मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष चौथी नेपाल संवत् ११३० मुद्रण संस्करण

खेलकुद»

भ्याली पब्लिकलाई दोहोरो सफलता

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - चौथो भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा भ्याली पब्लिकले दोहोरो सफलता हासिल गरेको छ । सिनियर ब्वाइजतर्फ भ्याली पब्लिक 'ए' ले नाइटिङ्गेललाई ४२-१५ तथा सिनियर गल्र्सतर्फ उसको 'ए' टिमले नेरिकमाथि २८-३ को जित हात पार्‍यो । त्यस्तै ब्वाइजतर्फका अन्य खेलमा इनोभेटिभले बेलोर 'काभ्रे' माथि ३३-३१, ज्ञाननिकेतनले भ्याली पब्लिक 'बी' माथि ४८-४४, डाफोडिलले एआईएमाथि ४२-२० र न्युटन चिल्ड्रेन एकेडेमीले ओम ज्ञानमन्दिरमाथि ३२-१८ को जित दर्ता गरे । 

सिनियर गल्र्सतर्फका खेलमा पृथ्वीले डाफोडिलमाथि १४-९ र दीपज्योतिले बेबिलोनमाथि २२-१२ को नतिजा हात पारे ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा