|
हाम्रो मुलुकको जस्तो भौगोलिक विविधता
छ, त्यस्तै विविधता छ हाम्रा जातजातिहरूको पनि । यसपालिको
मन्त्रिमण्डलमा पनि हाम्रो समाजमा उपेक्षित र दलित भनिएकाहरूलाई
समेटी विविधता दिने प्रयास गरिएको छ । सँगै छापिएको तस्बिरमा
बायाँबाट हरिशङ्कर परियार, गोल्चे सार्की र प्रतापराम
लोहार राजदरबारमा शपथग्रहण समारोहपूर्व देखिनुभएको छ ।
मन्त्रिपरिषद्मा जातीय विविधता देखिएजस्तै राजनीतिक फाँटमा
पनि सबै दल र विचारहरूलाई यसरी नै समेटेर कसैलाई जङ्गलको
जङ्गलमै त कसैलाई सडकमा मात्र नछाडी मेलमिलापको प्रयास
गर्नु आवश्यक भइसकेको छ । झन्डै दस वर्षअगाडि एउटा सानो
पार्टीको मागलाई लत्याउँदा भयङ्कर परिणाम देखिसकिएको हुँदा
हामीले विगतबाट पाठ सिक्न सक्यौँ भने मुलुकमा स्थायी शान्ति
कसो स्थापित नहोला !
|