देश»
कुबेतमा ७ महिला अलपत्र
इनरुवा, २०६६ कार्तिक २१ - रोजगारीका लागि खाडी मुुलुुक गएका सुुनसरी बक्लौरीका ७ दलित महिला अलपत्र परेका छन् । जिल्लाका २५ महिला महिना दिनमा बेचिएको रहस्य खुुलेको साता नबित्दै ती ७ जनाले नरकीय जीवन भोग्न बाध्य भएको पीडितका आफन्तले बताएका हुुन् ।
सुुनसरीकै डिल्लीराम लिम्बूमार्फत खाडीका विभिन्न मुुलुुक गएका बक्लौरीका ५ कुुवेतमा र २ जना साउदी अरबमा मालिकको चर्को यातना खेप्न बाध्य भएको पीडितका आफन्तले बताए ।
लिम्बूमार्फत कुुबेत पुुगेर फर्किएकी लीलादेवी सदाका अनुुसार बक्लौरी ५ की शर्मिला सदा, १६ वषर्ीया सेफ कुुमारी सदा, रुपावती धामी, जंगली सदा, ममा राजधामी र लीला सदा रहेका छन् ।
उनीहरूलाई मालिकले चर्काे यातना दिने गरेको र तलबसमेत नदिएको सदाले बताइन् । तीमध्ये लीला कुुबेतमा बिरामी परेर अलपत्र परेको महिलाको क्षेत्रमा काम गर्दै आएको ओरकका विनोद चौधरीले जानकारी दिए । विदेशमा अलपत्र परेका आफ्ना मान्छेलाई सकुुशल फर्काउने व्यवस्था मिलाइदिन उनीहरूका परिवारले नेपाल सरकारसित आग्रह गरेका छन् ।












