पल्पसा
क्याफे लाई आख्यान
प्रतिष्ठित
मदन पुरस्कार पाएको दुई महिना पनि नबित्दै पत्रकार नारायण
वाग्लेले अर्को सम्मानित पुरस्कार पाएका छन् । वरिष्ठ
आख्यानकर्मी डा ध्रुवचन्द्र गौतमले आफूले पाएका पुरस्कारको
राशि भेला पारेर आफ्ना बाआमाका नाममा स्थापना गरेको आख्यान
सम्मान वाग्लेले पाएका छन् । पुस २ मा गत वर्षदेखि मनाउन
सुरु गरिएको आख्यान दिवसका अवसरमा वाग्लेको पल्पसा क्याफे
उपन्यासलाई १० हजार रुपियाँ राशिसहितको गोविन्दचन्द्र
गौतम-दीपवतीदेवी सम्मान प्रदान गरिएको हो ।
"म यो सहर छिर्दा पारिजातको शिरीषको
फूलको सहरमा छिरिरहेको छु भन्ने लाग्थ्यो," कान्तिपुर
का सम्पादकसमेत रहेका उपन्यासकार वाग्लेले सम्मान समारोहमा
सुनाए, "वीरगन्ज छिर्दा घामका पाइलाहरू कृतिका पात्र
खोजी टोपल्थेँ । मधेसतिर अलिखित र नेपालगन्ज पुग्दा लछुमनियाको
गौना को झल्को मिलिरहन्थ्यो । काठमाडौँका पुस्तकालयहरूमा
बस्दा युद्धग्रस्त क्षेत्रमा रहेर समाचार पठाउने र पछि
उपन्यासकार बन्नेहरूका कृति पढ्थेँ । आज अचम्म लाग्छ,
यही द्वन्द्व र सिर्जनाको अनुभव म आफैँले गरिरहेको छु
।"
कलम, क्यामेरा र एफएमको माइक्रोफोनअगाडि
'एम-१६' राइफल राखेर पत्रकारितामा काम गर्नुपरेको अनुभवलाई
अवसर र चुनौतीका रूपमा लिनुपर्ने उनले सुनाए । "पल्पसा
क्याफे भित्रको क्यानभास व्यापक र यसभित्र पुस्तान्तरको
प्रतिध्वनि भए पनि यो कृति आफैँमा उच्च बौद्धिक वा प्रयोगपरक
कृति भने होइन," समालोचक डा गोविन्दराज भट्टराईले
भने । अर्का आख्यानकार एवम् सम्मानका संरक्षक धच गोतामेले
पल्पसा क्याफे मूलधारको उपन्यास नभए पनि एउटा पत्रकारले
आफ्नो घेराबाट बाहिर गएर यस्तो कृति लेख्न सकेकोमा यसलाई
अनुपम मान्नुपर्ने धारणा राखे । "पल्पसा क्याफे लाई
म ट्रेन्चभित्र बसेर लेखिएको कृति ठान्छु," गोतामेले
भने ।
यो सम्मानको नाम आगामी वर्षदेखि दीपगोविन्द
स्मृति सम्मान हुने र यसको राशिसमेत १५ हजार रुपियाँ बन्ने
जानकारी आख्यान समाजका अध्यक्ष डा ध्रुवचन्द्र गौतमले
दिएका थिए । यो सम्मान गत वर्ष कथाकार महेशविक्रम शाहले
पाएका थिए ।
फेरि तम्सिए रामेश हात मिलाउन
विटल्स,
बब मार्लीहरूका गीतहरूमा मानवीय समवेदना खोज्ने हामीले
के आफ्नै समाजतिर फर्किएर हेरेका छौँ ? अपि|mकाका काला
जातिहरूले हिपहप सङ्गीतमार्फत गरेको सामाजिक रूपान्तरणको
प्रयास खोज्ने हामीले के नेपाली जनवादी स्वरहरूलाई सुनेका
छौंँ ? शब्द, स्वर र सङ्गीतमा मानवीय ऊर्जा बोकेर हिँड्ने
गायक रामेश विगत तीन दशकदेखि आजसम्म उत्तिकै एकनास सक्रियताका
साथ जनतामाझ उपस्थित भएका छन् । पञ्चायती व्यवस्थाका विरुद्धमा
र सामाजिक जागरणका लागि गाउँगाउँ गएर गीतको शक्ति प्रयोग
गर्ने यी गायक यतिखेर फेरि उसरी नै जुर्मुराएका छन् ।
रामेशको सजीव स्वर सुन्न चाहनेहरूको
ठूलो जमात छ । उनका कार्यक्रममा टिकट काटेर मानिसहरूको
घुइँचो लाग्छ । "रामेश सबै ठाउँ आफैँ सशरीर पुग्न
सक्दैनन्," म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष
शर्मा भन्छन्, "अब यी जनताका गीतलाई हामीले एल्बममार्फत
सर्वत्र जान सक्ने बनाएका छौँ ।"
भृकुटी एकेडेमी प्रकाशनले रामेशका एघारवटा
सशक्त गीतहरूको सीडी तथा क्यासेट बजारमा ल्याएको छ । यसलाई
म्युजिक नेपालले प्रस्तुत गरेको हो । गत पुस ३ गते साँझ
एक कार्यक्रममा यस एल्बममाथि अन्तरक्रिया कार्यक्रमको
आयोजना गरियो । कार्यक्रममा एल्बममा समेटिएका केही गीतलाई
रामेशले गाएर सुनाएका थिए भने केही गीतहरू सीडीबाट बजाइएको
थियो । विगतलाई सम्झँदै कवि वैरागी काइँलाले भने, "गीतले
गाउँगाउँमा झुप्पझुप्प मान्छेहरू बटुल्थे र उनीहरूमा परिवर्तनको
साहस जगाउँथे । त्यतिखेर रामेशहरूका गीतले ठूलो शक्ति
प्रस्तुत गर्थे ।" आज पनि यी गीतले लोकतान्त्रिक
आन्दोलनमा ठूलो भूमिका खेलिरहेको काइँलाको जिकिर थियो
। मानवअधिकारवादी गौरी प्रधानले भने, "नेताका भाषणले
बुझाउन नसकेको लोकतन्त्रको परिभाषालाई रामेशका गीतले सरल
तरिकाले बुझाउन सक्छन् ।"
वास्तवमा रामेशका गीतको शक्ति उनको स्वर
र शब्दमा छन् । उनको स्वरले परिवर्तनको आह्वान गरेजस्तो
लाग्छ । नेपाली सङ्गीतको संसारमा फरक धार बोकेर हिँडेका
गायक रामेशको नयाँ सङ्ग्रह आऊ मिलाऔँ हातहरू सुन्नेहरूलाई
जीवनको एउटा उत्साह मिल्नेछ । भृकुटी प्रकाशनका लिखत पाण्डे
भन्छन्, "यी गीतले मानिसमा जाँगरको आह्वान गर्छन्
।"
घिमिरे युवराज
कुची उठाउँदै बङ्गलादेशतिर
नेपालका
आधा दर्जन युवा चित्रकारहरू पुस ५ गते रङ् र कुची बोकेर
बङ्गलादेशतर्फ लागे । चित्रकार उत्तम नेपाली र गायक-सङ्गीतकारद्वय
रामेश र रायनले उनीहरूलाई गुरुकुल परिसरमा टीका लगाएर
शुभकामनासाथ बिदाइ गरे । बिदाइका क्रममा चित्रकार नेपालीले
भने, "यस अभियानले नेपाली कलालाईर् अझ बृहत् बनाउन
मद्दत गर्नेछ ।" गोविन्दप्रसाद आजाद, श्यामकृष्ण
बलामी, आशुराम खैजु, सङ्गी श्रेष्ठ, चन्द्र श्रेष्ठ र
विधाता केसीको यस समूहले बङ्गलादेशका युवा कलाकारहरूद्वारा
आयोजना गरिने चित्रकला-कार्यशालामा भाग लिनेछ । कार्यशाला
डिसेम्बरको २३ र २४ मा राजधानी ढाकामा आयोजना हुनेछ भने
कार्यशालामा तयार भएका चित्रहरू जनवरी १ देखि ९ गतेसम्म
प्रदर्शनीमा राखिने छन् ।
केही महिनाअघि बङ्गलादेशका ११ जना युवा
कलाकारहरू नेपाल आएर नेपाली कलाकारहरूसँग यस्तै संयुक्त
काम गरेका थिए । तीन दिनको कार्यशालापछि नेपाल आर्ट काउन्सिलमा
बृहत् चित्रकला प्रदर्शनी गरिएको थियो । नेपालका तर्फबाट
कार्यक्रम संयोजक गोविन्दप्रसाद आजाद भन्छन्, "दुई
देशका युवा कलाकारहरूबीचको साझेदारीको निरन्तरता हो यो
। दुई देशबीचको यस किसिमको आदान-प्रदानले चित्रकलाका नयाँ
पुस्तालाई ऊर्जा थपिरहेको छ ।"
'नेपाल बङ्गलादेश युवा-कला कार्यशाला
र प्रदर्शनी' शीर्षकको यो सहयात्रा अब नियमित चल्नेछ ।
यस अभियानको प्रमुख विषय भने 'शान्ति र मानवता' रहेको
छ । यात्रामा हिँडेका एक चित्रकार सङ्गी श्रेष्ठले भनिन्,
"हामीले बनाउने चित्रहरूले समाजका विषयवस्तुुलाई
उतारेर मानिसहरूमा शान्ति र मानवताको जागरण ल्याउने प्रयास
हो यो ।" आफ्नै प्रयासमा यस बृहत् अभियानमा जुटेका
यी युवाहरूलाई हाम्रो पनि शुभकामना !्
आलोकश्रीको टुनामुना
"परेका
बेला जस्तो पनि गाइदिन्छु," नाम चलेका पपगायक वा
गायिकाहरूको मुखमा झुन्डिरहने बनिबनाउ जवाफ हो यो । तर,
आलोकश्रीको नयाँ एल्बम टुनामुना ले गायकगायिकाको यस बोलीलाई
व्यवहारमा परिणत गरिदिएको छ । एल्बमका गीतहरू सुनेपछि
जसलाई पनि लाग्न सक्छ, एउटा सामथ्र्यवान आवाजलाई पप, आधुनिक
वा लोकका सीमाहरूले रोक्न सक्दैन । "मैले प्रमाणित
गर्न खोजेकै यही हो," आलोकश्री भन्छन् ।
पपको दुनियाँबाट शुद्ध लोकगीतमा रम्न
आएका सुगम पोखरेल, दीपेशकिशोर भट्टराई, राजु लामा, क्रान्ति
आले र मौसमी गुरुङ मात्र होइन, आधुनिक गायनका रामकृष्ण
ढकाल, यम बराल र राजेशपायल राईसमेत श्रोतालाई टुनामुना
लगाउने काममा आलोकश्रीका अंशियार बनेका छन् । यसमा मनोज
सेवा र पुष्पा पौडेलको आवाज पनि सुन्न पाइन्छ । आवाजका
सन्दर्भमा यो एउटा सानोतिनो प्रयोग नै हो । आलोकश्री नै
स्वीकार्छन्, "मैले यो सम्मिश्रणको खाका धेरै पहिलेदेखि
सोचिरहेको थिएँ, बल्ल पूरा भयो ।"
रिमिक्सको लहड र लोकपपको निहँुमा झन्डैझन्डै
लोकगीतको फेदमा पुगिसकेका गायकगायिकालाई स्टेजमा प्रस्तुत
गर्ने नयाँ खुराक हुनसक्छ टुनामुना का गीत । भर्खरै देशव्यापी
साङ्गीतिक भ्रमणबाट फर्किएका सुगम पोखरेल भन्छन्, "मैले
यसमा आप\mनो लुकेको पाटो देखाउन पाएको छु, कुनै पनि गायकका
लागि यस्तो अवसर महत्त्वपूर्ण हुन्छ ।" अहिलेसम्म
लोकपपले खासै नछोएका गायक हुन् सुगम ।
एल्बम टुनामुना को अर्को विशेषता, आलोकश्रीले
यसमा आप\mनै शब्द -एउटा गीत महेश राणा) लाई सङ्गीतमा ढालेका
छन् । उनका ठेट शब्दले गाउँले जनजीवनका परिवेशलाई छर्लङ्ग
पारिदिन्छन् । तर, उनको प्रण छ, "शब्द होइन, सङ्गीतकै
मार्गमा लागिरहनेछु ।"
यही टुनामुना का सन्दर्भमा उनी आप\mनो
सुरुको लक्ष्य सङ्गीत होइन, गीत नै रहेको रहस्य खोल्छन्
। विसं २०४४ सालमा गोरखाबाट काठमाडौँ आउनेबित्तिकै उनी
आप\mना एक दर्जनजति रचना लिएर रेडियो नेपाल पुगेका थिए
। तर, उनलाई कसैले पत्याएनन् । त्यसको केही वर्षपछि उनी
गीतकार होइन, सङ्गीतकारका रूपमा उदाए । "गीत अस्वीकृत
हुँदाको जम्मै तुसलाई बल्ल मेटाउन पाएको छु," उनी
भन्छन्, "त्यसैले मेरो जिन्दगीको एउटा महत्त्वपूर्ण
एल्बम हो, टुनामुना ।"
दीपेन्द्र लामा
|