मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

खेलकुद»

प्राइमका दुवै टिम फाइनलमा

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - प्राइम कलेजका दुवै टिम सातौं प्राइम कप बास्केटबल प्रतियोगिताको फाइनलमा शनिबार प्रवेश गरेका छन् । आयोजक टिम पुरुष र महिलातर्फ उपाधिनजिक पुगेका छन् ।

महिलातर्फ प्राइमले नेसनल क्याम्पसलाई ४७-१५ ले हरायो । प्राइमको जितमा दिवाश्री मल्लको २० स्कोर योगदान रह्यो । प्राइमले पहिलो क्वाटरदेखि जितको आधार तयार पारेको थियो । उसले पहिलो क्वाटरमा १४-० स्कोर बनायो ।

दोस्रो क्वाटरमा पनि प्राइमले आफ्नो स्तरीय प्रदर्शन जारी राख्यो । विजयी टिमले दोस्रोमा १९-४ स्कोर गर्‍यो ।

तेस्रो क्वाटरमा भने दुवैले ४-४ स्कोर बनाए । अन्तिम क्वाटरमा प्राइमले १०-७ स्कोर जोड्यो । प्राइमले उपाधिका लागि आइतबार ह्वाइटहाउसको सामना गर्ने

छ । ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई २९-६ ले हरायो । ह्वाइटहाउसले सुरुदेखि अग्रता लियो । उसले पहिलो क्वाटरमा १०-१

स्कोर गर्‍यो ।

दोस्रो क्वाटरमा ह्वाइटहाउसले ९-० स्कोर बनायो । विजयी टिमले तेस्रोमा ४-२ र अन्तिममा ६-३ स्कोर गर्‍यो ।

पुरुषतर्फ प्राइमसँगै गोल्डेनगेट 'ए' फाइनलमा पुग्यो । दुवैले उपाधिका लागि आइतबार राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा प्रतिस्पर्धा गर्नेछन् । डिफेन्डिङ च्याम्पियन प्राइमले युलेन्सलाई ५४-२८ ले सजिलै हरायो । प्राइमले पहिलो क्वाटरमा २०-७ को अग्रता लियो । उसले दोस्रोमा १५-७, तेस्रोमा १३-९ र अन्तिममा ६-५ स्कोर गर्‍यो । प्राइमको जितमा दीपक पुनको १३ स्कोर योगदान रह्यो ।

गोल्डेनगेटले आफ्नै 'बी' टिमलाई ६१-३९ ले हरायो । गोल्डेनगेटको विजयी टिमका लागि विक्रम डंगोलले १८ स्कोर जोडे । विजयी टिमले पहिलो क्वाटरदेखि १०-४ स्कोर गर्‍यो । उसले दोस्रोमा १७-६, तेस्रोमा २०-१० र अन्तिममा १४-९ स्कोर बनायो ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा