|
| परदेशी
बाबु |
निाराय०ा
तिवारी |
|
क कप चिया खान पाइन्छ कि -' एउटा नौलो
मान्छे चौतारीमा उक्लिएर दोकानघरको आ“गनमा ठूलो छातामुनि
राखिएको कर्ुर्सर्ीी बस्दै बोल्यो । 'भैहाल्छ नि हजुर
† बसौंन ... †' ङच्िच पहेंला दा“त देखाउ“दै लुखुरे साहुजीले
अर्थात् कुवेर बाजेले हात मल्दै शिष्टता पर््रदर्शन गरे
। कुवेर बाजेकी छोरीले पुलुक्क हेरी † अलिकति मुसुक्क
हा“सी । उसको हा“सो वा मुस्कानलाई कुवेर बाजेले देख्लान्
भन्ने पीर थियो उसलाई । यस्तो झलझले परदेशी बाबुलाई उसले
पहिलो पल्ट देखेकी थिई यो ठाउ“मा † आ“खामा चस्मा, गलामा
र्टाई, कालो टल्किरहेको जुत्ता, घा“टीमा सुनको सिक्री,
दाहिने हातमा सुनको ब्रासलेट, औंलामा औंठी, हातमा मोबाइल,
कालो चिटिक्क परेको केश, रातो र्सट, छु“दा पनि दाग लाग्ने
जस्तो चम्किलो सेतो पाइन्ट- सुमित्राले लुकी-लुकी, छड्के
नजरले चियाइरही †
'ए नानी † जाऊ त यहा“ बाबुलाई अलिक राम्रो सीप लगाएर चिया
पकाऊ †' कहिल्यै छोरीलाई दोकानमा चिया पकाउन नलगाउने बाहुनबाजेले
पहिलोपल्ट होला छोरीलाई ग्राहकका लागि चिया पकाउन अह्राए
। नभए बाहुनबाजे आफैं पकाउ“थे । बाहुनी बजैले घर-धन्दा,
वस्तुभाउ, थान्कोमुन्को भरसक सबै काम बाहुनी बजै आफै गर्थिन्
। च्ाौतारीमा एउटै दोकान थियो-उनीहरूको । दोकानले मात्र
खान पुग्दैनथ्यो, दर्ुइटा गाई पनि पालेका थिए । गाईको
दूध दोकानलाई छ्याल्ल-ब्याल्ल हुन्थ्यो । एक-दर्ुइ ठाउ“
उठौना पनि लगाएका थिए । आफैं पुर्याउन जान्थे बाजे दूध
। बाजेलाई ढाड दुख्ने रोग थियो-असक्त भएर ऐया-ऐया गरेका
बेला बजै पुर्याउन जान्थिन् दूध ।
गाउ“का स्कुल मास्टरले समयमा उठौना दूधको पैसा दिएनन्
भनेर बाजेले झगडै गरे । अलिक बाउ“ठा-बाउ“ठा थिए बाजे ।
'मास्टरले कहा“ समयमा तलब पाउ“छन् † बुझिदिनुस् न तलब
आउनासाथ म दिइहाल्छु नि †' अहँ, हुन्न भनेपछि हुन्न †
मास्टर बाबुले आफ्नी सानी छोरीलाई गाईको दूध नै चाहिन्छ
भनेर जति कल्पिए पनि हुन्न † बाउ“ठा बाजे कुवेर कमै हा“स्थे
। अनुहार ह“सिलो पनि कमै पार्थे । अहिले, आज भने अनुहार
पनि ह“सिलो, बोली पनि सुरलिो † 'आमा † आमा † खोई † छिटै
आउनु न हाम्रो बुवा बौलाउनुभयो कि के †' सुमित्राको मनमा
मानौं उमङ्गको हास्यव्यंग्य फुर्यो । ऊ मन लगाएर चिया
बनाउ“दै थिई । बाजे, नौलो ग्राहक भएनेर ग्राहक बस्ने अर्को
खाली कर्ुर्सर्ीी 'हें हें हें' गर्दै बसे । बुवाको खुलेको
प्रसन्न अनुहार सुमित्रा हर्ेर्दै थिई । बेला-बेला नौलो
ग्राहकको अनुहारतिर पनि आ“खा गाड्थी † 'बाबुको घर कहा“
होला -' बाजेले गफको सिलसिला सुरू गरे । ग्राहक गम खायो
निमेषभर । तर फेर िसम्भालियो- 'अमेरकिा नै भन्नुपर्ला
मेरो घर †'
अमेरकिा घर...., अमेरकिा घर...., अमेरकिा घर.... बाजेको
मथिङ्गल घुमायो । अनुहार अझ दन्कियो । अमेरकिा घर... अमेरकिा
घर... अमेरकिा घर... छोरीको हृदयमा उमङ्गको डढेलो सल्कियो
। अमेरकिाको मधुर संगीतले मानौं काउकुती लगायो । ऊ मुसुक्क
हा“सी र चिया टेबुलमा राखिदिई । पारलिो घाममा ठूल्ठूला
रसिोर्टहरूको देखासिकी गरेर काठमाडौंबाट बाजेले किनेर
ल्याएको रंगीन छाताले अहिले अलिक डिस्टब गर्यो-सुमित्राले
ठानी । नभए यो बिहानको चौतारीमा झुल्किएको घामले यो नेपाली
अमेरकिीको मुहार झन् कति धपक्क बलेको देखिन्थ्यो ।
चियाको एक चुस्की लगाएपछि नेपाली अमेरकिी बोल्यो- 'चिया
त सा“च्चै मीठो छ †''मेरी छोरी साह्रै सिपालु छे । यसले
पकाएको केही पनि नमीठो हु“दैन †' हतार-हतार बाबु बोल्यो
। सुमित्रा चुल्होनेर पुगिसकेकी थिई-ना“चु-ना“चु लाग्यो
मलाई झैं गरेर मस्किई † 'आमा † लौन तपाईं कहा“ जानुभयो
† कस्तो राम्रो केटा...†' मनमनमा आमालाई सुमित्राले पुकारी
। उसले, बाबु-आमाले उसका लागि पीर गरेर खासखुस गरेको सुनेकी
थिई । 'ल्ाौन आमा † छिटो आउनुहोस् न । यहा“ घरमै कस्तो
राम्रो केटा....†' फेर िलगातार मनले पुकारी सुमित्राले...।
'अनि बाबुको नाम के होला -' कुवेर बाजे गफ पनि ढिलो गरी
कोट्याउ“दै थिए । उनी पनि समयलाई रोक्न चाहन्थे । समय
विस्तारै बितोस्-के हतार छ र - 'अनि यहा“ अहिले पनि दाउराले
नै पकाउनुहुन्छ -' 'आफू के सोध्छु-ऊ के जवाफ दिन्छ, होइन
बाबुको नाम भन्या नाम †' बाजेको मस्तिष्क घुम्यो तर प्रकटमा
सम्भालि“दै बोले-'अँ , त्यस्तै हो । दाउराले नै हो । छाडौं
यो कुरा † बाबुको नाम भन्या के होला -' ग्राहक बाबुले
फेर िकेही गम खायो । तर तत्क्षण बोल्यो - 'म सुन्दरकुमार...†'
'ए † ए † नामजस्तै बाबु पनि साह्रै सुन्दर ...†'' बाजे
'हिं हिं हिं' गर्दै प्रकटमै बोले । 'ए पार्वती † कहा“
मरेकी † छिट आइजन, यहा“ हर्ेत हाम्रो घरमा कस्तो सुन्दर,
सुन्दरकुमार...†' बाजेले मनमनमा बजैलाई छिटै आउन पुकारा
गरे † छोरीले जस्तै बाजेले पनि पुकारा गरे † नभन्दै बजैले
चौतारीमा पाइला टेकिन् । घा“सको भारी डोकोमा, त्यसमाथि
दाउरा बिसाइन् र 'ऐया-ऐया' गरनि् । 'लु तेरो ऐया, ऐया
सब् खतम् अब । यता हर्ेत, हाम्रो घरमा झुल्केको यो सुन्दरकुमार
घामलाई हर्ेत ...हर्ेत...ठीक छैन त ...।' फेर िबाजेले
मनमनमा पुकारा गरे-स्वास्नीले सुन्दरकुमारको सुन्दर मुखडा
हेरोस् र ऐया-ऐया गर्ने होइन 'आहा-आहा' गरोस् ।
नभन्दै बजैले दोकानमा कर्ुर्सर्ीी बसेको सुटेड-बुटेड झलझले
युवकलाई देखी । अलिकति लजाई । अघिको ऐया-ऐया जम्मै बिर्सर्ीी
बूढाबूढीले आ“खै-आ“खामा इसारा गरे । बूढीलाई काउकुती लागेर
आयो । मानौं केटा छोरीलाई होइन आफैंलाई चाहिएको हो...
† 'यी मेरी श्रीमती ...†' बाजेले परचिय गराउन खोजे । ग्राहक
सुन्दरकुमार भन्दा पहिल्यै बूढीले हतार-हतार दर्ुइ हात
जोडी । 'यी बाबु अमेरकिी हुन् नि, झुक्किएलिऊ तिमी नेपाली
भनेर । उतै रान् रे बाबु....†' 'के जिस्क्याउनुभएको तपाईं
मेरो बाजस्तो मान्छेले † म नेपाली नै हु“ नि । पियोर नेपाली
† घर अमेरकिा भएर के हुन्छ -' सुन्दरकुमारको हृदयमा पनि
बाजा त बजिहाल्यो-यो मन त मेरो नेपाली हो....†
ऊ अत्यन्त उत्साहित पनि भैरहेथ्यो । र्टाईलाई अलिकति खुकुलो
पार्यो । यसो खक्खक् गरेर गुनगुनाउन थाल्यो उही गीत-'यो
मन त मेरो नेपाली हो....†' आमा र छोरीले पहिले अ“गालो
मारेझैं गरे, पछि साउती मारे-ठीक छ ठीक छ, यो केटो सोह्रै
आना ठीक छ....। 'अनि बाबुको बिहे त भएको छैन होला ...-''
डर्राई-डर्राई बाजे बोले । डर्राई-डर्राई बजैले कान ठाडो
पारनि् । डर्राई-डर्राई सुमित्राले आ“खा चिम्लेर जवाफ
सुन्न खोजी । 'कहा“ हुनु, छैन नि....।' फेर िओठमा लाली,
फेर िअनुहारमा खुसी, फेर िनाचू“-नाचू“ लाग्यो मलाई-बाजे
पनि, बजै पनि, छोरी पनि सबैको अनुहार ह“सिलो । सबैको अनुहारमा
खुसी थियो । 'अनि बाबुको घर कहा“ हो अरे -' बाजेले खुसीलाई
दबाएर बोले । 'के सोधिराख्या होला बुवाले, अमेरकिामा भनिसकेपछि
... अमेरकिामा, अमेरकिामा, अमेरकिामा....' मधुर संगीतझैं
मनभित्र सुमित्राको गायन नृत्य चलिरह्यो । 'मैले भनिहालें
नि, अहिले अमेरकिामा ... यता त अब केही छैन ।'
बजैले दा“तले औंला टोकी-तब त यो सधैंको औंसे बूढोको अनुहारमा
आज झुल्केछ पूर्र्णो † यो गाउ“ डुलुवी छोरी तब त यतिबेलासम्म
घरमा ...† आफूलाई पनि उही सिलसिलामा गा“सेर सोची-तब त
सधैं काम धेरै दलाए भनेर ऐया आत्थु गर्ने म बूढीको चित्त
आज प्रसन्न † सुन्दरकुमारको चित्त पनि आज धेरै प्रसन्न
थियो । दर्ुइ कप चिया खाइसक्यो-सुन्दरीले बनाएको, आच्चे,
सुमित्राले बनाएको । दर्ुइ घन्टा भैसक्यो उपरखुट्टी लगाएर
बसेको तर पनि उठ्न मन छैन । कुवेर बाजेको छोरीको रूप नै
यति राम्रो कि सा“च्चै सुन्दरकुमारलाई पटक्कै उठ्न मन
छैन । 'भात पनि यतै बनाऊ“ कि -' बाजेले मनसाय खोजे ।
सुन्दरकुमारले फेर िगम खायो । निमेषभर मात्र र बोल्यो-
'हुन्छ, त्यही“ बेंसी टोल झर्ने त हो । भात खाएर पनि फर्किन
भ्याइहालिन्छ ।'उसका बाबु यही गाउ“मा बस्थे । उसकी मायालु
आमा पनि यही गाउ“मा बस्थिन् । दर्ुइ सन्तान ऊ र एउटी बहिनी
मात्र, यही गाउ“मा ...† सोच्दा-सोच्दै सुन्दरकुमारको आ“खा
रसिलो भयो । गला अवरूद्ध भयो-नबोल्दा-नबोल्दै पनि ।
'नचलाओ † सुन्दरकुमारलाई आप\mनो विगतमा चर्ुर्लुम्म डुब्न
देओ, कसैले नबिम्झाओ †' बाजेले सोचे । बजैले सोचिन् ।
सुमित्राले सोची । सुन्दरकुमारस“गै सबै उदास भए, दुःखी
देखिए ।त्यो गाउ“ † जसमा उसका बाबुलाई सबैले छिछि गर्थे,
सबैले दास मान्थे । सानो फुच्चेले पनि 'तँ' , 'मोरा' भन्थ्यो
। तर ठाउ“को त के दोष † त्यो कलकल पानीको के दोष † त्यो
छहरा-पहराको के दोष † त्यो नीलो आकाशको के दोष † त्यो
माटोको के दोष † म्ााटोमा फल्ने अन्नले त भन्दैनथ्यो 'तँ'
, 'मोरा' । तर अन्नले नबोले पनि रजाईं गरेर बसेकाहरूले
दाबे बाबुलाई, उसको परविारलाई । अभाव र विपन्नताले यति
गा“ज्यो कि रोगी भए, सकेनन् बा“च्न बाबु एउटा पुरा जीवन
बा“च्न सकेनन् । बाबुलाई पछ्याउ“दै आमा मरनि् । बहिनी
पनि सानैमा मरी † उसलाई भने आमाले दर्ुइ छाक खान पुग्ने
हैसियतकी आप\mनी फुपूकहा“ छाडेकीले बा“च्न सक्यो । बा“च्न
सकिरह्यो । फुपूकहा“ बसेर नै पढ्यो उसले । आमा मरेको,
बाबु मरेको, बहिनी मरेको खबर मात्र पाउ“दै जान्थ्यो ऊ
। अहँ, मुख हर्ेन कहिल्यै पाएन †
समयले कोल्टे फेर्यो । समयले कोल्टो फेरेपछि मात्र आज
उसले यो दिन देख्न पाएको हो । आई.ए. पास गर्नासाथै उसले
अमेरकिाको डी.भी. चिट्ठा भरेको थियो । डी.भी. चिट्ठा परेको
दिन उसले आमा, बा, बहिनी सबैलाई सम्भिmएर तुरूक्क आ“सु
चुहाएको थियो । अमेरकिाका लागि उडेको दिन पनि आमा, बा
र बहिनीलाई सम्भिmएर निकै रोएको थियो ऊ । जब अमेरकिामा
बसेर कमाउ“दै गयो, घर किन्यो, गाडी किन्यो-हरेक पटक उसले
आमा, बा र बहिनीलाई सम्भिmएर आ“सु चुहाएको थियो । यतिबेला
पनि उसको आ“खाबाट आ“सु खसिरहे - बररर...† अघिको खुसीको
वातावरण थोरै बिथोलिएको थियो । कोही बोलेका थिएनन् । वातावरण
चकमन्न थियो ।
त्यसैबेला दोकानमा चारजना च्रि्रा-च्रि्रा पहिरनका मरन्च्या“से
मानिसझैं नलाग्ने मानिसहरू आए र टुक्रुक्क एक छेउमा छोइएला
कि झैं गरी बसे । त्यसमध्ये अलिक बूढो देखिने एउटाले बोल्यो-'मालिक
साब † चिया खान पाउन चार कप ... †''दरद्रि मोराहरू † तिमेर्लाई
पनि यही बेला आउनुपथ्र्यो †' मनले बोल्यो तर प्रकटमा अनुहार
ह“सिलो नै पाररिहे बाजेले । अमेरकिी बाबुले थाहा नपाऊन्
ऊ रूखो पनि छ-दा“त ङच्ियाइरहे बाजेले । 'हुन्छ, हुन्छ
भैहाल्छ †' बाजेले बोले । 'हुन्छ, हुन्छ भैहाल्छ †' बजैले
बोलिन् । चिया बजैले पकाउन थालिन् ।
चिया खाइसकेपछि मरन्च्या“से मानिसहरूले आ-आप\mनो चिया
खाएको गिलास आफैं मोले । बूढो-बूढो देखिने मानिसले पैसा
निकालेर तिर्यो । सुन्दरकुमारले कुवेर बाजेको अनुहारमा
आ“खा गाडेर हेर्यो † कुवेरबाजेले आ“खा जुधाएनन्-आकाशतिर
हेरे । प्रसंग फर्ेन खोजे-'आज मौसम खुला छ †' 'केही खुला
छैन । हि“जो पनि खुला थिएन । आज पनि खुला छैन ।' सुन्दरकुमारको
टर्र्रो बोली सुनियो अचानक उसले आफूले चिया खाएका दर्ुइटा
गिलास उठाउन खोज्यो-'म यो गिलास मोल्छु †' 'के गरेको बाबु
यो -' बाजेले गिलास खोसे । 'होइन † मैले खाएको म आफैं
मोल्छु †' सुन्दरकुमारले गिलास खोस्यो ।
'होइन अमेरकिामा यसै गर्छन् - म दिन्न, म यहा“ मेरो हुनेवाला
ज्वाईंलाई गिलास मोल्न दिन्न †' मनभित्र ठाने । 'बाबु
यहा“ त मोल्नुपर्दैन त †' फेर िबाजेले गिलास खोसे । 'मलाई
चिन्नुभयो म उही दलबहादुरको छोरा हु“ †' सुन्दरकुमारको
बोली तीखो सुनियो-'यही बेेंसी टोलको दलबहादुरको छोरा †'
'को दलबहादुर -' धेरै वर्षघि मरसिकेको दलबहादुर बाजेको
आ“खामा उत्रियो । कुवेर बाजेले झस्कि“दै मनमा पुकारा गरे-'अर्कै
दलबहादुर होस्, अर्कै दलबहादुर होस् ...†' प्रकटमा बोले-'को
दलबहादुर - भन्नुहोस् न को दलबहादुर -' 'दलबहादुर विश्वकर्मा
मेरा बाउ † म उहा“कै छोरा सुन्दरकुमार विश्वकर्मा ...†'
घुमायो, कुवेरबाजेलाई घुमायो - 'ए † ए † मलाई केले घुमायो
...†' बजैलाई पनि ऐया, आत्थु सुरू भयो-'ऐया, सप्पै घरको
कामधन्दा म एक्लै अब सक्दिन । म थाकें । म हारें †' सुमित्रा
मैया“ले अनुहार अ“ध्यारो पारी † देखी-सुन्दरकुमार ती चार
भाइ चिया खाइसकेका च्रि्रा-च्रि्रा पहिरनका मानिसलाई अ“गालो
हालिरहेको थियो । उसलाई रून मन लाग्यो-तर सुन्दरकुमार
उनीहरूसितै कुरा गर्दै टाढा-टाढा जा“दै थियो । उसले सुन्दरकुमारलाई
आ“खाबाट ओझेल नहु“दासम्म हेररिही....
|
|
|
|
|
|
|