महिलालाई ँनङ पाल’ भनेको
होइन, ँनङको युज गर’ भनेको थिएँ ।
योगप्रसाद उपाध्याय, अन्तरिमकालका गृहमन्त्री
गृहमन्त्री हुँदा 'महिलाले नङ पाल्नु र खुर्सानीको धुलो
बोकेर हिँड्नु' भनेको कुरा अहिले पनि सान्दर्भिक भएको
तर्क गर्दै ।
बहिष्कारका नाममा जनताको मताधिकार कुण्ठित
गरे राज्य चुप लागेर नबसी कठोर भएर नियन्त्रण गर्नेछ ।
कमल थापा, गृहमन्त्री
स्थानीय चुनाव बहिष्कार गरे राज्यले दमन गर्ने चेतावनी दिँदै
।
हामी
भारी बोकेर हिँड्छौँ तर भारी कति गह्रौँ छ भन्नेतर्फ सोच्दैनौँ
।
डा भेषबहादुर थापा, पूर्वपरराष्ट्रमन्त्री
विदेशी कूटनीतिज्ञहरूको भ्रमणलाई आवश्यकताभन्दा बढी महत्त्व
दिइएको बताउँदै ।
अभिनयको
हाउभाउमा कामुकता बढी झल्कन्छ भन्छन्, यस पक्षमा आफूलाई
सेक्सी नायिका भनेकोमा चित्त दुखाउँदिनँ ।
झरना वज्राचार्य, अभिनेत्री
'सेक्सी' शब्दको गलत अर्थ लगाइएको बताउँदै ।
प्रजातन्त्र अहिल्यै छ नि, केको पुनःस्थापना
? मलाई यस देशमा प्रजातन्त्र छैन भन्ने एउटा मात्र प्रमाण
दिनोस् त !
डा तुलसी गिरी, मन्त्रिपरिषद् उपाध्यक्ष
विदेशीको स्वार्थमा 'प्रजातन्त्र' को शब्द फलाकेर राजनीतिक
दलहरू निर्वाचन भाँड्न लागेको आरोप लगाउँदै ।
उहाँको मनस्थिति नै ठीक छैन जस्तो लाग्यो,
दुनियाँले मुलुकमा प्रजातन्त्र छैन भनिरहेका बेला यस्तो
अभिव्यक्ति आउनु मानसिक सन्तुलन बिग्रेको भन्न सकिन्छ ।
माधवकुमार नेपाल, महासचिव, नेकपा एमाले
डा गिरीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ।
|