अर्थ/वाणिज्य»
सुधि्रयो नेप्से
काठमाडौं, २०६६ कार्तिक २१ - यस साता नेप्सेमा सुधार देखिएको छ । पहिलो दिनको तुलनामा नेप्से परिसूचक १७ दशमलव ५८ अंकले वृद्धि भएर अन्तिम दिन ५ सय ८४ दशमलव ६४ अंकमा पुगेको छ । साताभर ८६ कम्पनीको ३२ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यो कारोबार रकम अघिल्लो साताको भन्दा १८ दशमलव २९ प्रतिशतले बढी हो ।
यस साताको कारोबारमा 'क' वर्गका कम्पनीको ६७ दशमलव १९ प्रतिशत हिस्सा छ । यो २१ करोड ९६ लाख बराबर हुन्छ ।
नेप्सेमा आएको यो वृद्धिमा सबैभन्दा धेरै वाणिज्य बैंक समूहले सहयोग गरेको छ । वाणिज्य बैंक समूह २८ दशमलव ७७ अंकले बढेको छ । यसबाहेक अन्य समूह ६ दशमलव ४, व्यापार समूह ४ दशमलव ८८, वित्त समूह १ दशमलव ७३ र बिमा समूह शून्य दशमलव २८ अंकले बढेका छन् । जलविद्युत् र विकास बैंक समूह भने घटेका छन् । जलविद्युत् ३ दशमलव ८५ र विकास बैंक २ दशमलव ७७ अंकले घटेका छन् ।
यस साता कारोबार रकमका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा छ । बैंकका ८ करोड ५२ लाख रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका थिए । यसबाहेक नेपाल एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, बैंक अफ काठमाडौं र नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सले पनि धेरै रकमको कारोबार
गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा प्रभु फाइनान्सको ८ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।












