Untitled Document
Year -5, Volume -11
Issue - 60  ( असोज २०६४)
    
    
 Untitled Document
  सम्पादकीय
  मनका कुरा
  चिठी
  समाचार
  नारी आवाज
  दसैं विशेष
 

पाठेघर समस्या तथा निदान विषयक प्रशिक्षण

प्राकृतिक स्रोत व्यवस्थापन नेपालद्वारा ग्रामीण स्वास्थ्य शिक्षा गुठीको सहयोगमा उपत्यकामा महिलाहरूको पाठेघरको समस्या तथा त्यसको निदानसम्बन्धी तालिम दिइयो । ग्रामीण भेगका महिलालाई स्वास्थ्य शिक्षाका सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजित उक्त तालिममा ४१ जना महिलाको सहभागिता थियो । दुई दिने उक्त तालिममा महिलाको स्वास्थ्य समस्या, पाठेघर, आङ झर्ने समस्या तथा त्यसको समाधान आदि विषयमा प्रशिक्षक उमा लोहनी तथा रामेश्वर थापाले प्रशिक्षण दिनुभएको थियो ।

महिला लोकतान्त्रिक सञ्जाल गठन

अन्तरमि व्यवस्थापिका संसद्की सदस्य उर्मिला अर्यालको अध्यक्षतामा १० सदस्यीय महिला लोकतान्त्रिक सञ्जाल केन्द्र्रीय समिति गठन भएको छ । यसमा नेपालका ५० जिल्लामा क्रियाशील लोकतान्त्रिक सञ्जाल एवं विभिन्न नामबाट गठित महिला नेतृको अन्तर्दलीय सञ्जालका अध्यक्षहरूको सहभागिता छ । उक्त सञ्जालले केन्द्रीय समितिसमेत गठन गरेको छ ।

महिलाको राजनैतिक सशक्तीकरण एवं समावेशीकरणका लागि अन्तरपार्टी गठबन्धन तथा कार्ययोजना विषयक तीन दिने प्रशिक्षण भेलाले उक्त समिति गठन गरेको हो । महासचिवमा नेपाली कांग्रेसकी सांसद् कमला पन्त छिन् भने नेपाली कांग्रेस -प्रजातन्त्रिक) की ईश्वरी न्यौपाने कोषाध्यक्ष छिन् । भेलाले नवनिर्वाचित समितिमा अन्य राजनैतिक दलहरू, दलित, जनजाति, मधेसी तथा अन्य वर्गबाट प्रतिनिधित्व गराउने गरी थप सात जनासम्म मनोनीत गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको छ । उक्त भेलाले समाजमा महिला-पुरुषको समान अधिकार स्थापित गराउने दूरगामी लक्ष्य पूरा गर्ने २२ बुँदे काठमाडौं घोषणापत्र पनि जारी गरेको छ ।

फेमेको अन्तक्रिर्या

फेमे स्यानिटरी नेपकिनको उत्पादक कम्पनी म्याग्ना-म्याक्स प्रा. लि. ले आफ्ना उत्पादनहरूको गुणस्तर बढाउन विभिन्न क्षेत्रका महिलाहरूबीच अन्तक्रिर्या कार्यक्रम सम्पन्न गर्‍यो । उक्त कार्यक्रममा नेपकिन प्रयोग गरसिकेका दुई दर्जनभन्दा बढी महिला सहभागी थिए  । सहभागी महिलाहरूले नेपकिनको गुणस्तर बढाउन तथा सर्वसुलभ तरकिाले बजारमा उपलब्ध गराउन उपयुक्त सुझावहरू दिए । दुई महिनादेखि म्याग्ना म्याक्स कम्पनीले आफ्ना उत्पादनहरूको बिक्री बढाउने सिलसिलामा महिनावारीसम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यो अवधिमा उक्त कम्पनीले करबि २ सय ५० वटा विद्यालय तथा कलेजमा आफ्ना उत्पादनका नमुना निःशुल्क उपलब्ध गराएको छ । यो कार्यक्रम काठमाडौं उपत्यकाबाहेक नेपाल अधिराज्यभरकिा अन्य स्थानहरूमा पनि सञ्चालन गरी महिनावारीका सम्बन्धमा आइपर्ने समस्याहरूको निराकरण गर्न सघाउ पुर्‍याउने योजना कम्पनीको छ । यस किसिमको चेतनामूलक कार्यक्रम किशोरीहरूका लागि महत्त्वपूर्ण हुने धारणा कम्पनीको छ ।

राज्यमन्त्रीमा शशि श्रेष्ठ

प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले मौजुदा मन्त्रिपरष्िाद्मा शशि श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा नियुक्त गरेका छन् । नेपालको अन्तरमि संविधान, २०६३ बमोजिम उनलाई नियुक्त गरएिको प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद्को कार्यालयले जनाएको छ । २०३४ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरु गरेकी श्रेष्ठ जनमोर्चा नेपालकी सचिवालय सदस्य तथा पार्टीर् महिला विभाग प्रमुख छिन् । अर्थशास्त्रमा स्नातक राज्यमन्त्री श्रेष्ठको जन्म काभ्रेपलाञ्चोक जिल्लाको मङ्गलटारमा भएको थियो । राज्यमन्त्रीमा नियुक्तिपछि मन्त्री श्रेष्ठले जनताको सेवकका रूपमा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।



समावेशी महिला सगरमाथा चढ्ने

पर्वतारोहणको इतिहासमै पहिलोपटक नेपाली महिलामात्रको सदस्य रहेको आरोहण दलले सगरमाथा आरोहण गर्ने भएको छ । ब्युटिसियन, सञ्चारकर्मी, गृहिणी, विद्यार्थीलगायत विभिन्न पेसासंग सम्बन्धित एक दर्जनभन्दा बढी महिलाको सहभागिता रहने उक्त दल आगामी अपि्रल महिनाको पहिलो साता सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्नेछ । प्रथम समावेशी महिला सगरमाथा आरोहण- २००८ नाम दिइएको उक्त दलले आगामी वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा पाइला टेक्ने लक्ष्य राखेको छ । आरोहण दलमा मुलुकभरका विभिन्न्ा संस्कृति तथा जनजातिका १० महिलालाई सहभागी गराउने आयोजक संस्थ्ााले जनाएको छ । आरोहण दलकी संयोजक सुस्मिता मास्केले महिला आरोहीहरूलाई सगरमाथा पुग्नुअघि आइल्यान्ड वा मेरापिकमध्ये कुनै एक हिमचुलीको आरोहण गराइने बताईन् । आरोहण अभियान सफल पार्न ८१ लाखभन्दा बढी रुपैयाँ खर्च हुने अनुमान गरएिको छ । यसका लागि उक्त समूहले विभिन्न गतिविधि गरेर आर्थिक संकलन गर्ने बताएको छ ।

महिला परिचय पुस्तक

संविधानसभा निर्वाचनमा महिला उम्मेदवार चयन प्रक्रिया सहज बनाउन हु इज हु नेपाली वुमन पुस्तक सार्वजनिक भएको छ । यो पुस्तक महिला संस्थाहरूको सञ्जाललेे तयार पारेको हो । यसमा विभिन्न क्षेत्रमा कार्यरत ३ हजार २ सय ८ महिलाको विवरण समावेश छ । सञ्जालकी अध्यक्ष आरजु देउवाका अनुसार पुस्तकले संविधानसभाको निर्वाचनमा उठ्न इच्छुक योग्य महिलाको जानकारी समेटिएको छ ।

पुस्तक ३३ प्रतिशत महिला सहभागिता वृद्धि गर्न सहयोगी हुने सञ्जालले बताएको छ । नेपालका लागि नर्बेजियन राजदूत तोरे तोरङ्गले समाजमा लुकेर रहेका महिलाहरूका बारेमा तथ्य उजागर गरेकोमा पुस्तकसँग सम्बद्ध सबैलाई धन्यवाद दिए  । अन्तर पार्टीर् महिला सञ्जालकी अध्यक्ष सुप्रभा घिमिरे तथा प्राध्यापक शान्ता थपलियाले राजनैतिक दलले जित्ने प्रबल सम्भावना भएका ठाउँमा महिला उम्मेदवार दिनुपर्ने माग गरे ।

शिक्षामा महिला सहभागिता कम महिला समानताका जतिसुकै कुरा गरएि पनि व्यवहारमा भने त्यो लागू हुन सकेको छैन । सरकारले समेत ३३ प्रतिशत महिलालाई समायोजन गर्ने कुरा उठिरहेको बेला दोलखाको शैक्षिक क्षेत्रमा भने १५ प्रतिशतभन्दा कम महिलाहरू मात्र सहभागी रहेको तथ्याङ्कले देखाएको छ । दोलखा जिल्ल्ााका विभिन्न विद्यालयमा १ हजार २ सय ७० जना शिक्षकमध्ये केवल १ सय ८३ जना मात्र शिक्षिका रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार दोलखा जिल्लामा कुल ३ सय २१ विद्यालय रहेकोमा १ सय ३२ वटा विद्यालयमा मात्र महिला शिक्षक कार्यरत छन् । दोलखा जिल्लामा रहेका ६० प्रतिशत विद्यालयमा महिला शिक्षक नै छैनन्  ।

तीजमा विविध कार्यक्रम

इन्जिनियरङि श्रीमती समाजद्वारा बीआईसीसीमा आयोजित तीज महोत्सवमा इन्जिनियरका श्रीमतीले मात्र होइन, विभिन्न तह र तप्काका ५ सयभन्दा बढी महिलाले मनोरञ्जनपूर्ण ढंगले तीज मनाए । पूर्वनिर्धारति प्रमुख अतिथि उप-सभामुख चित्रलेखा यादव कार्यव्यस्तताले उपस्थित हुन नसकेपछि साहित्यकार डा. बानिरा गिरीले उक्त कार्यक्रम उद्घाटन गरनि् । सहभागीहरूलाई सौभाग्यको प्रतीक रातो टीका र पोते उपहारस्वरूप प्रदान गरेर सुरु गरएिको उक्त कार्यक्रममा राता पहिरन तथा झकिझकाउ गरगहनामा सजिएका महिलाहरूको उपस्थिति ज्यादै रोचक थियो । त्यसबाहेक पनि तीजको रहर आयो बरलिैमा स्वागत नृत्य एवं अन्य लोक नेपाली गीत तथा रमिेकमा रातो साडीमा सजिएका महिलाहरूको नृत्य प्रस्तुतिका साथै नाटक कार्यक्रमको आकर्षण थियो । हरेक वर्ष श्रीमती समाजको आयोजनामा मनाइने उक्त कार्यक्रमबाट उठेको पैसा कुनै न कुनै सामाजिक कार्यमा खर्च गरँिदै आएको समाजकी अध्यक्ष विजया केसीले बताइन् ।

महिला अभियान बचत तथा ऋण सहकारी संस्था बालकोटले आयोजना गरेको सामूहिक दर खाने कार्यक्रममा नाचगानबाहेक नाटक तथा सासू-बुहारी, आमाछोरी, नन्द-भाउजू, देउरानी-जेठानीबीच नृत्य प्रतिस्पर्धा गराएर उपहार कार्यक्रमसमेत राखिएको थियो । सहभागीहरूलाई सौभाग्य उपहार पोते र टीका दिएर प्रारम्भ गरएिको उक्त कार्यक्रममा २ सयभन्दा बढी महिलाको उपस्थिति थियो । ३५ जना महिलाबाट सुरु भएको यो संस्थामा अहिले २ सय २५ जना महिला सदस्य तथा १ सय २५ जना बालसदस्य छन् । बचत कार्यक्रम, बालबालिका चित्रकला प्रतिस्पर्धा कार्यक्रम, नेतृत्व विकास तालिम, निःशुल्क महिला स्वास्थ्य शिविर तथा विविध सीपमूलक कार्यक्रमका साथ अघि बढिरहेको उक्त संस्थाले धेरै महिलालाई बचतको बानी बसालेको र स्वरोजगार हुन सहयोग पुर्‍याइरहेको संस्थाकी अध्यक्ष सरतिा भट्टराईले बताइन् ।

त्यसैगरी प्यानोप्लाई इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना गरएिको मिसेज तीज २०६४ को उपाधि अनुपमा ज्ञवालीले हात पारनि् । सहभागीमध्ये १ सय जनाले भाग लिएको उक्त कार्यक्रममा २० जनाबाट टपटेन तथा टप फाइभ हुँदै मिसेज तीज २०६४ तथा फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि प्रदान गरएिको थियो । फस्ट रनरअपमा ज्योति खड्का तथा सेकेन्ड रनरअपमा सञ्जिमा श्रेष्ठ आए । कार्यक्रममा मिसेज ब्युटिफुल स्माइल, ब्युटिफुल स्किन, ब्युटिफुल हेयर, ब्युटिफुल मेकअप, ब्युटिफुल डे्रस, ब्युटिफुल डान्सर तथा मिसेज प|mेन्डसीपको उपाधिसमेत प्रदान गरयिो । ४ घण्टा लामो उक्त कार्यक्रममा मिसेज तीज तथा फस्ट र सेकेन्ड रनरअपका लागि म्याग्ना-म्याक्स कम्पनीका तर्फबाट ट्रफी तथा उपहारहरू प्रदान गरएिको थियो । कार्यक्रमका अन्य आकर्षणमा नाचगान तथा दर खाने कार्यक्रम थिए । मिसेज तीजको निणर्ायक नायिका विपना थापा, पूर्व मिस नेपाल उषा खड्गी तथा सौन्दर्यविद् कमला श्रेष्ठ थिए ।

 

Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Ekantipur

  समाचार