मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

विकासका लागि 'एक पैसा'

मोहन बुढाऐर

धनगढी, २०६६ कार्तिक २१ - सुदूरपश्चिम निर्माणका लागि कैलाली उद्योग वाणिज्य संघ 'एक पैसा' अभियानमा जुटेको छ ।

प्रत्येक क्षेत्रको आम्दानी तथा खर्चबाट एक पैसा संकलन गर्दै सुदूर पश्चिमको पर्यटकीय स्थललाई सिँगार्ने अभियानस्वरूप संघले यो कदम चालेको हो ।

'हामी सुदूर पश्चिमलाई सुन्दर बनाउन चाहन्छौं,' संघका अध्यक्ष दिनेश भण्डारीले भने, 'त्यसैले सबैले कम्तीमा एक पैसा लगानी गरौं भन्ने अभियान थालेका हौं ।' कम्तीमा एक पैसाको अभियान भए पनि जसले जति सक्छ त्यति अनुुदान दिन सक्ने

उनले भने ।

संघले प्रत्येक उत्पादित वस्तुुबाट, व्यावसायीले बिक्रीबाट,  कर्मचारी र सुुरक्षाकर्मीले तलबबाट, विद्यार्थीले खाजा खर्चबाट, गृहिणीले बचतबाट,  बिद्यालयले शुुल्कबाट,  मजदुरले आम्दानीबाट, अस्पतालले उपचार शुल्कबाट, किसानले कृषि उपजबाट एक/एक पैसा संकलन गर्ने जनाएको छ । यसरी उठेको रकमले पर्यटकीय क्षेत्रको विकास गर्ने भण्डारीले बताए । उनले अहिलेसम्म ५५ वटा उद्योग/व्यवसायी तथा संघ-संस्थाले अभियानमा हातेमालो गरेको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा 'पर्यटनका लागि एक पैसा' अभियान थालिएको छ । 'एक पैसा संकलन गरेर सबैभन्दा पहिले चिसापानी प्रवेशद्वारमा सूचना केन्द्र र सुदूरपश्चिम सांस्कृतिक संग्रहालय  निर्माण गर्नेछौं,' उनले भने ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console