मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

खेलकुद»

छोटकरी

२०६६ कार्तिक २१ - हुम्लामा भलिबल सुरु

हुम्ला -कास)- स्थानीय योङ स्टार क्लबको आयोजनामा शुक्रबारदेखि सदरमुकाम सिमिकोटमा अन्तर गाविसस्तरीय भलिबल सुरु भएको छ । जिल्लाका ३० टिम सहभागी प्रतियोगिताको पहिलो खेलमा साया गाविसको 'ए' टिमले रोडिकोट गाविसको 'बी' टिमलाई पराजित गर्‍यो ।

ट्रेनिङ सेन्टरको जित

काठमाडौं -कास)- मैत्रीपूर्ण क्रिकेटमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले शनिबार नासिक क्रिकेट ट्रेनिङ सेन्टर भारतलाई २८ रनले पराजित गरेको छ । ल्याब मैदान कीर्तिपुरमा भएको २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेट क्षतिमा १ सय २७ रन बनायो । प्रत्युत्तरमा नासिक २० ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो ।  काठमाडौंका लागि सुधीर महर्जनले २५ तथा उज्ज्वल थापाले २३ रनको योगदान दिए । नासिकका रोहित परावले ३ विकेट हात पारे ।

मोरङलाई उपाधि

विराटनगर -कास)- सुुष्मा पुुरीको घातक बलिङ मदतले पूर्वाञ्चलस्तरीय २०-२० महिला क्रिकेटको उपाधि शनिबार मोरङले हात पारेको छ । उसले  सिरहालाई १७ रनले पराजित गर्‍यो । 'वुुमन अफ द म्याच' सुुष्माले ४ ओभरमा ८ रन खर्चेर सिरहाको चार विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको मोरङले ६ विकेट क्षतिमा ५९ रन बनायो । विजयी टिमकी ज्योति पाण्डेले अविजित ३२ रनको योगदान गरिन् । प्रत्युुत्तरमा सिरहा १६ ओभर ५ बलमा ४२ रनमा अलआउट भयो ।  उसका लागि कुुनै पनि ब्याट्सवुुमनले दोहोरो अंक छोएनन् । बलिङमा मोरङकी रश्मी शर्माले ३ र अम्बिका बुुढाथोकीले २ विकेट झारे ।

बुद्धज्योति सफल

काठमाडौं -कास)- दोस्रो ओडिसी अन्तरविद्यालय जुनियर ब्वाइज तथा गल्र्स बास्केटबलमा शनिबार जुनियर ब्वाइजमा ओडिसीले बुद्धज्योतिमाथि २०-८ को जित हात पारेको छ । अन्य खेलमा निम्सले एआईएलाई १४-७, स्काई लार्कले बेबिलोनलाई २३-१७, न्यु जेनिथले मिडल्यान्डलाई १६-४ तथा नोब्सले मञ्जुघोक्सालाई २७-१२ ले पाखा लगाए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा