खेलकुद»
निशाना लगाउँदै महिला
कास्की, २०६६ कार्तिक २१ - धनुबाण हातमा लिएर शान्ति शेरचन निशाना लगाउँदै थिइन् । उनको अचुुक निशाना ठीक ठाउँमा लाग्यो । दंग पर्दै उनले भनिन्, 'आजभोलि त निशाना मिस नै हँुदैन ।' दक्षिण एसियाली खेलकुुदका लागि एक महिनादेखि आर्चरी प्रशिक्षणमा व्यस्त उनी महिला आर्चरीकी राष्ट्रिय खेलाडी पनि हुुन् ।
पाँचौं राष्ट्रिय खेलकुुदमा महिला एकल र समूहमा पहिलो बनेकी शेरचन दक्षिण एसियाली खेलमा नेपाललाई पदक दिलाउने बताउँछिन् । पेसाले ब्युुटिसियन शेरचनले भनिन्, 'महिलाले निशाना लगाउन सक्दैनन् भन्नेलाई गरेर देखाइदिन्छौं ।'
बंगलादेशको ढाकामा माघ १५ देखि हुुने दक्षिण एसियाली खेलका लागि यतिबेला उनी जस्तै आठ महिला पोखरा रंगशालामा आर्चरीको प्रशिक्षणमा व्यस्त छन् । पहिलोपटक दक्षिण एसियाली खेलमा महिला आर्चरी सहभागिता गराइएपछि उनीहरू उत्साही बनेका हुुन् । खेलले आफूलाई आँटिलो र फुुर्तिलो बनाएको महिला खेलाडीले बताए । बिहान र बेलुुका उनीहरू निशाना लगाउन प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूलाई प्रशिक्षक किशोरकुुमार गुुरुङ र योगेन्द्र शेरचनले प्रशिक्षण दिइरहेका छन् । काठमाडांैमा हुुने बन्द प्रशिक्षणका लागि ४ जना छनोट हुुने प्रशिक्षक गुुरुङले बताए ।
उता सञ्जुु थापाले अभिभावकलाई आर्चरी खेल्ने बताउँदा यो केटाले खेल्ने खेल हो केटीले कहाँ खेल्छन् भन्दै इन्कार गरेको उनले बताइन् । धेरै सम्झाएपछि आर्चरी खेल्ने रहर बल्ल पूरा भयो, प्रशिक्षणमा व्यस्त उनले भनिन्, 'अब महिला आर्चरीलाई उचाइमा पुुर्याएर छाड्छांै ।'
आर्चरी प्रशिक्षण गर्ने महिलामा २० देखि ३५ वर्ष उमेर समूहका विद्यार्थी, शिक्षिका, गृहणी र कर्मचारी सबै तहका छन् । कतिपय त घरपरिवारको असहमतिबिना पनि रहरले खेल्न आएका छन् । पृथ्वीनारायण कलेजमा बीएस्सी पढ्दै गरेकी राज्यलक्ष्मी श्रेष्ठले भनिन्, परिवारको संकीर्ण सोचले गर्दा यो खेलमा आउन चाहनेहरू पनि आउन सकेका छैनन् । प्रशिक्षण लिएका कतिपयले अभिभावककै कारण खेल छाडेको उनी बताउँछिन् ।
'शारीरिक रूपले स्वस्थ रहन पनि आर्चरी खेल्नुु आवश्यक छ, महिला राष्ट्रिय खेलाडी सिर्जना गौचनले भनिन्, यो खेलले महिलाहरूलाई साहसी पनि बनाएको छ ।'
'अन्यत्रभन्दा आर्चरी खेलको गतिविधि पोखरामा बढी हुुने गरेको छ, जिल्ल्ाा आर्चरी संघका अध्यक्ष हरिध्वज तुुलाचनले भने, 'पाँच वर्षदेखि यहाँ आर्चरी प्रतियोगिता हुुँदै आएको छ ।' उनले काठमाडौंभन्दा पोखरामा महिला आर्चरी खेलाडीको संख्या अधिक रहेको बताए ।
पोखरामा २० भन्दा बढी महिलाले व्यावसायिक रूपमा आर्चरी खेल्दै आएका छन् । एकजना पनि आर्चरीको महिला प्रशिक्षक नभएकामा अर्को वर्ष महिला प्रशिक्षक उत्पादन हुुने प्रशिक्षक किशोरकुुमार गुुरुङले बताए । महिला प्रशिक्षक भए अझै धेरै महिलाहरू यो खेलमा आकषिर्त हुुन सक्छन् गुुरुङले भने, यही भएर हामीले महिलालाई बढी प्राथमिकता दिंदै आएका छौं ।'












