मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

दार्जिलिङमा आर्थिक नाकाबन्दी तीव्र

  • मदिरा पसल बन्द गरिए
विप्लव भट्टराई

इलाम, २०६६ कार्तिक २१ - बंगाल सरकारलाई आर्थिक नाकाबन्दी गर्न शनिबारदेखि प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रका मदिरा पसल बन्द गरिएका छन् । सरकारलाई कुनै पनि कर नतिर्ने गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन कार्यक्रमबमोजिम सरकारद्वारा मान्यता प्राप्त 'अफ सप' -मदिरा दोकान) बन्द गराइएका हुन् ।

रक्सीको माध्यमबाट ठूलो रकम करस्वरूप बंगाल सरकारलाई गएको भन्दै मोर्चाले यस्तो कदम चालेको

हो । गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय युवा कुलतमा नफसून् भन्ने उद्देश्यले पनि यस्तो अभियान चालिएको मोर्चाले जनाएको छ ।

दार्जिलिङ क्षेत्रबाट मात्रै करोडौं राजस्व बंगाल सरकारले प्राप्त गर्दै आएको छ । मोर्चाले आन्दोलन सफल बनाउन १ हजारभन्दा बढी युवालाई गोर्खाल्यान्ड पर्सनल -जीएलपी) को नाममा परिचालित गरिएको

जनाएको छ ।

दार्जिलिङभरका ग्राम पञ्चायत कार्यालय पनि शनिबारदेखि बन्द छन् । अत्यावश्यकबाहेक सबै सेवा मोर्चाले बन्द गराएको हो । प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रमा १ सय १२ ग्राम पञ्चायत अनिश्चित कालका लागि बन्द गरिएका छन् । 'हाम्रो आम्दानीले गोर्खाहरूप्रति नै ज्यादती भएकाले बन्द गर्न बाध्य भएका हौं,' मोर्चाका युवा नेता पुरण थामीले भने, 'यो कार्यक्रमलाई सफल बनाइनेछ ।'

गोर्खाल्यान्ड आन्दोलन सुरु भएयता दार्जिलिङ क्षेत्रबाट बंगाल सरकारलाई कर नतिर्ने अभियान थालिएको हो । विगत दुई वर्षदेखि बिजुली, टेलिफोनलगायतको शुल्क नतिर्ने, काठ, गोलिया, ढुंगा, गिटीजस्ता सामग्री अन्यत्र लान नदिनेलगायतका आर्थिक असहयोगका कार्यक्रम सञ्चालित छन् ।

शनिबारदेखि नै यस क्षेत्रका सबै पसलमा गोर्खाल्यान्ड लेख्ने अभियान चलाइएको छ । सम्पूर्ण पसल र निजी संस्थानमा गोर्खाल्यान्ड लेख्ने अभियान अनिवार्यरूपमा लागू हुने मोर्चाले जनाएको छ । शनिबारदेखि शिक्षक कर्मचारी सबैलाई नेपाली पोसाक लगाएर कार्यालय जान मोर्चाले निर्देशन गरेको छ ।

आन्दोलनका कार्यक्रम लागू भए नभएको जिएलपीले निगरानी गर्ने गरेको छ । गोर्खाल्यान्ड आन्दोलनका कारण विकासका सम्पूर्ण गतिविधि पनि बन्द छन् । दुई महिनायता बन्द हड्ताल बाहेकका आन्दोलनका कार्यक्रम सञ्चालित छन् । डुर्वसमा झन्डै ५ सय दिन यतादेखिको रिले अनशन जारी छ । त्यहाँका आदिवासी नेपाली भाषीले अनशनलाई निरन्तरता दिइरहेका छन् ।

सेप्टेम्बर २५ देखि अक्टोबर २५ सम्म सांस्कृतिक आन्दोलन सञ्चालन भएको थियो । डिसेम्बर २१ मा राज्य सरकार, केन्द्र सरकार र आन्दोलनरत गोर्खाजनमुक्ति मोर्चाबीच दार्जिलिङमा वार्ता हँुदै छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console