Untitled Document
Year -6, Volume 8
Issue - 68  (असार २०६५)
    
  आत्मकथा

मेरो विवाह जनताको नासो
अनुवाद ः झरना नहर्की

सिफ जरदारी...आसिफ जरदारी... मेरो वरपर केही महिनादेखि यो नाम चर्चामा थियो । जरदारी परविारले दर्ुइ वर्षेखि मेरो बारेमा सोधपुछ गररिहेको थियो । जरदारी परविारले मलाई विवाह गर्ने कुरा पक्का गरसिकेको थियो । यद्यपि अहिलेसम्म मकहा“ विवाहको प्रस्ताव ल्याउने जोकोहीलाई मैले आलटालमा राखेकी थिए“ । मेरो भित्री कुरा बुझेपछि कुरा ल्याउने परविार आफै पन्छिन्थ्यो तर जरदारी परविार निकै दृढ थियो । सन् १९८७ तिरको कुरा हो म अफगानिस्तानका बारेमा अन्तर्वार्ता दिन बेलायतको एक टेलिभिजन कार्यक्रममा गएकी थिए“ । अचानक आसिफकी सौतेनी आमा त्यही“ आएर उनले बाल्यकालकी साथी आन्टी बेहजातलाई फोन गरनि् । फोनमा आन्टीले मस“ग जरदारी राम्रो शील-स्वभाव, स्वाभिमानी र ठूलो मन भएको केटा हो भनी जिकिर गर्नुभयो । आन्टीले मलाई त्यसबखत निकै सम्झाउनुभयो । उहा“ले मेरी आमाले पनि त्यही चाहेको कुरा बताउनुभयो । आसिफले तिमीलाई देखेका छन् । मनैदेखि मनपराएका छन् । उनी तिमीस“ग विवाह गर्न चाहन्छन् । यस्तो राम्रो केटास“ग विवाह गर्नैपर्छ भनेर आमाले समेत दबाब दिन थाल्नुभयो । केटाको खानदान पनि उच्च छ । केटाको उमेर चौंतीस वर्षभयो, हाम्रो सिन्धी रीतिरविाज पनि उसलाई थाहा भएकाले विवाहपछि मलाई पनि सजिलो हुन्छ भन्दै आमाले मलाई राजी गराउने प्रयास गर्नुभयो । आन्टी बेहजातले आसिफकी कान्छी आमास“ग चिया खाने कार्यक्रम राखी मलाई त्यसमा सामेल हुन आग्रह गर्नुभयो तर मैले मानिन । म आफ्नो कुरामा अडिग रहंे । यद्यपि बिस्तारै मैले विवाह गर्ने सोच बनाउन थालें  । मैले आफूलाई यस्ता व्यावहारकि पक्षका लागि तयार गर्नुपर्ने भएकाले परविारस“ग मैले जूनसम्मको समय मागें ।
म कुनै अपरििचत व्यक्तिस“ग कसरी विवाह बन्धनमा बा“धिन सक्छु - मैले लाहोरको एकजना साथीस“ग सोधें । विवाहपछि सबै कुरा मिल्दै जान्छ । एकपटक विवाह भएपछि उसप्रतिको त्रि्रो हर्ेर्ने दृष्टिकोणमा परविर्तन आउनेछ । कहिल्यै नदेखेको भए पनि विवाहपछि त्यही व्यक्तिको माया लाग्न थाल्छ  । उही नै सबैभन्दा नजिकको हुन्छ भन्दै ती साथीले मलाई सम्झाइन् ।
साथीको कुराले म पनि आसिफका बारेमा सोच्न थालें । उसका बारेमा खोज-खबर गर्ने काम सुरु गरें । एकजना चिनेका मानिसले आसिफ पोलो खेल्दा घोडाबाट लडेकाले केही खोच्याएर हि“ड्ने बताए तर उनको व्यक्तिगत चरत्रिका अगाडि मलाई त्यो कुराले खासै प्रभाव पारेन । त्यो कुरा छायामा पर्‍यो । कसैले उनी खर्चालु छन् भने । साथीभाइ भनेपछि मस्त पैसा उडाउ“छन् भन्ने हल्ला पनि मैले सुनें तर त्यसलाई मैले ठूलो मन भएको सभ्य पुरुषको संज्ञा दिए“ ।
म काममा निकै व्यस्त हुन्थें तर भित्री रूपमा एक्लो महसुस गथर्ंर्ेे ७० क्लिफटन घर निकै विशाल छ, जहा“ भुट्टो परविार हराउन सक्छ । अल मर्ुतजा नामक खोपी भव्य र ठूलो छ । रात छिप्पिएपछि मेरो कोठामा मात्र बत्ती बल्छ । ठूलो घर भएकाले मलाई घरदेखि नै डर लाग्थ्यो । त्यहा“ म आफैलाई असुरक्षित महसुस गर्थें । भाइ मीर पाकिस्तान फर्किएपछि दोस्रो विवाह गर्छ । भाइको घरमा नया“ श्रीमती र उसका छोराछोरीहरूको बीचमा मेरो हैसियत के हुन्छ - मैले निर्ण्र्ाागरसिकेकी थिए“-आफ्नो घर र परविार बनाउने । मलाई घर अनि परविारको कमी बल्ल खड्किन थाल्यो ।
मैले आसिफस“ग भेटेपछि हाम्रो कुरा छिनोफानो भयो । आफ्नो रीति र पारविारकि जिम्मेवारीलाई विचार गर्दै आमा नुसरत भुट्टोले मेरासामु राखेको विवाहको प्रस्तावलाई मैले सहर्षस्वीकार गरंे । यो विवाहले मेरो राजनैतिक चाहनालाई बदल्न सक्दैन  । पाकिस्तानका जनतालाई सुनौलो भविष्यको आशा छ त्यो आशा र प्रयासमा म हरदम साथ दिनेछु ।
उनीहरूको हरेक पाइलामा मेरो सहयोग हुनेछ भन्ने कुरामा आसिफ पनि स्पष्ट थिए । मेरो विवाहका बारेमा पाकिस्तानमा मिश्रति प्रतिक्रिया आए । मेरो वक्तव्यपछि सरकारी एजेन्टहरूले मैले राजनीति छोड्ने प्रचार गर्न चुकेनन् । मानिसको भीड जम्मा भएर गाडीमा टा“सिएका पाकिस्तान पिपुल्स पार्टर्ीीपीपीपी)का पोस्टर च्यात्न थाले । हामीलाई यसको के मतलब यो त विवाह गर्दैछे - पार्टर्ीी सहकर्मीहरूबाट पनि निकै व्यंग्यवाण सहनुपर्‍यो । पाकिस्तान पिपुल्स पार्टर्ीीपीपीपी) को झण्डा लहराएकोमा सबैले मलाई जिस्काउ“थे । पाकिस्तान पिपुल्स पार्टर्ीीपीपीपी)का मानिसहरूले ममाथि अविश्वास गर्न थाले  । अझ हाम्रो विवाहमा जनरल जियाललाई निमन्त्रणाको हल्लाले मलाई बसिखानु भएन । स्पष्टीकरण दि“दा-दि“दै धौधौ पर्‍यो  ।
देशका केही समुदाय यो कुराले खुसी पनि भए“ । मैले वैवाहिक जीवन प्रारम्भ गर्न खोजेकोमा सहरका मिर्ठाईं पसलहरू खाली भए भने तीन दिनसम्म्ा जनताले उत्सव मनाए । हामीले दस वर्षम्म दुःखका दिन बितायौं, अब सुखका दिन आए । सबैले यस्तै कुरा गररिहेका थिए । यस्तै खुसीको लहर जरदारीको परविारमा दौडियो । जरदारी परविारले आफ्नो भूमि नवाव शाहमा जम्मा भएर पन्ध्र हजार मानिसका बीच आसिफलाई
स्वागत गरे । उनीहरू पीपीपीको झण्डा हातमा लिएर नाचिरहेका थिए ।
पाकिस्तान फर्किएपछि मैले देश भ्रमण गरी सबैलाई आफू उनीहरूको बहिनी भएको विश्वास दिलाए । आफ्नो विवाहले राजनीतिमा कुनै असर नपर्ने विश्वास मैले उनीहरूलाई दिलाए“ । आसिफ हरेक दिन मलाई फोन गर्थे । मैले फोनबाटै आसिफलाई नजिकबाट चिन्ने मौका पाए“ । त्यो परविारले पनि मार्सल लका समयमा निकै दुःखका दिन बिताएको रहेछ । उनका पिता हाकिम अलीलाई सात वर्षा लागि राजनैतिक हुकुमबाट हटाइएको रहेछ । हैदराबादमा भएको उनीहरूको १ हजार ८ सय एकड खेतको उब्जनी पनि पानीका कारण बर्बाद भयो । उनीहरूको जीवनमा निकै उथल-पुथल आयो  । हाम्रो कुरा छिनिएको थाहा पाएपछि सरकारी बैंकले हाकिम अलीको घरसम्बन्धी प्रोजेक्टका लागि ऋण दिन रोक लगाइदियो  । धेरैले उनलाई गल्ती गरेको भन्दै सम्झाउ“थे-बेनजिरस“ग विवाह गर्नु भनेको जीवनमा दुःख निम्त्याउनु हो । सुरुमा त यस्तो
अवस्था छ, विवाहपछि देश, सत्ता र सैनिक शक्ति त्रि्रा विरोधी हुनेछन् भन्दै हाकिम अलीका साथीहरू उनलाई त्यो कुरा सम्झाउ“थे । यद्यपि हाकिम अली आफ्नो छोराको निर्ण्र्ााा निकै खुसी थिए । उनी आफ्ना कारणले छोराको खुसीको बीच आउन चाह“दैनथे । उनी भन्थे- मलाई कुनै कुराको डर छैन । मेरो छोराको खुसी नै मेरा लागि महत्त्वपर्ूण्ा छ ।
हाम्रो विवाह भव्य तर साधारण तौरतरकिाबाट सम्पन्न भयो  । हाम्रो परम्पराअनुसार विवाहमा दुलहीलाई एक्काईस वा एकाउन्न जोर मह“गा पहिरन दिने चलन छ तर मैले त्यसको सट्टा केवल दर्ुइ जोडी सेटको मात्र माग राखें । एक सेट विवाहका दिन र अर्को सेट भोजका दिन लगाउन । हाम्रो चलनमा विवाहको पहिरनमा पूरै सुनको जरीले भर्नुपर्ने हुन्छ तर मैले केवल अगाडिको देखिने भागमा मात्र कर्डाई गरएिको पहिरन लगाउन जोड दिए“  । गहना दिनु पनि हाम्रो परम्पराको महत्त्वपर्ूण्ा पाटो हो । दुलहीलाई घा“टीदेखि कम्मरसम्म टन्न्ा गहना लाद्नर्ुपर्छ तर मैले आसिफलाई केवल दर्ुइ सेटका लागि कुरा गरें जुन विवाहका दिन र भोजका लागि आवश्यक थियो । मेरो जीवन यस्तो छैन जहा“ म गहना लगाएर काममा जान सकू“ । कोही अफिसमा काम गर्न हीराको हार लगाएर जान सक्दैनन् । आसिफ यो भन्दा धेरै गर्न चाहन्थे तर मैले उनलाई रोकें । मैले नाडीदेखि पाखुरासम्म सुनका चुरा लगाउने चलन तोडें । मैले विवाहका बेलामा २ वटा सुनका चुराबाहेक बा“की का“चका चुरा लगाउन उचित मानें  । का“चका चुरा लगाएर अरू परविारका छोरीबेटी त्यसलाई पछ्याऊन् भन्न्ो म चाहन्थें । मैले विवाहपछि आफ्नो नाम परविर्तन गरनि । अहिलेसम्म मेरो नाम बेनजिर भुट्टो छ जुन म बा“चुन्जेलसम्म कायम रहनेछ । म आफ्नो पहिचान परविर्तन गर्न चाहन्न ।
यसरी चा“डो नहि“ड तिमी कुनै मिटिङमा जान लागेकी होइनौ मेरी बहिनीले कानमा खुसुक्क मलाई सम्झाई । त्यो समयमा मेरो अनुहार गुलाबी घुम्टोले ढाकिएको थियो । आमा र बहिनी मिलेर मलाई विवाह मञ्चसम्म लिएर गएका थिए । 'दुलहीले बिस्तारै पाइला चाल्छन्,' आन्टी बेहजातले भनिन् । मेरो शिरमा कुरान राखेर उनी बिस्तारै पाइला चाल्दै थिइन् । एक सुशील दुुलहीझैं आ“खा झुकाएर म मञ्चमा गएर बसें । नजिकैको भाइ पर्ने शाद
हा“स्दै म नजिकै आयो ।
के भयो किन ढिलो भैरहेछ - म पनि हैरान भएर आसिफस“ग सोधें के भैरहेको छ - उता मौलवी हाम्रो पक्षबाट मस्जिदमा विवाहको मन्त्र पढिरहेका थिए । सहमत छौ -
शादले सिन्धी भाषामा सोध्यो । मलाई ऊ जिस्किरहेजस्तो लाग्यो  । छु, यो शब्द मैले तीन पटक दोहोराए“ । त्यसपछि मैले बुझंे यो कुनै वैवाहिक संस्कार हो । मेरो तीन पटकको छु नै मेरो विवाहको साक्षी हो । आजउप्रान्त म आफूलाई विवाहित घोषणा गर्न सक्छु ।

बिलावलको जन्म
म अचम्ममा परेकी थिए“ । पेटमा शिशु भए पनि मलाई ऊ चलेको महसुस भएको थिएन । मैले यो कुरा मेरी साथीलाई बताए“ । उनले भनिन्, 'यो छोरो पाउने संकेत हो । छोराहरू पेटमा धेरै चल्दैनन् । मैले यो चिन्ता चिकित्सकसमक्ष जाहेर गरें  । चिकित्सकले व्यस्तताका कारण मैले थाहा नपाएको होला किनकि बच्चा बसेपछि ऊ चल्छ । परीक्षण गरेपछि शिशु बस्ने थैलोमा पानी जमेका कारणले शिशु चल्न नसकेको थाहा भयो । मैले
आफ्नो धेरै समय मिटिङमा बिताएकी हुनाले रक्तसंचार राम्रोस“ग हुन नसकेको कुरा पनि खुल्यो । जसका कारण गर्भस्थ शिशुलाई पौष्टिकता तथा खुराकको कमी भएको थियो । चिकित्सकहरूले मलाई चार दिन आराम गर्न सल्लाह दिए । ती दिनहरूमा मैले उर्दू लिपिमा धेरै शिशुको नाम पढ्न भ्याए“ । त्यसपछि चिकित्सकहरूले ओछ्यानमा पल्टेर बच्चा चलेको अनुभव गर्न लगाए । त्यो समयमा एकाग्रता आवश्यक भएको उनीहरूको सल्लाह थियो । बच्चा चलेको अनुभव नभए अस्पताल आउनुपर्ने उनीहरूले बताए । हरेक चार दिनमा क्लिनिकमा जा“च गर्ने एउटा तालिका नै तयार गरयिो  । शिशुको अवस्थाले चिन्ता उब्जाएको थियोे । हरेक चौथो दिन म आसिफस“गै क्लिनिक जान्थें । रातको समय शान्त हुने भएकाले हामीले रातमा ज“चाउन जाने निर्ण्र्ाागरेका थियौं  । यो झन्झट मेरो जिन्दगीको एक हिस्सा बन्यो तर परीक्षण अवधिमा चिन्ताजनक कुरा अगाडि आएन । म ठीकठाक घर आउन थालें  । तीन सातासम्म मैले आफ्नो कामकाज सामान्य ढंगले गरें  । नया“ घरमा आएर चुनावका लागि उम्मेदवारी चयन गर्न थालें  । सामान्य जा“चका सिलसिलामा १९ सेप्टेम्बर तीन साता पर्खनुपर्ने बताए“ । भोलिपल्टको रात जा“चका लागि जा“दा मैले केही विशेष महसुस त गरनि तर चिकित्सक सेतनाले त्यो रात त्यही“ बस्नुपनर्ेर्ेेताइन्  । उनीहरूले शिशुको मुटुको धड्कन सुनेर बिहानै अप्रेसन गर्नुपर्ने बताए । डा. सेतना सबेरै मकहा“ आइन् र चा“डै गर्नुहोस् उनले हतार“िदै भनिन् ।
एक नर्सले कसैले मेरो पहिचान गर्न नसकोस् भनेर अनुहार तन्नाले छोपिदिइन् । मलाई ट्रलीमा राखेर अप्रेसन थिएटरमा लगियो । अर्को कोठामा आसिफकी आमा र एक महिला मेरा लागि कुरानका श्लोक पाठ गररिहेका थिए ।
यस्तो पाठले पीडाबाट छुटकारा पाइने विश्वास गरन्िछ । आसिफले पहिलेदेखि नै छोराको चाहना गरेका थिए । सबैले मेरो अवस्था हेरेर छोरा हुन्छ भन्थे । पाकिस्तानमा छोरा हुनुलाई शुभ मानिन्छ । २१ सेप्टेम्बर सबै आ“कलनको अन्त भयो म बेहोस अवस्थामा बाहिर आए“ । म केही समय निदाए“ । पछि आतिसबाजी र उल्लासमय वातावरणमा मेरा आ“खा खुले । बधाइको गीत गुन्जिरहेको थियो । पटका पड्किरहेका थिए । ढोलक बजिरहेका थिए, मानिसहरू नारा लगाइरहेका थिए- भुट्टो अमर रहून्, भुट्टो अमर रहून्  ।
सबैभन्दा प्यारो र राजनैतिक रूपमा पाकिस्तानको इतिहासमा विवादले घेरएिको बालकको जन्म भयो । हामी जानेरै शिशु जन्मने मिति गोप्य राखेका थियौं । किनकि जियाले यो समयमा अनेकौं चलखेल गर्न सक्छ भन्ने अनुमान थियो । शिशु जन्मने मिति पत्ता लगाउन जियाका इन्टेलिजेन्सहरूले मेडिकल रर्ेकर्डको छानबिन गरेका थिए तर ती कागजलाई मैले आफैस“ग लुकाएर राखेकी थिए“ । जियाका सूत्रहरूका अनुसार बालकको जन्म १७ नोबेम्बरमा हुनुपर्ने थियो । मौकाको फाइदा उठाउ“दै जियाले चौबीस घन्टाभित्र चुनावको मिति १६ नोबेम्बरमा घोषणा गरेका थिए तर बालकले हामीलाई अझ अचम्म बनाएदिएको थियो । जियाका मानिसमात्र होइन नोबेम्बरको आधाआधीमा जन्मने अनुमान गरएिको बालक पा“च हप्ता पहिले जन्मिएको थियो । यसले मलाई आराम गरी चुनाव प्रचारमा जुट्न प्रशस्त समय मिलेको थियो ।
छोरा समयभन्दा पहिले जन्मिएकाले उसको नाम के राख्ने भन्ने विषयमा हामीले सोचिसकेका थिएनौं । उसको नाम मेरो बुवाको नामअनुसार राख्न मलाई धेरै पत्र आएका थिए तर पाकिस्तानको परम्पराअनुसार सन्तानको नाम उसलाई जन्मदिने बुवाको नामअनुसार राख्नुपर्ने भएकाले मैले त्यही परम्परालाई निरन्तरता दि“दै छोराको नाम राख्ने निर्ण्र्ाागरें । अनायास मेरो दिमागमा एउटा नाम आयो बिलावल जनबिल अब्बलबाट उत्पन्न भएको थियो  । जसको अर्थ एकदम अचम्म, अनौठो हुन्छ जसको सामना कसैले गर्न सक्दैन । सिन्धका एक सन्त मकदुम बिलावल जसले आफ्नो समयमा अन्यायको विरोधमा आवाज उठाएका थिए । यो नामले मेरो नामलाई प्रतिनिधित्व गथ्र्यो । बेनजिरको अर्थ पनि अतुलनीय हुन्छ । यसरी यस्तो नाम पत्ता लाग्यो जसमा मेरी आमा, मेरा बुवा, हाम्रो संस्कृति र इतिहास सबैको सार समेटिएको छ  । यो नामका लागि सबैले सहमति जनाए । त्यसअनुसार बालकको नामकरण भयो- बिलावला । छोराको पा“चदिने कर्मपछि म आफ्नो काममा फर्किए“ । चुनाव हुन्छ कि हु“दैन भन्ने आशंकाले सबैतिर धुम मच्चिएको थियो ।

 

 

 
2007 Copyright (c) Ekantipur