मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष चौथी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

पर्यटकीय विकासमा निजीक्षेत्रको चासो

कान्तिपुर संवाद्‍दाता

भोगटेनी -मोरङ, २०६६ कार्तिक २१ - विराटनगरबाट ४६ किलोमिटर उत्तरमा रहेको भोगटेनी गाविसको राजारानी पोखरीलाई पर्यटकीय विकास गर्न निजी क्षेत्रले चासो देखाएको छ । सुनखरीका लागि प्रसिद्ध उक्त स्थानमा रहेको दुई पोखरीमा बोट सञ्चालन र होम स्टेको व्यवस्थाका लागि उद्योग संगठनले चासो देखाएको हो ।

मगर समुदायको बाहुल्य रहेको त्यस क्षेत्रलाई स्याङ्जाको सिरुबारी र कास्कीको घलेगाउँ जस्तै पर्यटकीय क्षेत्र बनाइने संगठनले जनाएको छ । 'सरकार र पर्यटन बोर्डले अध्ययन गरेर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न चाहे निजी क्षेत्रले सहयोग गर्न तयार छ,' संगठनका निवर्तमान अध्यक्ष अशोक मुरारकाले भने । जिल्ला विकास समितिको पहलमा संगठन र सञ्चारकर्मीको टोलीले त्यस क्षेत्रको पर्यटकीय सम्भावनाको अवलोकन गरेको थियो ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console