बगैंचामा देखिने प्रमुख समस्या तथा त्यसको रोकथाम

मानिसमा रोग लागेपछि उनीहरूको उचित स्याहार गर्दा  ठीक भए जसरी नै रुख-बिरुवा रोगग्रस्त हुँदा त्यसको हेरचाह गर्न सकिन्छ । अन्यथा रुख-बिरुवा राम्रोसँग फस्टाउन सक्दैनन् फलस्वरूप बोट-बिरुवा जे कुराका लागि रोपिएका हुन् त्यो कुरा पूरा हुन सक्दैन अर्थात् रुख-बिरुवाले सुन्दर फूल तथा फल दिन सक्दैनन् ।



रु.ख-बिरुवालाई मानिससरह जीवित वस्तु मानिन्छ । त्यसैले मानिसमा रोग लाग्दा जसरी त्यसको रोकथाम गरिन्छ, त्यसैगरी रुख-बिरुवामा पनि कीटाणुद्वारा रोग लाग्ने भएकाले उपचारको आवश्यकता पर्छ । मानिसमा रोग लागेपछि उनीहरूको उचित स्याहार गर्दा  ठीक भए जसरी नै रुख-बिरुवा रोगग्रस्त हुँदा त्यसको हेरचाह गर्न सकिन्छ । अन्यथा रुख-बिरुवा राम्रोसँग फस्टाउन सक्दैनन् फलस्वरूप बोट-बिरुवा जे कुराका लागि रोपिएका हुन् त्यो कुरा पूरा हुन सक्दैन अर्थात् रुख-बिरुवाले सुन्दर फूल तथा फल दिन सक्दैनन् । त्यसैले सुन्दर तथा स्वस्थ बगैंचाका लागि रुख-बिरुवामा लाग्ने कीटाणु, त्यसको असर तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी राख्नु आवश्यक हुन्छ ।

लिफ कटर

रुख-बिरुवाको पातको माथिल्लो भागमा पातलो सेतो देखिएको छ, पातमा प्वाल छ भने त्यो बिरुवामा लिफ कटरको प्रकोप भएको बुझ्नुपर्छ । यसको उपचारका लागि १ लिटर पानीको घोलमा ३ मिलिलिटर डाइमोक्रोन मिसाएर २-३ पटक छर्कनुपर्छ ।

एफिड

बिरुवाको पात घुमेको छ, साधारण पातभन्दा सानो छ अथवा पातको माथिल्लो र तल्लो भागमा हल्का हरियो रंगको कीरा झुन्डिएको छ भने बिरुवामा एफिडको प्रकोप रहेको बुझ्नुपर्छ । यसको प्रकोपले बिरुवाको वृद्धि कम हुन्छ । यसबाट राहत पाउन शतप्रतिशत नुवानको २ दशमलव ५ मिलिलिटर मात्रा एक लिटर पानीमा मिसाएर छर्कनुपर्छ । यसलाई आवश्यकताअनुसार ८ अथवा १० दिनपछि पुनः दोहोर्‍याउन सकिन्छ ।

धमिरा

धमिरा लागेको खण्डमा ० दशमलव २ हैक्टाक्लोरको घोल बिरुवामा सिचाइ गर्नुपर्छ । प्रायः बिरुवा मरेर गएपछि मात्र धमिरोले गरेको क्षतिका बारेमा ज्ञान हुन्छ । त्यसैले बिरुवा रोप्नुभन्दा पहिले माटोको जाँच गराउनुपर्छ । किनभने धमिरा लागेपछि उपचार गर्दा विषादी त्यसको जरासम्म नपुग्न सक्छ ।

बिरुवा गल्ने समस्या

सानो बिरुवा जमिनको सतहमा गलेको छ भने त्यो आदर््र गलन रोगबाट प्रभावित रहेको बुझ्नुपर्छ । यसलाई समयमै उपचार गरिएन भने बिरुवा नष्ट भएर जाने सम्भावना हुन्छ । यस्तो अवस्थामा १ दशमलव १ प्रतिशत वैवस्टिक अथवा क्यालकसिनलाई १ लिटर पानीमा मिसाएर  छर्कन सकिन्छ ।

पत्रदाग

बिरुवाको पातमा कालो अथवा खैरो रंगको दाग छ भने त्यो बिरुवालाई रोग लागेको हुनसक्छ । यदि त्यसको तुरुन्त रोकथाम गरिएन भने बिरुवा पूर्णरूपमा नष्ट भएर जान्छ । यसका लागि डाइथेन एम ४५ को ० दशमलव १ प्रतिशत घोल छर्कन सकिन्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

आँखाअनुरूप मेकअप

यदि आँखा सानो छ भने आँखा ठूलो देखाउने मेकअप गर्नुपर्छ। यसका लागि... पूरा लेख »

तटीय मस्तीका लागि गोवा

समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »

बलिउड वुमेन पावर

अन्य क्षेत्रमा जस्तै मेल डोमिनेटिङ बलिउड चलचित्र उद्योगमा पनि अब... पूरा लेख »

पुरुष

तपाईंको आइडियल पर्सन... पूरा लेख »

विज्ञापन