खेलकुद»
टासीलाई एम्बेसडर्स कप
काठमाडौं, २०६६ कार्तिक २१ - टासी छिरिङ ६ ओभर ग्रस खेल्दै शनिबार इन्डियन एम्बेसडर्स कप गल्फ च्याम्पियन भएका छन् । गोकर्ण गल्फ क्लबमा ३० अंक जोड्दै उनी ३५ वर्षअघि सुरु प्रतियोगिताको विजेता बनेका हुुन् ।
हरिस गोर्सियालाई टासीले २ शट पछि पारेका थिए । हरिश २८ स्कोर गरेर उपविजेता रहे । स्टेबलफोर्ड प्रणाली ३/४ ह्यान्डीक्यापका आधारमा खेलाइएको एकदिने प्रतियोगितामा नेट स्कोरतर्फ नरेन्द्रकुुमार राई पहिलो भए । उनले ३८ अंक जोडेका थिए । डा. नीरञ्जन शर्मा २६ स्कोरसाथ दोस्रो स्थानमा रहे ।
कुुल ३४ अंक बटुुलेका ६९ वर्षे कृष्णनारायणसिंह थापाले ६५ वर्षमाथिको भेट्रान स्पर्धा जिते । त्यस्तै महिलातर्फ श्रीमती सोङ विजेता र युु उपविजेता बन्न सफल भए । भारतीय कूटनीतिज्ञ अश्विनी सक्सेनाले २ सय ८५ गज टाढा ड्राइभ गर्दै लङ्गेस्ट ड्राइभ र हृदयेश सिंहले क्लोजेट टुु दि पिनको पुुरस्कार जिते ।
मलेसिया, दक्षिण कोरिया र म्यानमारका समकक्षीको चुुनौती पन्छाउँदै जर्मन राजदूत भेरेना ग्रफिन भान रोएडर्न 'बेस्ट गल्फर एम्बेसडर' बनिन् । उनले २८ नेट स्कोरको कार्ड बनाएकी थिइन् । कहिल्यै गल्फ नखेलेकाबीच भएको लेडिज पटिङमा श्रीमती धनवा पहिलो र विधा राणा दोस्रो भए ।
भारतीय राजदूत राकेश सुुदले विजेतालाई पुुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा १३ महिलासहित ७८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।












