुपर्छ । नुहाउने पानीमा पनि डेटोलको एक-दुई थोपा हाल्नाले संक्रमणबाट जोगिन सकिन्छ ।
रोगप्रतिरोधक क्षमता वृद्धि
हाम्रो शरीरको इम्युन सिस्टमले हामीलाई गम्भीर रोगबाट जोगाउँछ । वास्तवमा यो हाम्रो शरीरको रोगप्रतिरोधक क्षमता हो जसका कारण हामी स्वस्थ रहन्छौं । विज्ञहरूका अनुसार एन्टिबायोटिक औषधिहरूको अत्यधिक सेवन, हानिकारक रेडिएसनको सम्पर्क, विषालु रसायन, कोर्टिकोस्टेरायडको अत्यधिक सेवन आदिले हाम्रो रोगप्रतिरोधक क्षमतालाई कमजोर बनाउँछ । अतः जतिसम्म हुन्छ, त्यसबाट जोगिनुपर्छ । जुन बालबालिका चाँडै-चाँडै बिरामी हुन्छन्, उनीहरूको रोगप्रतिरोधक क्षमतालाई स्वस्थ दिनचर्या र सन्तुलित आहारबाट मजबुत बनाउन सकिन्छ । जौ, चना, गहुँ, चामल आदि रेसायुक्त खाद्यपदार्थले हाम्रो पाचनतन्त्रलाई बलियो बनाउँछन् ।
पोषकतत्त्वको सेवन
विभिन्न खाद्यपदार्थमा रोगप्रतिरोधक क्षमता बढाउने पोषकतत्त्व हुन्छ जसको नियमित सेवनले व्यक्ति रोगको चंगुलमा पर्दैन । अश्वगन्धा, केसर आदि जडीबुटी यी तत्त्वबाट पूर्ण हुन्छन् । यिनबाट तनाव हट्छ भने शरीरलाई पर्याप्त ऊर्जा पनि प्राप्त हुन्छ । यिनले विभिन्न रोगबाट पनि शरीरलाई टाढा राख्छन् । जौ, गहुँ, चामल, अमला आदिले पाचनक्रियालाई स्थिर राख्छन् । ताजा फल र हरियो सब्जी एन्टी अक्सिडेन्ट्सबाट भरपुर हुन्छ । यिनलाई बढी पकाउनाले पोषकतत्त्व नष्ट हुन्छ । त्यसैले सम्भव भएसम्म काँचै खानु राम्रो हुन्छ, जसबाट इम्युन सिस्टम सुदृढ हुन्छ ।
संक्रमणबाट जोगिनुपर्छ
यदि घरमा कोही बिरामी छ भने उसको सम्पर्कमा आएपछि वा उसको केही कुरा छोएपछि हात धुनुपर्छ । घरमा कोही नवजात शिशु छ भने उसलाई बोक्नु वा खेलाउनुुपूर्व हात धुनुपर्छ । यति गरे संक्रमणबाट जोगिन सकिन्छ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया