Untitled Document
Year -6, Volume 8
Issue - 68  (असार २०६५)
    
 व्यक्तित्व

एक्लो यात्री शैलजा दिदी

िर्सजना दुवाल/झरना नहर्की

शैलजा आचार्यको जीवनकथा लेख्ने क्रममा हामी टिचिङ हस्पिटलको आईसीयु वार्डमा पुगेका थियौं । नेपालकै उच्च व्यक्तित्व भएकी नेतृ शैलजालाई भेट्न जा“दा इन्फेक्सनको डरले हामीले हरयिो कोट लगाउनुपर्‍यो  । नेपाली राजनीतिमा सुपरििचत आचार्यलाई अनेकौं ठाउ“मा घोचेर पाइप जडान गरी शय्यामा सुताइएको दृश्य देख्दा जोकसैको आ“खा रसाउन सक्छ । हजारौं कार्यकर्ताको सुख-दुःखको ख्याल राख्ने आचार्यलाई स्वास्थ्य परचिारकिाहरूले
स्याहार-सुसार गररिहेका थिए । हामीले उनलाई नमस्कार गरी तपाईंका बारेमा कथा लेख्न लागेको भनेर सांकेतिक भाषामा बुझायौं । उनका आ“खाले धेरै कुरा भन्न खोजिरहेका थिए तर उनले घा“टी नजिक हात लगेर हल्लाउ“दै बोल्न नसक्ने
संकेत गरनि् । हामीले भगवान्स“ग उनको सुस्वास्थ्यको कामना गर्‍यौं ।


पा“ च दशकदेखि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि संर्घष्ा गरेकी शैलजा यतिखेर शिक्षण अस्पताल महाराजगन्जको इन्टेन्सिभ केयर युनिट
-आइसीयू) को शय्या नम्बर ६ मा उपचारका क्रममा भर्ना भएको ६ महिना भयो । दिल्लीमा आमाको उपचार गर्न गएकी शैलजा आफै
अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सामान्य सुधार अएपछि उनी काठमाडौं आइन् तर उही रोग फेर िबल्भिmयो र शिक्षण
अस्पतालमा भर्ना हुनुपर्‍यो ।
डा. जगदीश अग्रवाल तथा कवीरनाथ योगीको टोलीले यतिबेला उनको दर्ीघायुको खोजी गररिहेको छ । पुस १७ गतेदेखि निरन्तर कृत्रिम श्वास-प्रश्वास उपकरण -भेन्टिलेटर) को भरमा रहेकी शैलजा एस्परेसन निमोनियाले
ग्रस्त छिन् । फोक्सोको समस्याले श्वास-प्रश्वासमा समस्या आएको छ । निमोनियाका जीवाणु रगतमा पुगेका छन् र जीवाणुले पारेको संक्रमण नियन्त्रणमा आइसकेको छैन । यतिमात्र होइन, पार्क इन्सोलिजमबाट पनि आक्रान्त छिन्, शैलजा । डा. अग्रवाल भन्छन्, पार्क इन्सोरेन्सले ड्रि्रेसन हुन्छ । शरीरमा प्रोटिन तथा क्याल्सियमको कमी छ । शारीरकि रूपले गम्भीर मोडमा पुगेकी शैलजाको राजनैतिक जीवनमा पनि यसले असर पारेको छ । उनका समकालीन शेरबहादुर देउवा, रामचन्द्र पौडेल अगाडि गैसकेका छन् । राजसंस्थाप्रति नरम दृष्टि राखी जनआन्दोलनमा निष्त्रिmय बसेका कारण पार्टर्ीी शैलजाको भूमिका कमजोर हु“दै गएको थियो । नेपाली कांग्रेसको गत असोज ९ गते बसेको महासमितिको बैठकले छ दशक पुरानो संवैधानिक राजतन्त्रको जामा फुकाल्यो । शैलजा पनि उपस्थित उक्त बैठकले औपचारकि रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अंगाल्यो । शैलजा त्यसपछि राजनैतिक जीवनबाट झनै विरक्तिइन् । पार्टर्ीी कुनै भूमिका नदेखेपछि आफ्नो र आफ्नी आमाको उपचार गर्न सहज हुने भन्दै राजदूत पद मागेर शैलजाले आफ्नो खुट्टामा आफैं बन्चरो हानिन् । त्यहीे माग पूरा गर्न कोइरालालाई झन्डै १८ महिना लाग्यो । संसदीय सुनुवाइमा उनले स्पष्टीकरण दिनुपर्‍यो । जहा“ उनले आफू जनआन्दोलन दर्ुइको विरोधी तथा राजाको र्समर्थक नभएको बताइन् । जसोतसो राजदूतका निम्ति उनको नाम
प्रस्तावित भयो ।
पछिल्लो समयमा वामपन्थीहरूस“गको सहकार्य र गणतन्त्रविरुद्ध रहेकी शैलजाको जोड कांगे्रसले आफ्नो परम्परा तथा पहिचान गुमाउन नहुने रह“दै आएको छ । उनको तर्क अप्ठ्यारो भयो भन्दैमा आफ्नो सिद्धान्त नै त्याग्न हु“दैन भन्ने थियो  । सदैव उनले मध्यमार्गीको भूमिका निर्वाह गरिरहेकी छिन् ।
बी.पी.को राजनैतिक सिद्धान्तलाई अनुसरण गर्दै अटल सोचका कारण पछि पर्दै गइन् । उनका सपना राजनैतिक कुरुक्षेत्रमा निको नहुने गरी घाइते भए । २०१७ सालमा प्रजातन्त्रलाई गलहत्याउ“दै जननिर्वाचित सरकारलाई सिंहदरबारबाट धपाएपछि राजा महेन्द्रको घा“टी काट्नर्ुपर्छ भन्थिन्-शैलजा तर उही शैलजा बी.पी.को मेलमिलाप र राष्ट्रिय एकताको अवधारणा लिएर ०३३ पुस १६ गते भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएपछि लगातार राजसंस्थाको अपरहिार्यता र वामपन्थीहरूस“ग न टाढा न निकटको मध्यमार्गी धारको वकालत गर्दै आएकी छिन्  । राजनीति अस्वाभाविक ढंगले चलायमान भएकोमा खिन्न शैलजा अझै पनि बी.पी.कै भाका बोल्छिन् । शैलजास“ग राजा महेन्द्रको कदमको विरोधमा ओर्लिएका सरोजिनी प्रधान, विजय बराल, कुन्दन शर्मा कांगे्रसको राजनीतिबाट हराए । उतिबेला भारतीय नेता चन्द्रशेखरलाई नेपाल र प्रजातन्त्रको पक्षमा लबिङ गराउन र साउथ ब्लकलाई त्यसका लागि सहयोगी बनाउन शैलजाको महत्त्वपर्ूण्ा भूमिका थियो । भ्रष्टाचारको मुद्दा उठाउ“दा पार्टर्ीीत्रबाट असहयोग भएपछि उनले मन्त्री पद त्यागिन् ।
पटक-पटक जेल यात्रा र निर्वासन भोगेकी शैलजालाई उनका मामा प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको पुनस्थापनापछि २०४८ मा गठित सरकारमा कृषि तथा वन मन्त्रीपछि उप-प्रधानमन्त्री तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिए । आचार्यलाई पार्टर्ीीप-सभापतिको जिम्मा पनि कोइरालाले नै दिएका हुन् । शैलजाले मन्त्रालयहरूमा भ्रष्टाचारको कुरा उठाइन् र राजीनामा नै दिएर हि“डिन्  । पार्टर्ीीत्र
भ्रष्टाचारीहरूको चलखेल बढेको भन्दै प्यानको शुद्धीकरणका लागि अनेकौं क्रियाकलाप गरिन् ।
उनकी आमाको विचारमा सरकारमा रह“दा पार्टर्ीीे कार्यशैलीबाट असहमत छोरीले प्रजातन्त्रको नाममा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रमाथि सम्झौता गर्न नहुने बी.पी.को विचारलाई जोगाउ“दै आएको बताइन् । देशमा प्रजातन्त्र नरहे देशमा प्रतिकुल प्रभाव पर्ने भएकाले त्यसको विरोधमा उनले सदैव खबरदारी गर्दै आएकी छिन् । सम्पत्तिको नाममा उनको पुख्र्यौली सम्पत्ति बाहेक वनारसको एक टुक्रा जग्गा हो । हालसम्म उनले घर बनाउन सकिनन् । शैलजा भन्छिन्-देश कमजोर हुनासाथ प्रजातन्त्र रह“दैन, देश बलियो बनाउने नाममा अर्काे तानाशाहको जन्म हुन्छ, त्यसले र्सवप्रथम प्रजातन्त्रलाई नै फाल्छ  । शैलजाले पद, प्रतिष्ठा र पैसाका लागि कहिल्यै सम्झौता गरनिन् । आफ्नो सम्पत्ति भाइ प्रदीप आचार्यलाई जिम्मा दिई काठमाडौंमा बस्दै आएकी छिन् । अहिले उपचारका लागि सरकारी स्रोतबाट व्यवस्था नमिलेको भए निकै कठिन हुने थियो  । हालसम्म औषधिमा मात्र ३ लाखभन्दा बढी खर्च भैसकेको छ  । सरकारी तहबाट पनि २ लाखको चेक उहा“का लागि बनिसकेको छ-उहा“की बुहारी मिता आचार्य बताउ“छिन् । तीन महिना पहिलेदेखि मृत्यु र जीवनस“ग लडिरहेकी शैलजाको
स्थितिमा निकै सुधार आएको छ । काठमाडौं आउ“दा आधा घन्टा मात्र ढिलो भएको भए के हुन्थ्यो-के हुन्थ्यो मिता आचार्य भन्छिन् ।
निमोनियाग्रस्त शैलजालाई हाल पाइपका माध्यमबाट तरल पदार्थ ख्वाइएको छ । मुखबाट खाना खा“दा र्सकेर रोग बल्भिmएका कारण अहिले उनलाई नाकबाट ख्वाउन थालिएको हो । उक्त खाद्यपदार्थमा अण्डादेखि लिएर शरीरलाई चाहिने सम्पर्ूण्ा पौष्टिकपदार्थ हुन्छ । शैलजाको क्रमिक सुधार देखेर आशावादी मिता यसरी नै सुधार हु“दै गए उपचारका लागि बाहिर जानु राम्रो हुने धारणा व्यक्त गर्छिन् ।
अविवाहित शैलजा राजनीतिमा समाजवादी हुन् भने धर्ममा अधोरवादी  । त्यसैले उनमा जीवनप्रति कुनै माया र मोह देखि“दैन । उनी पछिल्ला दिनमा सिद्धपुरुष भनिने अधोरसाधक अवोदूत भगवान् रामकी दीक्षित शिक्षा हुन् । बनारसमा रह“दा नै अधोरपन्थतर्फढल्किएकी शैलजाका गुरु आजभन्दा १६ वर्षघि नै बितिसकेका छन् । यद्यपी अहिले पनि ती अधोरपन्थका हस्तीलाई उनी आफ्नी आमा र बी.पी.लाई जत्तिकै श्रद्धा गर्छिन् । आईसीयूको शय्यामाथि पनि अधोरबाबाको तस्बिर राखिएको छ । अतिवादबाट मानव कल्याण हु“दैन भन्ने अधोरपन्थको दर्शनलाई शैलजाले सधै पछ्याइन् । महिलाको जीवनमा विवाहले निकै महत्त्व राख्छ भन्ने हाम्रो समाजको सोचलाई उनीले
पछ्याइनन् । श्रीमान्लाई भगवान्सरह वा बलियो संरक्षक मान्नेहरूलाई उनले चुनौती दिइन् । शैलजाले किन विवाह गरनिन् यो प्रश्न सधै अनुत्तरति छ । उनलाई बुझ्नेहरू कुनै समयमा परविार तथा विवाहका बारेमा उनले विचार गरेको बताउन हिचकिचाउ“दैनन्  ।
पछिल्लो समयमा आएर उनी एक्लिएकी छिन् । सधैं आफ्नो कुरामा जोड दि“दै आफू एक्लै पनि हि“ड्न सक्छु भन्ने भावनाले पनि उनलाई एक्लो बनाएको छ । यद्यपि आफ्नो जीवन राष्ट्रप्रति र्समर्पण गर्ने यी नेतृप्रति सम्पर्ूण्ा मुलुक नै नतमस्तक हुनर्ुपर्छ । आफ्नै मामा गिरिजाप्रसाद कोइरालास“ग मनमुटावबाट उनीहरूको विवाद सिर्जना भयो ।
संर्घष्ामै जीवन समर्पित गर्नु सामान्य कुरा होइन । त्यो पनि महिलाका लागि त ठूलै चुनौती हो । राजनैतिक क्षेत्रमा सक्रिय महिला नेतृ शैलजा आचार्य सानैदेखि आन्दोलनमा होमिएकी सफल नारी हुन् ।
विराटनगरमा जन्मिएकी शैलजाको घर-परविारमा राजनैतिक वातावरण थियो । उनी एस.एल.सी. पछि अध्ययनका लागि पटना गइन् । फर्केर आउ“दा नेपालमा पहिलो आमनिर्वाचनको चहल-पहल थियो जसबाट विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । चुनावको बेला शैलजाको सक्रियता देखेर सबैजसो नेताले-
'तिमी राजनीतिमा आउनर्ुपर्छ' भन्थे । त्यसैले पद्म कन्या क्याम्पसमा आइ.ए. पढ्दा-पढ्दै उनी राजनीतिमा प्रवेश गरनि्  ।
कसैस“ग नडराउने, हठी स्वभावकी शैलजाले वि.सं. २०१७ सालको कदम लगत्तै राजा महेन्द्रलाई कालोझण्डा देखाएकी थिइन्  । त्यसपछि जेलमा बस्दाको यातनायुक्त स्मरण उनको मस्तिष्कमा अझै ताजा छ-खाने, सुत्ने तथा शौचालय सबै एकै ठाउ“मा गर्नुपथ्र्यो  । दिसा-पिसाब एउटा भा“डोमा गरेर बिहान फाल्न जान्थ्यौं  । पानीको पनि निकै अभाव थियो । मुस्किलले पिउने पानी पाइन्थ्यो  । पछि सेन्टर जेलमा गएपछि नारा लगाइयो, गीत गाइयो, नाचियो, भाषण पनि गरयिो । १४ पैसा र चामल दिइन्थ्यो, खान नपुग्ने, सुत्न नसकेर मर्ूछा पथ्र्यौं । खान नपुगेपछि माल न्यूटे्रसन भएर मलाई इन्जेक्सन दिनुपरेको थियो । जस्तै दुःख भए पनि देश र जनताको हितका लागि प्रजातन्त्र ल्याई देशमा आमूल परविर्तन गर्ने उनको ठूलो चाहना थियो ।
शैलजा भन्छिन्-३० वर्षो राजनैतिक संर्घष्ाभर िदेशका लागि मरे मरौंला भन्ने सोचेर नै हरेक आन्दोलनमा डटेर लागें  । राजनीति गर्दा-गर्दै बनारसमा मैले सोसोलोजीमा एम.ए. गरें । ने.वि. संघको जन्म हुनुभन्दा पहिले हामीले तरूणहरूको अधिवेशन गर्‍यौं । जहा“ सभापति म र रामचन्द्र पौडेल महामन्त्री भयौं । संर्घष्ाका दिनहरूमा मैले 'तरूण' पत्रिकाको सम्पादक भएर पनि काम गरें । जसमा वी.पी.लगायत अन्य प्रजातन्त्रवादी नेताका लेखहरू छापिन्थे ।
म केटाको जस्तै छोटो-छोटो केश, जिन्सको पाइन्ट, कोट लगाएर बोर्डर-बोर्डरमा हतियार संकलन गर्थें । हतियार संकलनका क्रममा मेरा थुप्रै सहयात्री डा“कु तथा चोर पनि भए । उनीहरूका माझ म एक्ली युवती थिए“ । त्यसैले उनीहरू सोध्थे-तिमीलाई हाम्रो डर लाग्दैन - तर ममा त्यतिबेला ठूलो जोस थियो, डर थिएन । मैले बटुलेका हात-हतियारहरू ओखलढुंगा काण्डमा काम लागे । यसरी दिनहरू बित्दै थिए, हामी सबैले नेपाल र्फकने निर्ण्र्ाागर्‍यौं ।
नेपाल आउनेबित्तिकै हामीलाई एयरपोर्टबाट जेल लगियो । २०४२ सालको सत्याग्रहपछि म पुनः जेल बसें । घरको राजनैतिक वातावरण, पारविारकि संस्कार तथा देशको परििस्थतिले मलाई सधैं राजनीतिमा
झस्काइरह्यो । त्यसैले मैले राजनीतिलाई छाड्नै सकिन ।  २०४६ सालको आन्दोलनमा म एक्सन कमिटीमा बसें । अरूजस्तो जेलमा परनि, म भूमिगत थिए“ । आन्दोलन सञ्चालन गर्ने जिम्मेवारी मेरो का“धमा थियो । म समय-समयमा जनआन्दोलनका कमाण्डर गणेशमान सिंहस“ग आन्दोलनका बारेमा सरसल्लाह गर्थें । म उहा“स“ग आन्दोलन फितलो भएको गुनासो गर्थें तर उहा“ आत्तिनुहु“दैन भनेर सान्त्वना दिनुहुन्थ्यो । २०४६ सालको आन्दोलनपछि नेपालमा प्रजातन्त्रको पुनस्थापना भयो ।
त्यसपछि मोरङबाट चुनाव जितेर म कृषि मन्त्री पनि भए“ । एक वर्षछि मैले राजीनामा दिए“ । पछिल्लो पल्ट जलस्रोत तथा उप-प्रधानमन्त्री बनें । जलस्रोत मन्त्री हु“दा मैले साना जलविद्युत् आयोजनालाई प्रोत्साहन गरें । 

 


मेरो दृष्टिकोणमा शैलजा
प्रदीप गिरी, -वरिष्ठ राजनीतिज्ञ)

शैलजाको परचिय लिङ्ग भेदबाट माथि उठेर दिनर्ुपर्ने हुन्छ । एउटी कलकलाउ“दी युवती भए पनि मैले भेट्दा उनी निकै जोसिली तथा पुरुषभन्दा पनि साहसी थिइन्  । कसैस“ग नडराउने, उदार स्वभावकी शैलजाको व्यक्तित्व पनि त्यत्तिकै आकर्ष थियो । उनको तीन वर्षो जेल यात्रापछि हाम्रो पहिलो भेट बनारसमा भएको थियो । त्यतिखेर म पनि पढ्दै थिए“ । त्यो बेलाको उनको व्यक्तित्व मलाई कुनै कथामा हुने काल्पनिक रोमाण्टिक पात्रको जस्तो लाग्थ्यो । भर्खरै जेलबाट निस्किएको भए पनि उनको जोस र जा“गरमा मैले कुनै कमी देखिन । म पहिले राजनीतिभन्दा साहित्यमा रुचि राख्थें  । म राजनीतिमा प्रवेश गर्नुमा पनि शैलजाको ठूलो हात छ  । हाम्रा विचार मिल्थे, उनी पनि निकै अध्ययनशील थिइन्  । कथा, साहित्य भनेपछि हुरुक्कै हुन्थिन् । हाम्रो भेटघाट हु“दा हामी कथाका पात्रहरूका बारेमा बहस गथ्यौर्ं । त्यही निहु“मा सा“झपख नियमित भेट हुन्थ्यो । उनी निकै जिज्ञासु थिइन् । पुस्तकको विषयमा नै हाम्रो मित्रता बढ्दै गएको थियो । शैलजा मस“ग साहित्यमा भन्दा पनि इतिहास तथा मनोवैज्ञानिक कुरामा छलफल गर्न मन पराउ“थिन् । त्यसैबाट मैले उनलाई धेरै बुझ्ने मौका पाए“ । उनको व्यक्तित्वबाट म पनि प्रभावित भएको थिए“ । उनको पहिरन र बोलीमा सादगी प्रकट हुन्थ्यो  । पछि उनीलाई छिट्टै रसिाउने, झगडालु हु“दै गएकी छिन् भन्ने कुरा मैले पनि सुनेको छु तर मैले भेट्दाकी शैलजा त्यस्ती थिइनन् । हामी एउटा सपना लिएर राजनीतिमा होमिएका थियौं । सायद आफूले निर्माण गर्न खोजेको नेपालको परकिल्पना पूरा हुन नसकेर उनमा निराशा छाएको हुनसक्छ । हामी आफ्नो निजी स्वार्थभन्दा देशकै विषयमा चिन्तन गथ्यौर्ं । सायद उनको पनि त्यो सपना पूरा भएन होला । त्यही निराशाले उनलाई छोएको हुनसक्छ मैले सम्झौता गरें तर शैलजाले सकिनन् ।
हामी तन्नेरीहरू मिलेर बनारसमा प्रजातान्त्रिक युवा दल गठन गर्‍यौं जसमा अध्यक्ष पदका लागि शैलजा निर्वाचित भइन्  । त्यो संगठनका महामन्त्री अहिलेका उप-प्रधानमन्त्री रामचन्द्र पौडेल थिए । निरन्तरताको कमीले त्यो संगठन बीचैमा तुहियो र शैलजा पनि दबाबमा परेर नेतृत्व छोड्न बाध्य भइन् । जुन शैलजाको राजनैतिक जीवनका लागि एउटा विडम्बना नै साबित भयो । पछि म र रामचन्द्र जेलमा स“गै थियौं । पछि अर्कै संगठन बन्यो । बी.पी. छुटेपछि शैलजाको राजनैतिक जीवन बी.पी.को वृत्तमा केन्द्रित भयो । शैलजा बी.पी.की अनन्य सहयोगी भएर लागिपरनि् । बी.पी.ले पनि शैलजालाई निकै माया तथा विश्वास गर्थे । आफ्ना गोप्य कुरा शैलजास“ग गर्थे । बी.पी.को आत्मकथा पढ्दा पनि शैलजाप्रति उनको माया र विश्वास प्रकट हुन्छ ।
शैलजाको राजनैतिक जीवन पछिल्लो समयमा आएर केही विवादित भयो । कांग्रेसलाई मध्यमार्गी पार्टर्ीी रूपमा चित्रित गरेर राजास“ग साइनो तोड्न हु“दैन भन्ने अभिव्यक्तिले केही नराम्रो असर पर्‍यो । कांग्रेसको पछिल्लो महाधिवेशनमा उनी एकदम कम मतले विजयी भइन् । यो राम्रो भएन । महाधिवेशनको हावा पनि त्यस्तै थियो । शैलजाले जे देखिन् त्यही भनिन्  । राजनीतिमा वैचारकि हिसाबमा अघि बढ्नुपरेकाले उनले त्यस्तो परण्िााम सहनुपरेको हो ।
बी.पी.को राजासम्बन्धी सकारात्मक सोचका कारण शैलजाले त्यसलाई दह्रोस“ग पक्रिएको देखिन्छ । कतिपय नेताले आफ्नो विचार परविर्तन गररिहेका छन् तर शैलजाले त्यही कुरालाई मात्र पछ्याइरहिन् । नेपाली कांग्रेसको इतिहासमा आस्थाका हिसाबमा शैलजालाई कसैले पछ्याउन सक्दैन । शैलजालाई बी.पी.को भान्जीका कारण केही फाइदा पुगेको भए पनि उनले आफ्नो पहिचान बनाउन निकै संर्घष्ा गर्नुपरेको थियो । परविारका कारण राजनीतिमा उनको प्रवेश भए पनि नेतृत्वका लागि आफ्नै परश्रिमले उनलाई बल पुर्‍याएको हो । हि“जोआज राजनीतिमा अवसरवादी प्रवृत्ति हावी भएको छ, जुन शैलजामा पटक्कै छैन । कुनै समयमा उनले आफ्नो घरजमका बारेमा नसोचेकी होइनन् । यौवनमा उनलाई मन पराउने युवकहरूको कमी थिएन तर बी.पी.को छहारी बस्ने बानी परेकी शैलजामा त्यो छहारी छोडेर बस्न नसक्ने भ्रम थियो  ।
अहिलेकी शैलजालाई म चिन्दिन । पहिले उनी नास्तिक थिइन् तर हि“जोआज आस्तिक भएको कुरा सुनेको छु । उनीस“ग बिताएका हरेक क्षण मेरा लागि अविस्मरणीय छन् । त्यतिबेला मैले उनलाई बुझ्न सकिन । अहिले सम्झदा निकै पछुतो लाग्छ । नेपालकै महिला नेतृको नाम लिनुपर्दा म हि“जो पनि शैलजाकै नाम लिन्थें, आज र भोलि पनि उनकै नाम लिन्छु ।

शैलजास“ग नारीको कुराकानी
-शैलजा विरामी हुनुअघि नारी टिमले गरेका कुराकानी)

रिाजनीतिबाहेक अरू केमा संम्लग्न हुनुहुन्छ ?
बाल्यावस्थामा अध्ययनमै रूचि राख्थें । विराटनगरमा पछिल्लो चुनाव भएपछि राजनीति मात्र नभएर सामाजिक क्षेत्रतिर पनि केही गरौं भनी आफ्नै लगानीमा अनमी कलेज खोलें । आयर्ुर्वेदिक अस्पताल पनि खोलें । मोरङका गाउ“-गाउ“मा करबि ५ सय वटा घरमा शौचालय बनाइदिएकी छु । पोखरा लामाचौरमा करबि १५ रोपनी जग्गा लिएर गुरुको नाममा आश्रम बनाउ“दैछु ।
रिाजनैतिक कि धार्मिक गुरु ?
आध्यात्मिक, उहा“ मेरो मात्र होइन वी.पी.का पनि गुरु हुनुहुन्छ  । उक्त आश्रम चा“डै उद्घाटन गराउने सोच छ ।
धिर्ममा कत्तिको विश्वास राख्नुहुन्छ ?
विश्वास छ, मन्दिर जान्छु । इष्टदेवभन्दा गुरुको पूजा गर्छु ।
खिाना के रूचाउनुहुन्छ ?
म त जे पनि खान्छु । माछा-मासु भने कम खान्छु । सादा नेपाली दालभात नै बढी मनपर्छ ।
किस्तो पहिरन लगाउन रुचाउनुहुन्छ ?
भारतमा बस्दा राम्रा-राम्रा कटनका धोती लगाउन थालें । त्यसैले माड हालेको कटनको धोती नै मनपर्छ ।
ििववाह किन गर्नुभएन ?
नगर्ने भनेको होइन । सत्र वर्षेखि राजनीतिमा लागें । बहुदल आएपछि विवाह गरौंला भन्दाभन्दै २०४६ सालमा मात्र बहुदल आयो । त्यसबेला म बूढी भैसकेकी थिए“ । केटीको उमेर ढल्किएपछि विवाह गर्न गाह्रो हुन्छ । तैपनि म कसैको बन्धनमा, भान्साको काम गरेर
बस्न सक्दिनथें । घरमा म केटाजस्तै भएर हर्ुर्किएकी हुनाले घरजम गर्ने विचार
पनि थिएन ।
अिहिले आएर छोराछोरीको अभाव खट्कि“दैन ?
त्यस्तो त खट्कि“दैन, बहिनीको मृत्यु भएपछि उनकै छोरीहरूलाई स्याहार-सुसार गरेर माया गर्न थालें ।
किुन-कुन देश घुम्नुभएको छ ?
बहुदल आउनुभन्दा पहिले अमेरकिा, क्यानाडा, भारत, पाकिस्तान आदि देशको भ्रमण गरें भने बहुदलपछि सरकारी काममा युरोप, अमेरकिा तथा चीन घुमेकी छु ।
पिहिले र अहिले राजनीतिमा महिला कार्यकर्ताहरूमा के फरक पाउनुभएको छ ?
अहिले धेरै सजिलो भएको छ । वातावरण पनि सजिलो छ । पहिलेको जस्तो कठिन संर्घष्ा गर्नुपर्ने स्थिति छैन ।
अिादर्श व्यक्तिका रूपमा कसलाई लिनुहुन्छ ?
महात्मा गान्धीलाई, उनको बाटो नै मेरो जीवन दर्शन हो ।
ितपाईं कुन बेला रिसाउनुहुन्छ ?
सा“चो कुरा स्वीकार गरएिन भने साह्रै रसि उठ्छ ।
निेपाली कांग्रेसमा तपाईंको स्थान कहा“ छ ?
२०१६ सालपछिको हरेक आन्दोलनमा सहभागी हु“दै आएकी छु । नेपाली कांग्रेसमा गिरजिाप्रसाद र किसुनजीपछि म नै हु“  ।

शैलजाका सहकर्मीहरू के भन्छन्..

म शैलजा आचार्यलाई नेपालकै आदर्श नारीको संज्ञा दिन चाहन्छु । उहा“स“ग काम गर्दा मलाई अभिभावकस“ग बसेर काम गरेजस्तो हुन्छ । उहा“को मायालु व्यवहार, तार्किक शक्ति, उचित सरसल्लाह दिने बानीले नेता र कार्यकर्ताहरूभन्दा दिदी-भाइको जस्तो सम्बन्ध बन्यो । २०४६ सालको जनआन्दोलनमा उहा“को ठूलो योगदान रह्यो । गणेशमान सिंहको योगदान मास भए पनि त्यसलाई र्सार्थक बनाउन शैलजाले महत्त्वपर्ूण्ा भूमिका निर्वाह गर्नुभएको थियो । शैलजा दिदीस“ग मेरो भेट २०३८ सालमा नेताहरूबीच धनगढीमा भएको थियो । अधिवेशनमा बी.पी. कोइराला पनि सहभागी हुनुहुन्थ्यो । मैले बी.पी.लाई धेरै प्रश्न गरेको थिए“ तर उहा“ले पछि आऊ भनेर फर्काउनुभयो  तर दोस्रो दिन शैलजा दिदीले बोलाउनुभएको थियो । प्रजातन्त्र आएपछि आर्थिक अनियमितताविरुद्ध सधैं आवाज उठाउने भएकीले म उहा“प्रति आकषिर्त भएको हु“ । २०५१ सालमा शैलजा दिदीले भ्रष्टाचारविरुद्ध गरेको पदयात्रामा म पनि सहभागी थिए“  । त्यसबेलादेखि नै मैले उहा“स“ग काम गरेको हु“ । वर्तमान ऐतिहासिक घडीमा स्वास्थ्यको खराबीले उहा“मा ठूलो प्रभाव पारेको थियो । कांग्रेसलाई सन्तुलित रूपमा अघि बढाउने एकमात्र नेतृ शैलजा दिदी हुनुहुन्छ । सधैं सरल, सहज र आफ्नो सिद्धान्तमा अडिग रहने भएकीले उहा“को भावना बुझ्न नसक्नेहरूले उहा“लाई उचित स्थान दिन सकेनन् । देशविरुद्ध, पार्टर्ीीरुद्ध छिटो प्रतिक्रिया दिने भएकीले धेरैले यसलाई कमजोरी मान्छन् तर म मान्दिन । हुन त भविष्यमा उहा“को मूल्यांकन सही होला । समग्रमा नेपाली जनता स्वतन्त्र हुन् र देश स्वतन्त्र होस् भन्ने उहा“को भावनालाई म सलाम गर्न चाहन्छु ।
पुष्कर ओझा, सांसद, धनगढी


शैलजा दिदीलाई हामीले सानैदेखि देखेका हौं । उहा“ हाम्री फुपूकी छोरी हुनुहुन्छ । हामी साना हु“दा निकै माया गर्नुहुन्थ्यो र मिर्ठाई, चकलेट आदि दिनुहुन्थ्यो । उहा“लाई अझैं नजिकबाट चिनेको २०१७ सालदेखि हो । राजा महेन्द्रले पुस १ गते पञ्चायती व्यवस्था लागू गरेपछि उहा“ राजनीतिमा होमिनुभयो र त्यसैलाई अहिलेसम्म निरन्तरता दिइरहनुभएको छ । मेरी आमा नोना कोइरालास“ग उहा“को राम्रो सम्बन्ध थियो । दुवैको स्वभाव पनि मिल्ने भएकाले मेरी आमाको र्स्वर्गवास भएपछि उहा“ले खालीपन महसुस गर्नुभयो । जेल जीवन बिताएपछि उहा“को व्यक्तित्व खारंि“दै गयो । जेलबाट छुटेर निर्वासित भएपछि उहा“ले अध्ययन तथा राजनीतिलाई स“गै लिएर जानुभयो । सधैं अडान लिने, आफूले सोचेजस्तो हुनर्ुपर्छ र एक्लै हि“ड्न सक्छु भन्ने बानीले उहा“को राजनीतिमा केही प्रभाव पारेको छ । तर्क फर्ेन नसक्नु र छिटो रसिाउने बानी उहा“का नराम्रा पक्ष हुन् । अहिलेसम्म नेपाली कांग्रेसले उहा“को कदर, मूल्यांकन गर्दै आएको छ  । उहा“को सम्मान गर्न छाडेको छैन । अहिले पनि उहा“ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुनुहुन्छ । बिरामी नहुनु भएको भए उम्मेदवार भएर बा“की उम्मेदवारलाई विजय गराउन सघाउनुहुन्थ्यो । नेपाली कांग्रेसका लागि उहा“ सधैं धरोहरका रूपमा रहनुभएको छ । महिलाको हक-हित तथा लोकतन्त्रका लागि मरमिेट्ने उहा“जस्ती महिला नेतृ अरू कोही छैनन् ।
डा. शेखर कोइराला

शैलजा दिदीको नजिक बसेर राजनीति गर्न पाउ“दा मैले धेरै कुरा सिक्ने अवसर पाए“ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति समर्पित शैलजा दिदीले आफ्नो स्वार्थलाई भन्दा मुलुकको हितलाई महत्त्व दिनुहुन्थ्यो । राष्ट्रलाई नोक्सानी पुर्‍याउनेहरूप्रति उहा“ सधै खबरदारी गर्नुहुन्थ्यो  । एक मात्र प्रवक्ता तथा बीपीलाई नजिकबाट चिन्ने मान्छे शैलजा दिदी नै हुनुहुन्थ्यो । नेपालको राजनैतिक आन्दोलनमा ठूलो योगदान पुर्‍याउने शैलजा दिदी क्रान्ति, जेल जीवन वा हरेक
अवस्थामा अग्रपंक्तिमा रहनुभयो । काम गर्ने सिलसिलामा उहा“ले महिला-पुरुष भनेर कहिल्यै सोच बनाउनुभएन । उहा“मा जहिले पनि युद्ध गर्नुपर्छ भन्ने सोच हुन्थ्यो । २०३६ सालको कुरा हो, मैले बीपीलाई पहिलो पटक भेट्ने मौका पाएको थिए“ । एक घन्टासम्म धेरै प्रश्नोत्तर गररिहें । त्यो वार्तापछि शैलजा दिदी खुसी भएर निर्धक्क कुरा गर्ने त्रि्रो बानी देखेर बीपी खुसी हुनुभयो भन्नुभएको थियो । अहिलेको यो ऐतिहासिक घडीमा उहा“ अस्वस्थ हुनु देशकै लागि दर्ुभाग्य हो । उहा“को उपचार पर्ूण्ा हुन सकेको छैन । म उहा“को शीघ्र स्वास्थ्य लाभको कामना गर्छु । एउटा ठूलो नेता भएर पनि हामीलाई सहपाठीका रूपमा हर्ेने, हरेक कुरामा सल्लाह दिने उहा“को बानी थियो । त्यतिबेला राजनीतिमा निकै कम महिला सहभागी थिए तर अहिले महिलाको संख्या बढ्न थालेको छ । तैपनि हाम्रो सामाजिक संरचनालाई वास्ता नगरी देशका लागि केही गरौं भन्दै अघि सरेकी शैलजा दिदीको त्यो अदम्य साहसको प्रशंसा गर्नैपर्छ ।
महादेव गुरुङ


मैले आफ्नो जीवनमा शैलजा दिदीजस्ती त्याग, तपस्याले भरपिर्ूण्ा महान् नेतृ अरू कोही भेटेकी र देखेकी छैन । म उहा“लाई प्रेरणाकी स्रोत एवं जननी भन्न रुचाउ“छु । सबैलाई समेट्नर्ुपर्छ भन्ने उहा“को चाहना थियो । उहा“ले पञ्चायत कालमा बी.पी.को नजिक रहेर रात-दिन, भोक, प्यास केही नभनी निरन्तर संर्घष्ा गर्नुभयो । देश, जनता र महिलाका लागि उहा“को योगदान अतुलनीय छ । सबै समुदायको उत्थान गरी नया“ नेपाल निर्माण गर्ने वर्तमान समयमा उहा“को उपस्थिति सबैका लागि ऊर्जा बन्ने थियो । उहा“को अस्वस्थताले मलाई निकै दुःख लागेको छ । जुन किसिमको ओज उहा“को व्यक्तित्वमा थियो त्यो मैले कुनै नेतामा भेटेकी छैन । बाल्यावस्थादेखि भेटघाटको क्रम चले पनि राजनैतिक रूपमा २०३४ सालमा उहा“स“ग भेट भएको हो । उहा“को व्यक्तित्वबाट म निकै प्रभावित भए“ । कांग्रेसले उहा“को भावना र विचारलाई त्यति ध्यान दिएन । पछिल्ला दिनमा उहा“ले आफूलाई एक्लो महसुस गर्नुभएको थियो । उहा“को कुरा सुन्दा उहा“ महिलाजस्तै लाग्दैनथ्यो । अग्रपंक्तिमा रहेकी महिला नेतृलाई नेतृत्वमा राख्नुपर्थ्याे तर त्यसो गरएिन  । उहा“ आफ्नो बोलीप्रति सधै प्रतिबद्ध हुनुहुन्थ्यो । आजीवन अविवाहित रही सिंगो जीवन देशका लागि र्समर्पण गर्ने आदर्शवादी नेतृ कांग्रेसले अब पाउन गार्‍है पर्ला ।
सावित्री बोगटी
विधायक, चितवन


त्याग, तपस्या र संर्घष्ाकी प्रतिमर्ूर्तिका रूपमा म शैलजा दिदीलाई सधै मानसपटलमा राख्छु । उहा“ले प्रजातन्त्रका लागि ठूलो त्याग-तपस्या गर्नुभएको छ । २०१७ सालमा जेल पर्नु र त्यसपछिका दिनहरूमा अनवरत रूपमा संर्घष्ा गर्नु चानचुने कुरा होइन । प्रवासमा बस्दा उहा“ले आन्दोलनका लागि हतियार संकलन गर्ने काम गर्नुभएको थियो । पार्टर्ीी उप-सभापति र उप-प्रधानमन्त्री भएर जिम्मेवारी पूरा गरेकी शैलजा आचार्यको इमान्दारीमा औंला
ठड्याउने ठाउ“ छैन । उहा“ उप-प्रधानमन्त्री हु“दा हरेक क्षेत्र, जिल्ला, नगरमा महिला सहभागिता अनिवार्य हुनर्ुपर्छ भन्ने मान्यताका साथ त्यसलाई कार्यान्वयनसमेत गर्नुभयो  । उहा“ आफू सत्य कुराप्रति कटिबद्ध भएर अरूलाई पनि त्यस्तै हुनर्ुपर्छ भन्नुहुन्थ्यो । धेरै मानिस उहा“स“ग कुरा गर्न डराउ“थे । त्यसैले त्यसैले समय-समयमा खरो मान्छे, अहं भएकी आदि नकारात्मक प्रतिक्रियाको पनि सामना गर्नुपर्‍यो  । अहिले उहा“ क्रियाशील हुनुभएको भए देशलाई ठूलो योगदान हुन्थ्यो । आफ्नै खुट्टामा उभिएर आन्दोलन गर्नुपर्छ भन्ने उहा“को अडानलाई धेरै साथीले मानेनन् । जनताको अधिकार राजाले फर्काउनर्ुपर्छ भन्ने मान्यता राख्ने शैलजा दिदीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अम्बिका बस्नेत
अध्यक्ष, महिला संघ


 
 
2007 Copyright (c) Ekantipur