मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

कला र शैली»

ठमेलमा खैलाला भन्दै...

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - सोलुुको लोदिङमा सुुनिने शेर्पाहरूको भाका शुुक्रबारको साझ एकाएक ठमेल बीचबजारमा सुुनिएजस्तो भयो । तन्नेरी-तरुनीको जिस्कने भाकाजस्तो स्वर पछ्याउँदै जाँदा भेटिए- 'खैलाला भन्दै लैजाला...का गायक/गायिका ।'

बाह्रबिसे घर भएकी ४५ वषर्ीया छिटिङ शेर्पा श्रेष्ठ र सोलुुकी ४७ वषर्ीया दासामुु शेर्पाका बीचमा इलामका ३७ वर्षे इन्द्र गुुरुङ थिए । 'खैलाला' का याङ्जी र पासाङ फुुट्टी भने कतै छुुटेका रहेछन् । 'हामी हाम्रा गाउँठाउँका भाका सम्भिmरहेका छौं नि,' बोल्नमा रसिली छिडिङ भन्दै थिइन्, 'यो भीडमा पनि सोलुु पुुगेजस्तो भइरहेको छ ।'

अब 'खैलाला' को कथा पनि सुुनौं न त । सल्लेरी नजिकको गाउँ लोदिङमा खुुबै चल्तीमा रहेको 'खैलाला भाका' खासमा बाहुुनक्षेत्रीका हिसाबमा शेर्पा रत्यौली रहेछ । 'यसलाई ना-दिन भाका भनिन्छ, डाँडामा बस्ने गोठाहरूले चौरी चरनमा पठाएपछि दिउँसोको प'mुर्सदमा यो भाका गाएर रमाइलो गर्ने गर्छन्,' इन्द्र भन्दै थिए, 'यो भाकाको संकलन लोदिङकै आनीमाया शेर्पाले गरेकी हुुन् ।' शेर्पाहरूको यो भाका सोलुुदेखि रसुुवा अथवा मुुस्ताङदेखि सिन्धुुपाल्चोकसम्म उत्तिकै चल्तीमा रहेको उनको बुुझाइ थियो ।

इन्द्र भने जनपथ प्रहरीको महाराजगन्जस्थित संगीत विद्यालयमा सहायक निीरक्षकका रूपमा कार्यरत छन् । उनका 'पानी धाराको', 'हितैकी रानी', 'रंगरंगै', 'ना-दिन १', 'ना-दिन २' लगायतका लोकगीत एल्बम सार्वजनिक भइसकेका छन् । उनी रेडियो नेपालको २०६१ सालको संगीत प्रतियोगितामा लोकगीत गायनतर्फ 'लेकैमा प'mुल्यो लालीगुुरास, औलमा प'mुल्यो टोटला' गीतका लागि स्वर्णपदक विजेता हुुन् । उनको 'भेडिगोठालो' एल्बम भने अहिले म्युुजिक नेपालमा रेकर्ड भइरहेको छ जसमा पूर्वी भेगका गुुरुङ समुुदायले गाउने लोकभाका छ ।

फेरि छिटिङ र दासामुु भने खासा-काठमाडौंका विशुुद्ध व्यापारी हुुन् । उनीहरूले जैनेन्द्र लामाको संकलनमा पहिलोपटक 'कलकत्ते काइयो केश मेरो बाङ्गो' गीत गाएका थिए, तर रेकर्ड भने भएको थिएन । पछि त्यही गीत रोज मोक्तानले गाएका छन् । 'यो बाह्रबिसे, तातोपानीतिर चलेको भाका हो,' छिटिङले सुुनाइन् । छिटिङ र दासामुु नातामा सानिमा-छोरी हुुन् । यी दुुईले शेर्पा बोली, थेगो र तुुक्का राम्ररी जानेबुुझेका छन् । शेर्पा लवजमा उनीहरूले 'खैलाला' गीत गाएको स्वाद आफैँमा सुुनिरहुुँ जस्तो छ । 'गीत सुुन्ने धेरैले हामीलाई तरुनी होला भन्ठान्छ, तर हामी त बूढी हुुनै पो लागेका छौं त,' हँसिलो मुुद्रामा सुुनले मोरेका दाँत देखाउँदै छिटिङ र दासामोले भने ।

गायक इन्द्र र छिटिङ-दासामो दुुवैलाई 'ना-दिन २' भित्रको एउटा गीतले साह्रै छुुने गरेको रहेछ । महेश आचार्यको शब्दमा छिटिङ, दासामो र याङ्जी शेर्पाले गाएको गीत द्वैअर्थी जस्तो लागे पनि यसमा गजबको हिमाली सन्देश छ-

बाजेले चढ्यो, ब्ााबुुले चढ्यो

यो च्याङ्बा डराउँछ, जाउँ है हिमालमा...

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा