मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

खेलकुद»

वीरेन्द्र सैनिक उपाधिनजिक

कान्तिपुर संवाद्‍दाता

मध्यपुर ठिमी, २०६६ कार्तिक २१ - टीभीएस टायर्स कप तेस्रो अन्तरविद्यालय फुटबल प्रतियोगितामा शनिबार जित हात पार्दै वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुर र लिटिल एन्जल्स फाइनलमा प्रवेश गरेका छन् ।

मध्यपुर युथ एसोसिएसनको आयोजनामा सानोठिमी खेल मैदानमा सञ्चालित प्रतियोगिताको सेमिफाइनलमा वीरेन्द्र सैनिकले बेलोर इन्टरनेसनल इङलिस स्कुललाई २-० ले हरायो । विजयी टिमका उज्ज्वल तिवारीले १४ औं र रोशन राईले ६३ औं मिनेटमा गोल गरे । खेलको 'म्यान अफ द म्याच' वीरेन्द्र सैनिकका उत्तम गुरुङ भए ।

अर्को सेमिफाइनलमा लिटिल एन्जल्स -एलए) ले जेम्स स्कुललाई ५-३ ले पाखा लगायो ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा