कला र शैली»
चलचित्र नीतितिर बोर्ड
काठमाडौं, २०६६ कार्तिक २१ - विदेशी चलचित्रको बढ्दो प्रभावलाई रोकेर नेपाली चलचित्र सम्वर्द्धन गर्न चलचित्र विकास बोर्डले नीतिगत पहल गर्ने भएको छ । शुुक्रबार सम्पन्न बोर्डको बैठकले ठोस नीति तय गर्नेबारे विज्ञहरूबीच अन्तरक्रिया
गर्ने निर्णय समेत गरेको छ ।
'स्वदेशी चलचित्र विकास, संरक्षण र सम्वर्द्धनबारे अहिलेसम्म उपयुुक्त नीति निर्माण भएकै छैन,' बैठकपछि बोर्डका अध्यक्ष अमर गिरीले भने, 'यस्तो अवस्थामा विदेशी चलचित्र मौलाउनुु स्वभाविक छ ।' गुुणस्तर स्वदेशी चलचित्र निर्माण गर्न सरकारले नीतिगत मात्र नभई सेवा-सुुविधाको पक्षमा समेत सघाउनुुपर्ने उनले औंल्याए । 'मंसिरमा बृहत् अन्तरक्रिया गर्ने तयारी भइरहेको छ,' उनले भने, 'नीतिगत अन्योलताको अवस्था अब रहनुु हुुन्न ।'
बोर्डले चलचित्र क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थासँग सहकार्य गर्ने र चलचित्र क्षेत्रमा योगदान दिँदै आएका चलचित्रकर्मीहरूको परिचय कोष तयार गर्ने समेत निर्णय गरेको छ । 'व्यक्तिगत विवरण संकलनको काम भइरहेको छ,' बोर्डका सूचना अधिकृत चिरञ्जीवी गुुरागाईंले भने, 'पुुस मसान्त भित्र यो काम सकिन्छ ।'












