मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

जिल्ला शान्ति समिति निष्त्रिmय

कान्तिपुर संवाद्‍दाता

कपिलवस्तु‍, २०६६ कार्तिक २१ - दलहरूबीच विवादले जिल्लाको शान्ति समिति निष्त्रिmय रहेको छ । पाँच महिनाअघि गठित समितिले अहिलेसम्म कुनै काम गरेको छैन । समितिको बैठक प्रत्येक साता बस्नुपर्ने भए पनि जिल्लामा ५ महिनायता ४ पटक मात्र  बसेको छ ।

शान्ति समितिको कार्यालयमा रहेका ३ कर्मचारीलाई सरकारले समयमा तलबभत्ता समेत दिन नसकिएको समितिका अध्यक्ष इलियास मुसलमान बताए । सरकारले जेठ र असारको मात्र तलब दिएर रोकेको उनले बताए । क्षेत्रीय प्रशासनले  ३ महिने करारमा पठाएका कर्मचारीको म्याद वर्तमान सरकारले थप नगरेपछि कार्यालय अहिले कर्मचारीविहीन बनेको छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console