मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

छोटकरी

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - यतीको नयाँ जहाज

काठमाडौं -कास)- यती एयरलाइन्सले शनिबार नयाँ जहाज थपेको छ । जेट स्टि्रम -जे ४१) थप गरेपछि यतीसँग जहाज संख्या सात पुगेको छ ।

यात्रु चापलाई लक्षित गरी उडान संख्या थप गर्न जहाज ल्याइएको एयरलाइन्सका वरिष्ठ प्रबन्धक विनय शाक्यले बताए । 'तीन/चार दिनपछि यो जहाजबाट उडान परीक्षण थालिनेछ,' उनले भने, 'नियमित तालिका बनाई मंसिर १ देखि धनगढी, जनकपुर र भद्रपुरका लागि उडान भर्नेछौं ।'

एभरेस्टको नाफा २४ प्रतिशत बढ्यो

काठमाडौं -कास)- एभरेस्ट बैंक लिमिटेडले गत वर्षभन्दा २४ प्रतिशत बढी सञ्चालन मुुनाफा आर्जन गरेको छ । बैंकद्वारा जारी विज्ञप्तिअनुुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २९ करोड १७ लाख रुपैयाँ सञ्चालन मुुनाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २३ करोड ४९ लाख रुपैयाँ सञ्चालन मुुनाफा आर्जन गरेको थियो । यसैगरी समीक्षा अवधिसम्ममा बैंकले ३४ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो गत वर्षको भन्दा क्रमशः २५ र ३० प्रतिशत बढी भएको विज्ञप्तिमा जनाइएको छ ।

सिजीको वासिङमेसिन

काठमाडौं -कास)- चौधरी ग्रुुपले बजारमा सिजी ब्रान्डको वासिङमेसिन ल्याएको छ ।

बजारमा उपलब्ध बासिङमेसिन ६ र ७ केजीको रहेको कम्पनीले जनाएको छ । यसबाहेक सिजीका हेभी ड्युुटी, सेमी अटोमेटिक वासिङमेसिन पनि बजारमा पाइन्छ । सिजी ब्रान्ड अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले ४ वर्षअघि टिभी तथा डिभिडीहरूबाट आफ्नो उत्पादनको बिक्रीवितरण सुुरु गरेको हो । बजारमा नयाा सामानको आवश्यकता बढ्दै गएको कुुरालाई मध्यनजर राख्दै सिजी ब्रान्डले आफ्नो उत्पादनको विस्तार गरेको जनाएको छ ।

नयाँ वासिङमेसिनमा समय र बिजुुली कम खपत गर्ने प्रविधि जडान गरिएको छ । ग्राहकले यो वासिङमेसिन ० दशमलव ५ प्रतिशत ब्याजका साथै सरल किस्ताबन्दीमा पनि पाउने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console