देश»
घरजग्गा कब्जा गर्ने चेतावनी
उदयपुर, २०६६ कार्तिक २१ - पुनर्गठित नेकपा माओवादीले यसअघि फिर्ता गरिएको घरजग्गा पुुनः कब्जा गर्ने बताएको छ । माओवादी केन्द्रीय सदस्य अमरले शनिबार गाईघाटमा पत्रकारहरूलाई भने, 'सामन्ती दलाल' को यसअघि फिर्ता गरिएको घरजग्गा कब्जा गरिने छ ।' उनले भने, 'जनताको जनअदालतको गर्ने निर्णयअनुुसार कब्जा गरिनेछ ।' तत्कालीन माओवादी र सात राजनीतिक दलसँगको १२ बुुँदे विस्तृत शान्ति सम्झौतापछि कब्जा घरजग्गा फिर्ता गरिएको थियो ।
पुुनर्गठित माओवादी जिल्ला कमिटी गठन गरिएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा
बोल्दै अमरले पार्टी कमिटीसँगै
युुवा जनसुुरक्षा समितिसमेत गठन गरिएको बताए । युुवा जनसुुरक्षा समिति अर्धसैनिक बल हुुने उनले जनाए । तर युुवा जनसुुरक्षा समितिको नाम र पद भने सार्वजनिक गरिएन । जनमुुक्ति सेनाको विगठन गरिने भन्दै आएकोमा पुुनर्गठित माओवादी यसको विपक्षमा रहेका
अमरले बताए ।
धनीपुुर्जा बाँड्न आग्रह
दमक -कास)- दक्षिण इलामको चुुलाचुुलीका बासिन्दाले मंसिर पहिलो साताभित्र जग्गाको धनीपुुर्जा वितरण प्रक्रिया सुुरु गर्न माग गरेका छन् । माओवादीबाहेक दलको प्रतिनिधिमण्डलले बुुधबार बिर्ताम्ोाडस्थित चुुलाचुुली क्षेत्रको अव्यवस्थित बसोबास समस्या समाधान समिति कार्यालय पुुगेर यस्तो आग्रह गरेको हो ।
माओवादीलाई टोलीमा सहभागी हुुन बारम्बार आग्रह गर्दा पनि बिनाकारण अस्विकार गरेको चुुलाचुुलीका पूर्वअध्यक्ष एवं एमाले प्रतिनिधि ओमनारायण खनालले बताए । उनका अनुुसार मंगलबार चुुलाचुुली अव्यवस्थित बसोबास व्यवस्थापन स्थानीय सहयोग समितिको बैठकमा पनि माओवादी उपस्थित थिएन ।
०६४ मा गठित समितिलाई दुुई वर्षसम्म खालीखाल्सा जग्गाको धनीपुुर्जा वितरण गर्ने अधिकार दिएको थिएन । तर स्थानीयको दबाबका कारण मन्त्रिपरिषद्कोे भदौ १० गतेको बैठकले अधिकार थपेको थियो ।
दलका स्थानीय प्रतिनिधिसँग समिति अध्यक्ष गोविन्द दाहालले करिब साढे १२ सय धनीपुुर्जा तयारी हालतमा रहेको र बाँकी साढे ४ सय जति वितरण अन्तिम तयारीमा पुुगेको बताए । तत्कालीन सरकारले ०३१ सालमा चुुलाचुुलीलाई हरित क्षेत्र बनाउने भन्दै स्थानीयवासीका जग्गा अतिक्रमण गरेको थियो ।
उक्त कार्यक्रम असफल भएपछि पुुनः त्यस क्षेत्रमा बसोबास भए पनि धनीपुुर्जा कसैसँग छैन । चुुलाचुुलीका करिब ५२ सय परिवारसँग धनीपुुर्जा नभएको राप्रपा चुुलचुुलीका प्रतिनिधि खगप्रसाद ढुुंगानाले बताए ।












