क्षेत्रीय»
तीन पक्राउ
काठमाडौं, २०६६ कार्तिक २१ - हेरोइन कारोबारमा संलग्न तीनजनालाई राजधानीका भिन्न स्थलबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट २ सय ६ ग्राम खैरो हेरोइन, यस अपराधमा प्रयोग भएको नाडीघडी आकारको मोबाइल, सामसुङ मोबाइल र ३० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
लागू औषध नियन्त्रण कानुन कार्यान्वयन एकाइका अनुसार कालिमाटीबाट पक्राउ भएका वीरगन्ज १९, नगहवाका ३५ वषर्ीय जितेशकुमार श्रीवास्तव र राजधानीको ओमबहाल बस्ने ३१ वषर्ीय राजु लामाबाट ७० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र ३० हजार रुपैयाँ नगद बरामद भएको हो ।
यसैगरी कलंकीबाट भारत रक्सौलका ३० वषर्ीय श्रवण साहलाई १ सय ३६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको एकाइले जनाएको छ । एकाइका डीएसपी दिवशराज उदासका अनुसार पक्राउ परेकामध्ये वीरगन्जका श्रीवास्तव लामो समयदेखि लागू औषध कारोबारमा संलग्न देखिन्छन् । उनी दुई वर्षअघि मात्र लागू औषध मुद्दामा ९ वर्ष जेल भुक्तान गरी छुटेको उनले जानकारी दिए ।












