खेलकुद»
कोही आक्रमणले जित्छन्, कोही डिफेन्सले
न्युयोर्क, २०६६ कार्तिक २१ - रुसीहरूले युरोपेली च्याम्पियन्स लिगमा धेरैथोक दिएका छन् । बरफ जम्ने चिसो मौसममा काजानले दस खेलाडीको डिफेन्स रणनीति बनायो र बार्सिलोनालाई बराबरीमा रोक्यो । अर्कोतर्फ आन्द्रेयी सेभचेन्कोले आर्सनललाई लन्डनमा आक्रामक फुटबलको मदतले प्रभावशाली जित दिलाउन मदत गरे । रुबिन काजान र बार्सिलोनाले बुधबार गोलरहित बराबरी खेलेका थिए ।
यस्तो शैलीलाई फुटबल विरोधी मान्ने पनि छन् । काजानले बार्सिलोनाको आक्रामक फुटबललाई रोक्न मैदानको घाँससमेत जानाजान लामो राखेको थियो । रुसी टिमलाई बलमाथिको नियन्त्रण र मैदानको दुई तिहाई बार्सिलोनालाई दियो । तर यस्तो मजबुत डिफेन्स लाइन बन्यो कि बार्सिलोनाले केही गर्न सकेन ।
यसले काजानको हार टर्यो नै, बार्सिलोना अन्तिम १६ नपुग्ने डर पनि उत्पन्न भएको छ ।
भलै बार्सिलोना युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । त्यहाँभन्दा धेरै टाढा लन्डनमा भने पाँच फिट सात इञ्च मात्र अग्ला आर्सभिन निकै राम्रा खेलाडीका रूपमा देखा पर्दैछन् । यो वर्षको सुरुदेखि उनी आर्सनलमा छन् । अपि्रलको एक रात उनले लिभरपुलविरुद्ध तीन गोल गरे । बुधबार च्याम्पियन्स लिगमा उनको प्रस्तुति अझ उत्कृष्ट थियो ।
उनी टिम खेलाडी हुन् र सुन्दर पास निकाल्न खप्पिस छन् । आखिरमा आर्सनलले एजेड आख्मारमाथि ४-१ को जित पनि सम्भव भयो । आर्सनल व्यवस्थापक आर्सन बेन्गर आपmनो शैली र काजानको तुलना गर्दै भन्छन्, 'उनी डिफेन्सलाई बढी जोड दिएर खेल्छन्, हामी आक्रमणमा जोड दिन्छौं ।' तर आक्रामक फुटबल खेल्नेलाई प्रतिद्वन्द्वीले सुख भने दिंदैनन् ।
जस्तो बार्सिलोनाले जति धेरै आक्रामक खेल्ने गर्छ, उत्तिकै प्रतिद्वन्द्वी थप डिफेन्स रणनीति बनेर मैदानमा उत्रन्छ । यद्यपि काजानले बार्सिलोनाविरुद्ध पस्केको खेललाई फुटबल विश्लेषकहरू खेलको वास्तविक डिफेन्स कला मान्छन् । यो कलाको मदतले रुसी टिमले बार्सिलोनाका पासहरूलाई बीचैमा रोक्न मात्र सफल रहेन, स्पेनी टिमको गतिलाई पनि सुस्त बनायो ।
यस्तोमा बार्सिलोना प्रशिक्षक पेप गुराडिलो कहिलेकाहीँ डिफेन्स शैलीले पनि उत्कृष्ट नतिजा सम्भव हुने मान्छन् । 'दस खेलाडीले डिफेन्डरको काम गर्छ भने प्रतिद्वन्द्वीसँग अवसर नै हुन्न । यो शैली कसैलाई मन पर्न सक्छ, कसैलाई मन पर्दैन । तर यसले काम भने निश्चित रूपमा गर्छ । जस्तो हामीविरुद्ध यसले सफलतापूर्वक काम गर्यो ।'
- न्युयोर्क टाइम्स












