Untitled Document
Kathmandu, Sunday, Dec 25, 2005 (Poush 10, 2062)
Untitled Document
  नेपाल
  सम्पादकीय
  सोझै
  आँखीझ्याल
  पाठकको पत्र
  अलगधार
  आउट अफ प|mेम
  विचार
  प्रहरी
  छोटकरी
  आवरण
  अर्थ/वाणिज्य
  महिला
  लुटपाट
  खेलकुद
  जीवनशैली
  पुस्तक
  समय रेखा
  साहित्य
  कला
  इन्द्रेणी
  नोटबुक
 
  समय रेखा

सिपाही, हत्या र उत्तर

२९ मङ्सिरका दिन एउटा सिपाहीले नगरकोटमा एउटा जात्रामा भेला भएका नरनारीमाथि अन्धाधुन्ध गोली चलायो । १२ जना मरेे । कसैले उसलाई पनि गोली हानेर मार्‍यो अनि पानीमा त्यो एसएलआर बन्दुक प\mयाँक्यो । भोलिपल्ट त्यो बन्दुक भेटियो । ३० गते बानेश्वरमा विरोधसभामा भेला भएका दसौँ हजार मानिसको समुद्रमा यो समाचारले 'चुनामी' उठायो । नेताहरूले सकेसम्म राम्रै बोले  । यस्ता नरसमुद्र देख्ता आशा गर्छु, धेरै राम्ररी बोल्ने 'करिस्मा' भएका केही नेताहरू भएको भए क्या समयको अभिव्यञ्जना व्यक्त हुने थियो ! नगरकोट गाउँको एउटा शान्त पाखामा निर्दोष नरनारीको रगत पोखियो । मन्दिर मानिसको रङ्गले पोतियो । त्यस घटनाको विरोधमा सात दलले उपत्यका बन्दको घोषणा गरे । काठमाडौँ उपत्यका तनावग्रस्त थियो । नेपालमा समयले अर्कै मोड लिइसकेको छ । देख्तैछु ।

दुईवटा घटना सम्भिmन्छु । कुनै सभामा एउटा चिनेका नेपाली जर्नेलसँग भेट भयो । ती पहिलेका छिमेकी । किताबप्रेमी र प्राज्ञिक चाख भएका हुनाले तिन्ाी मसँग कुरा गर्न रुचाउँछन् । कुरैकुरामा तिनले भने, "बुभ\mनुभो, अहिले मेरा सिपाही सुदूरपश्चिम नेपालमा १५ दिनमा बुट खोल्छन्, चियाले दारी काट्छन् ! यो कसले बुभ\mने !" पश्चिममा पोस्टिङ् नभए पनि ती जर्नेल सबै सिपाहीलाई आप\mनै सम्भिmन्ो रहेछन् । मैले सबै विद्यार्थी आप\mनै ठानेजस्तै होला । सम्भे“m । म झसङ्ग भएँ । डराएँ । कारण भन्छु । तर, पहिला अर्को घटना पनि भन्छु ।

१४ मार्च २००४ का दिन पाकिस्तानको लाहोरमा मेरो जीवनमा नर्बिसिने घटना भयो । अघिल्लो दिन सार्क लेखक सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेँ । इस्लाम, बुसको नीति, पाकिस्तान र भारतबीचको कटुता अनि हामी नेपाली कसरी हेर्छौं, के भन्छौँ । यस्तै विषय थिए मेरा । त्यस दिन बिहानै लाहोर डन पत्रिकाले अगाडिको पातामै शीर्षक दिएर मेरो लेखको समाचार बनाएर छापेछ । मसँग कुरा गर्न पत्रकार आए । अहिलेको इस्लाम, अलकायदा, अमेरिका अनि पाकिस्तान र भारतका समस्याका विषयमा साहित्येतर प्रश्न ओइरिए मतिर । मनमनमा सम्झेँ, यो मेरो विषय होइन । फसेँछु कि के हो ! म लोकराज बराल होइन, यी प्रश्नका उत्तर दिनसक्ने । तर, नेपालको विषयमा कसैले पनि प्रश्न गरेनन् । त्यस साँझ पञ्जावका गभर्नरको घरमा बेलुकाको भोजनको निम्तो थियो । ती बेलायतको स्यान्डर्समा पढेका, क्याम्बि्रजमा अध्ययन गरेका, हेर्दा हिरोजस्ता लाग्ने गभर्नरले चलाख भाषण दिए  । पाकिस्तानमा सैनिक शासनलाई सबैभन्दा इतिहासको बैधता भएको शक्ति मान्छन् सैनिकले । तर, तिनको बैधता छैन । बैधता नहुने, मेरो बैधता छ भनेर सैनिकको भरमा शासन गर्छ । केही वर्ष । उथलपुथल हुन्छ । फेरि ऊ कोसिस गरेर आउँछ । नागरिकका नेताहरू गल्ती गर्छन्  । शक्ति उन्मादमा पर्छन् । दाउ हेरेर बसेको नाइके फेरि सैनिक बलमा शासन लिन्छ । यस्तो चक्र पाकिस्तान, बङ्गलादेश, नेपालमा देखिन्छ । भारतमा प्रजातन्त्र छ । देखिँदैन ।

डिनरको टेबलमा मसँगै एउटा लक्काजवान, चिटिक्क सुट लाएको मानिस बसेको थियो । अङ्ग्रेजी बेलायती उच्चारणमा बोल्थ्यो । ऊ गभर्नरको चिफ अफ स्टाफ रहेछ । मलाई आश्चर्य भएको त्यो साँझ । त्यो मानिस चलाख र बुद्धिजीवी थियो । उसले त्यस दिनको लाहोर डन मा मेरो समाचार पढेको रहेछ । त्यहीँबाट कुरा सुरु गर्‍यो । म सबभन्दा चकित परेको अर्को कारण छ । त्यसलाई नेपालको गृहयुद्धको विषयमा सबै थाहा रहेछ । त्यसले राम्ररी माओवादी-राज्य युद्धको विषयमा भन्यो । त्यसले आत्मस्वीकृति गर्‍यो, "हामी पाकिस्तानमा सैनिक शासन गर्छौं । हामी ब्यारेकबाट बाहिर निस्किन्छौँ । तर, धेरै बाहिर बस्तैनौँ । शासन लिन्छौँ । ब्ौधता भएको बुझाउँछौँ र फेरि ब्यारेकमा फर्किन्छौँ ।" मैले सोधेँ, "तपाईं अहिले ब्यारेकमा हुनुहुन्छ त ?" उसले भन्यो, "छु तर म सैनिक हुँ र हामी शक्तिमा छौँ ।" उसले नेपालको विषयमा भन्यो, "नेपालको समस्या के हो भने सैनिकहरूले ब्यारेक छोडेको धेरै भयो त्यहाँ । त्यो खतरनाक हो । सैनिकलाई त्यति धेरै ब्यारेकबाहिर राख्नुहुन्न । उसलाई मान्छे तेरा बैरी हुन्, तिनलाई मार्नु तेरो काम हो भनेर सिकाइएको हुन्छ । त्यो सिपाही खतरनाक हुन्छ ।" मेरो जिउमा काँडा उम्रे उसको कुरा सुनेर ।

नगरकोटमा एउटा सिपाहीले मङ्सिर २९ गते बुधबार नरनारीको हत्या गरेपछि मैले त्यस सैनिक अफिसरले भनेको सम्भे“m । अनि, नेपाली जर्नेलले केही समयअघि भनेको सम्झेँ । मनमा अनेकौँ तर्कना गरेँ  । राजधानीनजिकै यत्रो नरसंहार सैनिकको गोलीले । एक जना सुरक्षा विषयमा पीएचडी गरेका मित्र कर्णबहादुर थापाले बोलेको समाचार पत्रिकामा पढेँ । भनेछन्, "एउटा साधारण सिपाही एसएलआर बन्दुक लिएर नागरिक पोसाकमा हिँड्न पाउँदैन । कमान्डमा हुनेले यस विषयमा बोल्नुपर्छ ।" अनि सोचेँ, टाढा कहीँ यो घटना भएको भए सायद त्ाी मर्नेहरू मुठभेडमा उत्रेका आतङ्ककारी हुन्थे ।

घोर निरासा, गलत तालिम अनि अमानवीय परिस्थितिमा दीर्घकालसम्म बस्नुपर्ने अवस्थाले गर्दा सिपाही डरलाग्दो मानसिकता लिएर हिँड्छन् । सैनिकहरूको यस्तो मानसिक अवस्था भएको कुरा माओवादी र सरकारी सबै पक्षले बुभ\mने कुरा हो । माओवादीले सायद त्यो अवस्था बुझिसकेका छन् । तिनका सङ्घर्षको इतिहासका विम्बहरू के छन् ? रूखमा बाँधिएर मारिएका शिक्षक र पत्रकार, रगतको पोखरीमा डुबेकी स्वास्नीमान्छे, आप\mनै चिहान खन्ने मानिस र बसभित्र थुनिएर आगोमा मरेकी बालिका । तर, माओवादीले यसलाई बुझे । सात दलसँग सम्झौता गरेर अभूतपूर्व राजनीतिक दूरदर्शिता देखाए तिनले  । तर, एउटी नारी मारेर उसको सिरानीमा बन्दुक घुसार्ने, निहत्था मानिस मारेर आतङ्ककारीको समाचार दिने, बन्दी बेपत्ता पार्ने, बिजोगमा मानिस छोडेर हिँड्ने, जथाभावी गोली हान्ने सैनिक देखेपछि त्यो अवस्थाबाट सिकेर युद्धविराम गर्ने अनि शान्तिको खोजी गर्ने जिम्मा कसको हो ? अमेरिकी गायक बब डिलनले भियतनाम युद्धका बेला गाए, 'द यान्सर माइप|mेन्ड इज् ब्लोइङ् विथ्दविन्ड् ।' -साथी, यसको उत्तर हावामा उडिरहेको छ ।) तर, हावामा उडिरहने उत्तर परिवर्तनको आँधीमा बदलिन्छ । देखिएको छ ।    
   


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Kantipur Online