देश»
एचआईभी एड्स संक्रमित बढे
अछाम, २०६६ कार्तिक २१ - जिल्लामा रगत परीक्षण गरिएकामध्ये ८ सय ३७ जनामा एचआईभी एड्स देखिएको छ । यो संख्या रगत परीक्षण गर्न आएकामध्येको ५ दशमलब ८६ प्रतिशत हो ।
जिल्लामा असोज मसान्तसम्म्ा रगत परीक्षण गर्ने १४ हजार २ सय ७४ मध्ये ८ सय ३७ जनामा एचआईभी देखिएको छ । रगत परीक्षण गर्नेमध्ये महिलामा संक्रकण बढी देखिएको छ । जिल्ला एड्स समन्वय समितिका अनुुसार ५ सय ५५ जना महिला एचआईभी संक्रमित छन् । रगत परीक्षण गर्नेमा पुुरुष भने २ सय ८२ जना मात्र संक्रमित भेटिएका छन् । २ लाख ५९ हजार ९ सय ६४ कुुल जनसंख्या भएको अछाममा रगत परीक्षण गर्नेको संख्या ५ दशमलव ४९ प्रतिशत छ । यसका आधारमा जिल्लाभर कुुल १५ हजार दुुई सय २३ मा एचआईभी संक्रमित हुुने अनुुमान छ । 'स्थिति जटिल छ, एचआईभी एड्सको अवस्था भयावह छ', अछाम अस्पतालका प्रमुुख डा. पुुरुषोत्तमराज सेढाईंले भने, 'नियन्त्रण गर्न कठिन भइसक्यो ।' अछामका मानिस भारतको महाराष्ट्र राज्यको मुुम्बई लगायत सहरमा काम गर्न जानेहरू एचआईभी संक्रमित भएपछि घर आउने भएकाले जिल्लामा एचआईभी एड्सको संक्रमण दर बढी छ । जिल्लामा भारतको मुुम्बइमा काम गर्न जानेमा एड्स संक्रमण बढी छ । 'एचआईभी संक्रमितमा मुुम्बइमा काम गरेर फर्केका र तिनका परिवारका सदस्य बढी छन्', अछाम जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी एड्सका फोकल पर्सन झनक ढुुंगानाले भने, 'मुुम्बइमा काम गर्न जाने क्रम नरोकिए संक्रमण रोकिंदैन ।' जिल्ला एड्स समन्वय समितिअनुुसार अछामका पचहत्तरै गाविसमा एचआईभी संक्रमित भेटिएका छन् । अछाममा एड्सविरुद्ध औषधि एआरभी खाइरहेकाको संख्या १ सय ३४
छ । अछाम जिल्ला अस्पताल मंगलसेनले १ स्य साठी जनालाई एचआईभी एड्सविरुद्धको औषधि एआरभी सुुरु गरेको थियो । जसमध्ये १५ जनाको मृत्युु भइसकेको छ भने सात जना जिल्ला अस्पतालको सम्पर्कमा छैनन् ।
उनीहरू काम गर्न मुुम्बइ गएकाले सम्पर्कमा नआएको फोकल पर्सन ढुुंगानाले बताए । अछाममा संक्रमित हुुनेमा बालबालिका पनि छन् । जिल्ला स्वास्थ्य कार्यालयअनुुसार ४६ जना बालबालिका संक्रमित छन् ।












