क्षेत्रीय»
पत्नी हत्याको आरोपमा पक्राउ
भक्तपुर , २०६६ कार्तिक २१ - पत्नीलाईर् कुटपिट गरी मारेको आरोपमा एकजना पक्राउ परेका छन् । तीन वर्षअघि बालकोट २ मा डेरा गरी बस्दा पत्नी कविता बस्नेतलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने कमल कटुवाललाई प्रहरीले उर्लाबारीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका कटुवाललाई कर्तव्य ज्यान मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी निरीक्षक बलराम विष्टले जानकारी दिए । तेह्रथुम ओर्खे २ का उनी पत्नीको हत्या गरी कोठामा ताल्चा लगाएर फरार थिए ।
तपाईंको प्रतिकृया












