मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

किरात राज्य घोषणाको तयारी

कान्तिपुर संवाद्‍दाता

खोटाङ, २०६६ कार्तिक २१ - माओवादीले संघीय राज्य घोषणा फिर्ता लिए पनि किरात राज्य घोषणा भने तयारी गरेको छ । घोषणाका लागि माओवादी किरात राज्यअन्तर्गतका पूर्वका ६ जिल्लाका नेता/कार्यकर्ता दिक्तेलमा भेला भएका छन् । यसका लागि संखुुवासभा, ओखलढुुंगा, सोलुुखुुम्बुु, उदयपुुर, भोजपुुर र खोटाङका नेता/कार्यकर्ता भेला भएका हुुन् ।

यस राज्यअन्तर्गत गोपाल किराती संयोजक जनआन्दोलन समितिले तय गरेको कार्यक्रमका लागि पार्टी महासचिव रामबहादुुर थापा बादललाई प्रमुुख अतिथिको निम्तो दिएको माओवादी किरात राज्य जनआन्दोलन समिति सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज ध्रुुव बुुढाथोकीले बताए ।

आन्दोलन सफल पार्न माओवादी किरात राज्यअन्तर्गतका ६ जिल्लाका सभासद भेला भएका छन् । पार्टीभित्र कडा धारमा देखा परेको किराती नेतृत्त्वको समितिले केन्द्रीय निर्णयप्रति आधिकारिक रूपमा विमति नजाए पनि आन्दोलन तयारी भइसकेकाले स्थगित नगरेको जनाएको छ । 'विकट क्षेत्र भएकाले स्थगित गनर्ुुभन्दा जारी राख्न उपयुुक्त हुुन्छ', सदस्य बुुढाथोकीले बताए । स्थानीय सञ्चार माध्यमले माओवादीले आन्दोलन फिर्ता लिएको खबर प्रकाशन/प्रसारण गरेकोप्रति आपत्ति जनाउँदै किरात राज्य घोषणा गरेरै छाड्ने भन्दै समाचार सच्याउन माओवादीले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console