मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

राष्ट्रिय बाल पुरस्कार केसीलाई

कान्तिपुर संवाद्‍दाता

कास्की, २०६६ कार्तिक २१ - यहाँको कुमुदिनी होम्सद्वारा सञ्चालित यस वर्षको राष्ट्रिय बाल प्रतिभा पुरस्कार सोलारबाट चल्ने कार बनाउने बागलुङका कुशल केसीलाई प्रदान गरिने भएको छ ।

बागलुङस्थित अमृत आदर्श आवासीय उच्चमाविमा १० कक्षामा अध्ययनरत  केसीले विज्ञान र प्रविधिको क्षेत्रमा प्रदर्शन गरेको प्रतिभाको कदर गर्दै छनोट समितिले शुक्रबार पुरस्कारको घोषणा गरेको हो । बिकट गाउँ विनामारे ७ कुँडहरका केसीले अघिल्लो साता सोलारबाट चल्ने कार बनाई परीक्षण प्रदर्शन गरेका थिए । पुरस्कार राशि १५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ०५६ मा स्थापित पुरस्कार साहसी पर्वतारोही तेम्बाछिरिङ शेर्पा, उत्कृष्ठ नृत्य प्रतिभाका लागि ज्योति थापा, उत्कृष्ठ कला प्रतिभाका लागि शिखा कटुवाल, कलामा अन्तर्राष्ट्रिय पुरस्कार जित्ने करुणा गुरुङ र खेलकुदमा राष्ट्रिय पहिचान बनाउने सिपोरा गुरुङले पाइसकेका छन् । 

साहित्य, कला, संगीत, विज्ञान, खेलकुद शिक्षा, पर्वतारोहणलगायत क्षेत्रमा प्रतिभा देखाएर समाज र राष्ट्रलाई उल्लेख्य योगदान दिने १६ वर्षमुनिका बालबालिकालाई यो पुरस्कार दिइने सदस्यसचिव अशोक पालिखेले बताए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console